
हिल सोसीयल वेल्फेयर सोसाइटी भारत नव निर्माण रतन पुरस्कारले सम्मानित
इण्डियन फोरेन सर्विसेसका एम्बासेडर तथा भूतपूर्व सीबीआइका निर्देशक डा भी बी सोनीको बाहुलीबाट यो पुरस्कार र प्रश्स्तीपत्र हिसोवेसोका एकाउंटेंट प्रवेश गुरुङ्ले संगठनको पक्षमा ग्रहण गरे ।
यस गैर सरकारी संगठनले समाजको विभिन्न पक्षलाई लिएर गत एक दशक भन्दा अधिक समयदेखि समाज सेवा विभिन्न प्रकल्प र कार्यक्रम मार्फत गरिरहेकोछ । शिक्षा क्षेत्रमा पनि यसले ग्रामीण र सुदुरवर्ती क्षेत्रमा विशिष्ट कार्य गरिरहेकोछ । यसै अनुसार देशको विकाशमा यसले गरेको उल्लेखनिय कार्यको सराहना गर्दै यो पुरस्कार सोसाइटीलाई प्रदान गरिएको थाहा लागेकोछ ।
पुरस्कारले मानिसलाई अझ उत्तरदायित्वशिल बनाउछ साथै आफ्नो कार्यक्षेत्र अझ फाटिलो बनाउछ, यो सामुहिक परिश्रम र सहभागीताको फल हो, सोसाइटीका सचिव शोभा छेत्रीले पुरस्कार प्राप्त गरेकोमा आफ्नो मंतव्य यसरी पोखिन।
2000 सालमा स्थापित यस संस्थाले कम समयमा धेरैनै समाज सुधार सेवा र रोजगारमूलक कार्य गर्न सफल भैसकेकोछ। वर्तमानमा यसले समाजमा भएका विकट समस्याहरु जस्तै ड्रग्स, देह व्यापार, मानव तस्करी, बेरोजगार, स्वास्थ्य र शिक्षाका समस्याहरुको समाधानार्थ उल्लेखनिय काम गरिरहेकोछ।
2000 सालमा स्थापित यस संस्थाले कम समयमा धेरैनै समाज सुधार सेवा र रोजगारमूलक कार्य गर्न सफल भैसकेकोछ। वर्तमानमा यसले समाजमा भएका विकट समस्याहरु जस्तै ड्रग्स, देह व्यापार, मानव तस्करी, बेरोजगार, स्वास्थ्य र शिक्षाका समस्याहरुको समाधानार्थ उल्लेखनिय काम गरिरहेकोछ।
0 Response to "हिल सोसीयल वेल्फेयर सोसाइटी भारत नव निर्माण रतन पुरस्कारले सम्मानित"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.