-->
भुटिया दम्पति हत्याकाण्डको पत्तो लगाउँन पुलिस सक्रिय

भुटिया दम्पति हत्याकाण्डको पत्तो लगाउँन पुलिस सक्रिय

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 जून 2014। कालेबुङ शहरदेखी लगभग 30 किलोमिटर टाडा बियोङमा भएको बिभत्स हत्याकाण्डको पत्तो लगाउँन पुलिसले छिमेकी माथीनै नजर गाडेको छ। एउटा परिवारका सबैलाई निमिट्यान्न पार्ने किसिमका हत्याकाण्डबारे पत्तो लगाउँन पुलिसले अघिबाटै छिमेकी माथी नजर गाडेको थियो। 
यसक्रममा छिमेकी पुरण राईलाई पक्राऊ गरेर आज न्यायलयमा पेश गरियो भने तिनका पिता हाङजित राई (65)लाई आज सोधपुछको निम्ति पुलिसले हिरासतमा लिएको विस्वस्त सुत्रले बताएको छ। यता हाङ्जित राईले ह्त्याकाण्ड्मा आफु संलग्न भएको स्विकार गरेको पनि सुत्रले जनाएकोछ । तिनी पहिले पनि एक ह्त्याकाण्मा जडित भएको र पक्राउ पनि परेको अर्को सुत्रले थपेकोछ । पुलिसले हत्याकाण्डको सत्यतालाई पत्तो लगाउँन जाँच कार्यलाई तिब्रता दिएको छ। घटनामा जडित आरोपीहरुलाई पक्राऊ गर्न कालेबुङ थाना प्रभारी अचिन्त गुप्ता हत्याकाण्डको खबर पाउँन साथै घटना स्थलमा दलबल सहित पुगेका थिए भने तिनको टोलीले आधा रातसम्म जाँच कार्य जारी राखेको थियो। 
यसक्रममा आज पनि तिनी पुलिस दलबल सहित घटना स्थलमा पुगेका थिए। यता पुलिसले हत्यारालाई खोजी निकाल्न डग स्क्वाड टोली पनि लिएर घटना स्थलमा आईपुगेको छ। अर्कोतर्फ कालेबुङ पुलिसले हत्याकाण्डमा संलग्न रहेको आशंका गरेर पक्राऊ गरेको छिमेकी पुरण राईलाई आज यहाँक़ो न्यायलयमा पेश गरियो। 
पति पत्निको निर्मम हत्या गरेको आशंकामा पक्रा परेका छिमेकी पुरण राईलाई भारतीय दण्ड सहिताको धारा 307, 302, 326 अनि 34 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हत्याकाण्डको घटनालाई पुलिसले गम्भिरता पूर्वक लिएको कारण आज डेपुटी इन्सपेक्टर जेनरल अव्‌ पुलिस(डीआइजी) सीएस लेप्चा पनि कालेबुङ आइपुगेकी थिइन्‌। तिनले घटनाको रहस्य पत्तो लगाउँन छानबीन जारी रहेको बताउँदै घटनाको जड़सम्म पुग्ने दावी गरिन्‌। 
यसक्रममा तिनले एक प्रश्नको उत्तर दिदै कालेबुङमा भईरहेका अपराधका घटनाहरु माथी कानुनी कार्वाही चलिरहेको बताईन। 
स्मरण रहोस, कालेबुङ महकुमा क्षेत्रमा बिगत चार वर्ष यता अपराधका घटनाहरुमा अत्याधिक बृद्धि भएको छ। दिनोदिन बृद्धि भईरहेका यस्ता अपराधका घटनाहरुले जनसाधरणमा भयको वातावरण छाएको छ। एक पछि अर्को गर्दै भईरहेका अपराधका घट्नाहरु रोक्न पुलिस प्रशासन प्राय: असफल बनेको अहिलेसम्मको प्राप्त रिपोर्टले स्पष्ट पारेको छ। 
एकातिर अपराधका घट्नाहरु दिनो दिन बृद्धि भईरहेको छ भने अर्कोतर्फ यता न्यायलयमा लम्बित मुद्दाहरुले पिडीतहरु अझसम्म न्यायको प्रतिक्षामा बाँच्न परिरहेका छन।

Related Posts

0 Response to "भुटिया दम्पति हत्याकाण्डको पत्तो लगाउँन पुलिस सक्रिय"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.