-->
भारतले भोटाङ्लाई आर्थिक र अन्य सहयोग पुरयाउदै दुइ देश माझको सम्बन्ध मधुर बनाउनेछ – नरेन्द्र मोदी

भारतले भोटाङ्लाई आर्थिक र अन्य सहयोग पुरयाउदै दुइ देश माझको सम्बन्ध मधुर बनाउनेछ – नरेन्द्र मोदी

राजेश शर्मा, कालिमन्युज, थिम्फु भोटाङ 16 जुन 2014 : गत आइतबार भारतका प्रधान मंत्री नरेन्द्र मोदीले दुई दिनको पहिलो वैदेशिक भ्रमणको अवसरमा भोटाङ पुगेर आज स्वदेश फर्के । पारो हवाइ अड्डादेखि स्वदेश फर्कन अघि पहिलो भ्रमणमा नै भोटाङे राष्ट्र नेता र जनताको मन जित्न मोदी सफल भएका छन। तिनको स्वागत र विदाइ दुवैमा नै भोटाङ्का राज परिवार लगायत प्रशासन औ स्थानिय नागरिकहरुले भोटाङे परम्परा अनुसार स्वागत साथ गरे। भोटाङे नृत्य छामको प्रस्तुतिकोसाथ तिनलाई भब्य रुपमा सम्मान जनाउदै विभिन्न स्थानको भ्रमण पनि गराए। आज बिहानै देखि भोटाङ्को राजधानी थिम्फुमा मोदीले बिभिन्न कार्यक्रहरुमा भोटाङ्का जनतालाई सम्बोधन गरे।
आजको ४० मिनटको आफ़्नो भाषणमा बोल्दै मोदीले भने कि भारत अनि भोटाङ् एक अर्कामा इमान्दार मित्र हुन अनि यसको लामो इतिहास छ । तिनले भने मित्रले आफ़्नो मित्रको याद गर्नु पर्छ भन्दे भारतले पनि मित्र अनि छिमेकी देशहरुबाट मित्रताको रुपमा सहभागिता र सहयोगको आशा गर्दछ । तिनले भने दुई देश माझ मैत्री सम्बध पौराणिक समयदेखि नै ऐतिहासिक लामो सम्बन्ध रहेकोछ । मोदीले भारत सरकारले आउने दिनमा भोटाङ्को शिक्षाक्षेत्रमा सहायताको कदम उठाउने र यसको निम्ति अब उसो 2 कड़ोर प्रति वर्ष सहयोग राशि प्रदान गर्ने घोषणा गरे । “दुई देशको नागरीकहरुले आपस्तको सम्बधलाई अझ मधुर बनाउनु पर्नेछ ।
भोटाङ्सङको मित्रता 1959 देखि तेस्रो महाराजाको शासन कालदेखी नै आरम्भ भएको हो भने आज भारतमा नयाँ सरकार गठन भएकोले अब नया सरकारको समयमा दुई देशको सम्बन्ध बिग्रीनेछ भन्ने अनुमानको भय या यस्तो अड्कलले डराउनु पर्ने कुनै सम्भावना नै गलत हुनेछ । अहिलेको आधुनिक यूगमा इनफर्मेशन कम्युनिकेशनको ठूलो महत्व छ भने भोटाङ्लाई अब भारतले इ- लाइब्रेरीको स्थापना गर्न सहयोग गर्नेछ जसको माध्यमद्वारा भोटाङ्का जनतालाई धेरै लाभ हुनेछ । यस पिडीका भोटाङे बिध्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न भारत आउन पर्ने स्थितीलाई मध्य नजरमा राख्दै अब भोटाङ्मा भारतले सेंट्रल यूनिभरसिटि बनाइदिने छ “ मोदीले आफ्नो वक्तव्यको अवधि यी घोषणा गरे ।
