-->
पहाडमा त्रिस्तरीय पञ्चाय चुनाव गर्नुपर्छ – गक्रायुमो

पहाडमा त्रिस्तरीय पञ्चाय चुनाव गर्नुपर्छ – गक्रायुमो

डी के वाइबा, कालिमन्युज, कालेबुङ 13 मई 2014। दार्जीलिङ पहाडमा सन 2005देखी पञ्चायत चुनाव नभएको कारण ग्रामीण क्षेत्रका मानिसहरुले समस्या भोग्न परिरहेको छ। जनप्रतिनिधीविहिन पञ्चायत अहिले सरकारी अधिकारीवर्गले सञ्चालन गर्दै आईरहेका छन भने सरकारद्वारा प्रायोजित बिभिन्न योजनाहरु जनप्रतिनिधीवर्गको अभावमा दार्जीलिङ पहाडका ग्रामीण क्षेत्रमा लागु हुन सकिरहेको छैन। उक्त बिषयलाई केन्द्र गरेर आज क्रामाकपा पार्टीको युवा संगठन गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले कालेबुङका महकुमा अधिकारी के राधिका अय्यरलाई भेट गरेर एउटा ज्ञापन पत्र चडाएको छ। 
गक्रायोमो कालेबुङ महकुमा समितिका सचिव सन्तोष प्रधान, अध्यक्ष जितराज राईको नेतृत्वमा रहेको प्रतिनिधी टोलीले महकुमा अधिकारीलाई ज्ञापन पत्र सुम्पिन्दै दार्जीलिङ पहाडको तीनवटा महकुमा क्षेत्रमा यथाशिघ्र पञ्चायत चुनाव गराउँनुपर्ने माग गरेको छ। 
दार्जीलिङ पहाडमा सन 1995 अनि 2000 सालमा दुईचोटी एक स्तरिय पञ्चायत चुनाव गराए पछि अहिलेसम्म पञ्चायत चुनाव भएको छैन। यता नगरपालिका चुनाव भने सरकारले गराउँदै आईरहेको छ। एकातिर सरकारले नगरपालिका चुनाव सम्पन्न गर्दै आईरहेको छ भने अर्कोतर्फ 10 वर्ष देखि पञ्चायत चुनाव नगर्नु असवैधानिक कार्य हो भनि गक्रायुमोले आरोप लगाएको छ। सरकारले यसरी पञ्चायत चुनाव नगराएर पहाडवासीको हक र अधिकार खोस्ने कार्य गरेको आरोप लगाउँदै एकातिर सिलगडीसम्म पञ्चायत चुनाव गराउँनु अनि यता पहाडमा भने पञ्चायत चुनाव नगराउँनु सरासर भेदाभावको नीति हो भनि सन्तोष प्रधानले आरोप लगाएका छन। 
“सरकारले पहाडवासी प्रति बारम्बार भेदभावको नीति अप्नाउँदै आईरहेको छ। दार्जीलिङ जिल्लाको सिलगडी महकुमा क्षेत्रमा महकुमा परिषद अनि पञ्चायत दुवैको चुनाव हुँदै आईरहेको छ। यता पहाडमा भने सरकारले पञ्चायत चुनाव नगर्नु सरासर असवैधानिक अनि भेदभावको कार्य हो” सन्तोष प्रधानले भने। 
राज्य सरकारले यदि पहाडका जनता प्रति साँच्चै सरोकार राख्छ भने यथाशिघ्र पञ्चायत चुनाव गराउँनु पर्छ भन्ने गक्रायुमोले माग गरेको छ। 
सरकारले दार्जीलिङ पहाडका चारवटा महकुमा मध्ये सिलगडी महकुमा क्षेत्रलाई अलग्गाएर उक्त क्षेत्रको 2 वटा खण्डहरुलाई बडोत्तरी गरेर् 12 वटा बनाएको बताउँदै यता पहाडका 8 वटा खण्डहरुलाई पनि सरकारले बडोत्तरी गर्दै 24 वटा अनि 112 वटा ग्राम पञ्चायतहरुलाई 160 वटा ग्राम पञ्चायत गठन गरेर यथाशिघ्र त्रि स्तरीय पञ्चायत चुनाव गर्न पर्ने गक्रायुमोले माग गरेको छ। 
यसका साथै जीटीएको सम्झौता पत्रमा पनि त्रिस्तरीय पञ्चायत लागु गरिने स्पष्ट लेखिएको बताउँदै यसले जीटीएको कार्य क्षेत्रलाई प्रभाव नपर्ने हुनाले सिलगडीको महकुमा परिषद झै पहाडका तीनवटा महकुमा क्षेत्रमा पनि छुट्टा छुट्टै महकुमा परिषद गठन गर्न पर्ने गक्रायुमोले माग गरेको छ।

Related Posts

0 Response to "पहाडमा त्रिस्तरीय पञ्चाय चुनाव गर्नुपर्छ – गक्रायुमो"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.