
भाजपाको जित सम्पूर्णको गोर्खाहरुको जित हो – रमेश आले
डी के वाइबा, कालिमन्युज, कालेबुङ 16 मई 2014। चरम अडकलबाजीहरुमा रहेको लोकसभा चुनावको परिणाम अघि आउँन साथै गोजमुमो शिविरमा सन्तुष्टको लहर छाएको छ भने तृणमूल शिविरमा नैराश्यताको कालो बादल छाएको छ।
बिगत लोकसभा चुनावहरु भन्दा खुबै रोचक बनेको यसपल्टको लोकसभा चुनावमा दार्जीलिङ पहाडबाट गोजमुमो पार्टीले केन्द्रमा भाजपाको सरकार गठन हुने सम्भावनालाई केन्द्र गरेर एस एस आहलुवालीयालाई दार्जीलिङ पहाडमा ल्याएको थियो।
यता भूमीपुत्र उम्मेद्वारको मागले प्रमुखता पाईरहेको समयमा तृणमूल कङ्ग्रेसले सिक्किममा भाईचुङ भोटीयालाई बिकासको मुद्दा बोकाएर चुनावी मैदानमा उतारे पछि दार्जीलिङ पहाडमा रहेका तृणमूल शिविरमा असन्तुष्टि छाएको हो। यद्यपी पछिबाट लेप्चा संगठन ईल्टा, गोरामुमो पार्टी, तामाङ युथ संगठन, लिम्बु संगठन आदि संगठनहरुको खुल्ला समर्थनले तृणमूल कङ्ग्रेसले बिजय हासिल गर्ने निश्चितता देखा परे पनि आखिरमा चुनाव परिणामले भने तृणमूल कङ्ग्रेसको सपना चकनाचुर बनाईदिएको छ। यसको साथै छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई सदाको निम्ति दबाएर राख्ने तृणमूल नेत्री ममता ब्यनार्जीको अदृष्य सपना पनि भताभुङ्गै बनाईदिएको छ।
गत 17 अप्रेलको दिन ईभिएममा बन्द भएको मत गणणा आज बिहान देशभरी शुरु हुन साथै दार्जीलिङ लोकसभा समष्टिका मानिसहरुको मुटुको धड्कन अत्याधिक बडेको थियो। जता ततै सोसियल मिडियाहरुमा दार्जीलिङ पहाडका मानिसहरुले कुन प्रार्थी अघि छन भन्ने चर्चा गरिरहेका थिए। यता भाजपालाई समर्थन गर्ने राजनैतिक दल गोजमुमो शिविर भित्र झै ठूलओ खलबली नै थियो। यस्तो चरम उत्सुकताले भरिएको समयमा दार्जीलिङको गोर्खा रङ्गञ्चमा चौथौ चरणको मत गणणा समाप्त हुँदा समेत चुनावा आयोगले मत परिणाम सार्बजनिक नगर्दा मानिसहरुको धडकन अझै बडेको थियो। यस्तो परिस्थितिहरुमा सिलगडीबाट पहिलोपल्ट भाजपा प्रार्थी एस एस आहलुवालीया केही मतले अघि रहेको पहिलो चरणको मतग़णणाको परिणाम अघि आउँदा मोर्चा शिविरमा ठूलो राहत पुगेको थियो।
चुनाव परिणाम कसको पक्षमा जाने हुन भन्ने कुनै निश्चितता नभएको कारण सबैले आफ्नो बिजयको दाबी अघिबाटै गरिरहेका थिए तर यता जनता भने दाबीहरुलाई किनारा लगाएर परिणाम सुन्ननै खुबै उत्सुक बनेर सडकमा निस्केका थिए। समय बित्दै गए पछि बिस्तारै मतग़णाको परिणाम पनि एस एस आहलुवालीयाको पक्षमा बडदै जाँदै थियो अनि यता गोजमुमो समर्थकहरु पनि बिस्तारै यहाँको डम्बर चौक नजिक पार्टी कार्यलयमा भेला हुँदै थिए।
यसरी बिस्तारै मानिसहरुको भीड बडदै जानेक्रमममा जब दिउँसो आहलुवालीलायको एक लाखभन्दा अधिक मतले सबैलाई पछि छोडे तब शहरमा पटेका पड्कन थालेको हो। अन्तमा पूर्णरुपले तिनको बिजय निशिचत भए पछि शहरमा बिजय उत्सव नै पालन गरियो। शहरको मुटु मानिने डम्बर चौकमा बिभिन्न स्थानहरुबाट भेला भएका मानिसहरुले खुबै हर्षोल्लास मनाउँदै मोर्चा समर्थित भाजपा उम्मेद्वार आहलुवालीयाको बिजयको खुशीयाली मनाए। पटेका पड्कन्दै थियो, मानिसहरु एकार्कलाई रंगहरु पोत्दै थिए अनि नाँच्नेहरु नाचीरहेका थिए। यसरी खुशीयाली पालन गरिरहेकै अवस्थामा जीटीए डिपुटी चिफ कर्णल रमेश आलेसंग जाना चाहँदा तिनले उक्त बिजय सम्पूर्ण गोर्खाहरुको बिजय हो भनि बताएका छन।
"जबपनि गोर्खाल्याण्डको प्रसङ्ग आउँछ सबै गोर्खाहरू एकजुट हु्न्छौँ। यसपल्ट पनि हामी गोर्खाल्याण्डको निम्ति एक भयौँ। यो जीत पनि सबै गोर्खाहरूको अनि गोर्खाल्याण्डको जीत हो” रमेश आलेले भने।
यसक्रममा तिनले पहाडमा तृणमूल कङ्ग्रेसले जसरी जाति विभाजनको राजनीति गर्ने प्रयास गरेको थियो यसलाई पनि आजको जीतले गोर्खाहरू एक रहेको उदाहरण दिएको दाबी गरे। तिनले कुराकानीकै क्रममा प्रधामन्त्री बन्नलागेका नरेद्र मोदीले "गोर्खाहरूको सपना मेरो सपना"-भन्नु महत्त्वपूर्ण रहेको कुरा दोहोऱ्याए।
उनले नरेन्द्र मोदीलाई सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको संज्ञा दिँदै मोर्चा अध्यक्ष विमल गुरुङले भाजपालाई समर्थन गरेर ठूलो जोखिम उठाएको अनि यसमा आफूहरूले सफलता प्राप्त गरेको बताए।
0 Response to "भाजपाको जित सम्पूर्णको गोर्खाहरुको जित हो – रमेश आले"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.