उसरीनै प्रधान मंत्री मोदीले 600 मेगावटको खोलोंग्चु बिजली परियोजना निर्माण गर्नसहयोग पुराउने आस्वासन पनि दिए । भोटाङ् हिमालयको फेदीमा बसेको हुदा यस क्षेत्रमा पर्यटकको आगमण भैरहन्छ यसलाई अझ विकाश गर्न सकिन्छ। प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भोटाङ् देश अन्तराष्ट्रिय पर्यटकहरुको केन्द्रबिन्दु हुन् सक्छ यसबाट पनि देशमा आर्थिकस्थिति बलियो हुन्छ । यसमा भोटाङ् अनि भारतका पुर्वाण्चल राज्यहरु जस्तै सिक्किम, अरुणाचल प्रदेश, नागाल्याण्ड, असम आदिलाई पनि फायदा हुनसक्छ। अब हिमाली क्षेत्रलाई लिएर प्रतिबर्ष मिलन समारोह आयोजन गरिनेछ जसको माध्यमद्वारा आपस्तको सम्बन्ध अझ मधुर बनाउनमा सहयोग पुग्नेछ । यस हिमाली क्षेत्रमा सिक्किम, अरुणाचल प्रदेश, मणिपूर लगायत भोटाङ्संग सन्युक्त समारोह गरिनेछ ।
तिनले भने भारत देशमा सधै सबैको निम्ति दैलो खुल्ला रहनेछ । भोटाङ्मा लोकतंत्र आएको केवल ७ बर्ष मात्रै भएको छ तर यति छोटो समयमा राम्रो शासन व्यवस्था बनाउन भोटाङ सफल भएकोमा सम्पूर्ण विश्वनै आश्यर्चकित भएको छ । देशहरु जि.डि पि को कुरा गर्छन भने भोटाङ् सरकारले ग्रस न्याशनल हेपिनेशको कुरा गरेकोमा म आफैलाई धेरे आनन्द लागेको छ । तिनले भोटाङ्को प्राकृतिक अनि भौगोलिक कारणले यो एउटा ठुलो उर्जाको देश हुन् सक्ने मनतब्य दिदै अझ धेरै उर्जा परियोजना मार्फत यहाको आर्थिक स्थिति बलियो हुन सक्छ भन्ने बताए । कार्यक्रममा आज तिनले ६६० मेघावाटको खोलाङ्चु बिद्युत परियोजनाको पनि उद्घाटन गरे ।
तिनले ससद भवनमा भोटाङ्का सबै सांसदहरुलाई भेट गरे जसमा राजपरिवारका सदस्यहरु पनि उपस्थित थिए। टासिछो जोंगमा आयोजित उक्त कार्यक्रममा भोटाङ्का चोथौ महाराजा जिग्मी सिंगे वाङ्चुक अनि भारतका नया प्रधान मंत्री नरेन्द्र मोदीले भेट गरे । यस अवसरमा बिदेश मंत्री सुषमा स्वराज पनि उपस्थित थिइन । मोदीले भोटाङ्का राजा जिग्मीसिंगे नाम्गे वाङ्चुक अनि छोरा राजा खेसर नाम्गेल वाङ्चुक एवं रानी जेतसन पेमा वाङ्चुक, अन्य राज परिवारसित थिम्फुको तासिचोजोंगमा भेटवार्ता गरे । यस समय भारतका विदेश मन्त्रि सुषमा स्वराज, विदेश सचिव सुजाता सिंह, राष्ट्रिय सल्लाहकार अजित दोभल पनि उपस्थित रहेका थिए । प्रधान मन्त्रि नरेन्द्र मोदिको दुई दिनको विदेश भ्रमणलई भोटाङ्का लगभग ६.५० लाख जनताले एउटा ठुलो आशा साँच्दै आगामी दिनहरु दुइ देश माझको सम्बन्ध राम्रो हुनेछ भन्ने बिश्वास राखेको र अब बलियो हुने संकेत मिलेको एक भोटाङे नागरिक दोर्जी वाङ्मोले बताइन्। तिनले भारतका प्रधान मन्त्रीको भोटाङ् भ्रमणलाई सकारात्मक दृष्टिले हेरेको पनि थप बताइन्।

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भोटाङ्को संयुक्त सत्रलाई सम्बोधन
पीआइबी: प्रधानमन्त्री नरेन्द्र मोदीले आज भोटाङ्को थिम्पुमा भोटाङे संसदको दुवै सत्रलाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले भोटाङ्मा विगत शताब्दीमा या यता वैश्वि क प्रविृत्तिलाई व्यापकरूपमा विस्तार गर्दै तथा शक्तिलाई केन्द्रियकरण गरेको बताए। उनले लोकतन्त्रको वलियो आधार तयार गरेर भोटाङ्ले संवैधानिक लोकतन्त्रको स्थापना गर्ने परिवर्तन ल्याएको बताए। प्रधानमन्त्रीले भने, देशको लोकतान्त्रिक इतिहासमा 7 वर्ष थोरै समय हो।तर यस छोटो समयमा भोटाङका नागरिकले लोकतन्त्रको संस्थानमा विश्वा स विकसित गरेका छन। सरकारमा पनि परिवर्तन भएको छ। यसले जनतामा जागरूकता र परिपक्वता आएको प्रमाणित गर्दछ। मोदीले भने, भारतमा हालै चुनाउ सम्पन्न भयो अनि यस चुनाउमा भारतका जनताले असल प्रसाशन र विकासका निम्ति भोट गरे।
भोटाङ राष्ट्रिय एसेम्बलीका अध्यक्षको स्वागत सम्बोधनमा शक्तिशाली भारत भोटाङका लागि राम्रो भनेको कुरालाई प्रधानमन्त्री मोदीले स्वागत जनाए। उनले अझ भने यदि भारत सम्मृद्ध भए सम्पुर्ण क्षेत्र विशेषगरी सार्क देशहरूको निम्ति नै राम्रो हुन्छ। शक्तिशाली र सम्मृद्ध भारतले मात्र छिमेकी राष्ट्रहरूको समस्यालाई समाधान गर्नसक्छ, मोदीले भने। भारत भोटाङमाझको सम्बन्ध विषय बोल्दै प्रधानमन्त्रीले भने,दुवै देश माझको सम्बन्ध प्रसाशनिक आधारमा मात्र छैन।उनले भने, भारत र भोटाङ दुवैले सत्ता परिवर्तनलाई देखेका छन तर पनि सम्बन्ध निरन्तर मजबुत बन्दै आएको छ। सास्कृतिक धरोहरको संयुक्त आधारले सम्बन्ध निरन्तर दह्रो बन्दै आउन सम्भव भएको हो। उनले भने, हामीले एकार्कामा ह्रदय खुल्ला गरेका छौ तर यो खुल्ला भएको ह्रदयलाई बन्द गर्नु हुदैन अनि सम्बन्धको यस धरोहरलाई भावी पीँडिले उपभोग गर्नु पर्छ। भारतका जनता र भारत सरकार यसका लागि समर्पित छ। भोटाङले विकासको क्षेत्रमा गरेका विकास उपलब्धि विषय बोल्दै प्रधान मन्त्रीले भने, प्रकृतिको विविध अडचन भए पनि भोटाङले प्रगति गरेको छ। भविष्यमा विश्वउका धेरै साना राष्ट्रहरूले विकास यस मोडललाई अनुकरण गर्नेछन, उनले भने। विश्व ले जीडीपीको कुरा गर्छ अनि भोटाङले सकल राष्ट्रिय खुशहाल(जीएनएच) को कुरा गर्छ। यो सबै, पंक्तिको अन्तिममा भएको नागरिकसित सम्बन्ध राख्ने नेतृत्वले सम्भव भएको हुन्छ।
उनले भोटाङको जलबिध्युत दोहन गर्ने क्षमता केवल भोटाङको अर्थिक विषय मात्र नभएको अथवा भारतको आवश्यकता पुर्ती मात्र नरहेको जनाउदै यो वैश्विखक उष्मीकरण विरूद्ध लडनलाई एउटा सानो योगदान हो भने।
प्रधानमन्त्रीले भोटाङको वजटमा शिक्षाको क्षेत्रमा बृहत योगदानबारे बोल्दै यसले भोटाङ्ले भावि पीँडिका निम्ति निवेशको गरेको पुष्टि गर्दछ भने।उनले भने, भारत यस उद्देश्यका निम्ति योगदान दिन चहान्छ। उनले,युवाहरूलाई विश्वकको सम्पर्कमा जोडनलाई तथा लाभ प्रदान गर्नका निम्ति भोटाङ्मा ई- पुस्तकालय स्थापना गर्न भारतले सहयोग गर्ने बताए। उनले भोटाङे विद्यार्थीलाई भारतले प्रदान गर्ने छात्रवृत्ति दोब्बर गरिने घोषणा गरे। उनले भारत र भोटाङ्को सम्बन्ध कसरी अघि बढाउदै लैजाउनु पर्छ, त्यस विषयमा पनि भारत र भोटाङ्ले सोच्दै जानु पर्छ भने। उनले भारतका हिमाली राज्य र भोटाङ्, नेपाल माझ कम्तिमा पनि वर्षमा एकपल्ट खेल उत्सव आयोजना गर्नु भारतको अन्तरीक्ष तकनिकीलाई पनि भोटाङ्को तकनिकी अझ विकसित गर्नका निम्ति प्रयोग गर्न सकिन्छ भने।
मोदीले भने, मानिस कहिलेकाहीँ भन्ने गर्छन, हिमालयले हामीलाई अलग गर्छ तर म भन्छु हिमालयले हामीलाई एकसुत्रमा बाँधेको छ, किनकि हिमालय हाम्रो साझा धरोहरका अङ्ग हो। हिमालयका दुवै तर्फका मानिसले हिमालयलाई शक्तिको प्रेररणा श्रोतका रूपमा हेर्नुपर्छ। तर अहिले हिमालयको विविध पक्षबारे अध्ययन गर्नु पर्ने सही समय भएको पनि उनले बताए। उनले भारतले अगावै जलवायु परिवर्तनका लागि राष्ट्रिय कार्य योजना स्थापित गरिसकेको बताए। उनले भने, दिगो हिमालय प्रणालीको निम्ति राष्ट्रिय मिशनलाई पनि मान्न सकिन्छ। उनले अझ भने, भारत हिमालयको अध्ययनका निम्ति केन्द्रिय विश्वोविद्यालय स्थापना गर्न चहान्छ र यसबाट भोटाङ्ले धेरै लाभ पाउन सक्छ।
प्रधानमन्त्रीले भने, भारत र भोटाङ्ले पर्यटनको समग्र दृष्टिकोणमा पनि काम गर्न सकिन्छ र भारतको पुर्वोत्तर राज्यहरू र भोटाङ् मिलेर एउटा साझा परिपथ विकसित गर्नुपर्छ। उनले भने, आतङकते विभाजन ल्याउँछ, तर पर्यटनले एकता। यसर्थ भोटाङ्को प्रकृतिक सम्बृद्धिल र क्षमतालाई जोडिएमा त्यो विश्वभका निम्ति नै ठुलो निमन्त्रण हुनेछ। भोटाङ्का तेस्रो राजाको भनाइ- दूध र पानि जस्तै भारत र भोटाङ् कहिल्यै पनि छुटिन सक्दैनन् भन्ने कुरा तिनले स्मरण गराए। उनले मित्रता चिरस्थायी र संस्कृतिक धरोहर आधारित छ भने। प्रधान मन्त्रीले आफुलाई भव्य स्वागत जनाएकोमा भोटाङ्का नागरिकहरू प्रति आभार एवं कृतज्ञता प्रकट गरे। यस अवसरमा राष्ट्रिय परिषदका अध्यक्ष डा. सोनाम किङ्गाले धन्यवाद ज्ञापन गरेका थिए।

Related Posts

0 Response to "भारतले भोटाङ्लाई आर्थिक र अन्य सहयोग पुरयाउदै दुइ देश माझको सम्बन्ध मधुर बनाउनेछ – नरेन्द्र मोदी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.