
कालेबुङ प्रेस क्लबको 16 औँ स्थापना दिवस पालन .... डा सुनिल कौललाई ‘कालेबुङरत्न’, प्रमोद गिरीलाई ‘एक्सिलेन्स अवार्ड इन जर्र्नलिजम ’
![]() |
सुनिल कौल कालेबुङरत्न पुरस्कार गितार्थ पाठकबाट् ग्रहण गर्दै |
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 23 मई। कालेबुङ प्रेस क्लबको 16औँ स्थापना दिवसको अवसरमा आज बैज्ञानिक डा सुनिल कौललाई छैटौँ ‘कालेबुङरत्न’ पुरस्कारले सम्मानित गरियो भने पत्रकार प्रमोद गिरीलाई ‘एक्सिलेन्स अवार्ड ईन जर्नलिजम’ प्रदान गरियो।
कालेबुङ प्रेस क्लबले गत छ वर्ष देखी बिभिन्न क्षेत्रहरुमा योगदान पुर्याउँदै आईरहेका कालेबुङ महकुमा क्षेत्रभरीका महान व्यक्तिहरु मध्ये एकजनालाई चुनेर ‘कालेबुङरत्न पुरस्कार’ प्रदान गर्दै आईरहेको छ। खेल, शिक्षा, वागवनी, कृषी, व्यापार, सिनेमा, समाज सेवा आदि क्षेत्रहरुमा प्रदान गरिसकेको यस पुरस्कार यसवर्ष शिक्षाको क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा नाउँ कमाएका कालेबुङका सुनिल कौललाई प्रदान गरिएको हो। यसका साथै पत्रकारिताको क्षेत्रमा बिभिन्न क्षेत्रहरुबाट महत्वपूर्ण योगदान पुर्याउँदै आईरहेका पत्रकारहरुलाई प्रदान गरिने ‘एक्सिलेन्स अवार्ड ईन जर्नलिजम’ हिन्दुस्तान टाईम्सका चिफ करेस्पन्डेन्ट प्रमोद गिरीलाई प्रदान गरिएको छ।
कालेबुङ प्रेस क्लब अनि ईस्ट्रन हिमालयन जर्नलिष्ट युनियनको सयुक्त आयोजनामा यहाँको रामकृष्ण रंगमञ्चमा सम्पन्न उक्त कार्यक्रममा ईण्डियन जर्नलिष्ट युनियनका सचिव गितार्थ पाठक मुख्य अतिथी एंव स्रोत व्यक्तिका रुपमा उपस्थित रहेका थिए भने गोर्खाल्याण्ड टेरोटेरियल एडमिनिस्ट्रेसनका उपाध्यक्ष डा लोबसाङ लामा, कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री बिशिष्ट अतिथिका रुपमा उपस्थित रहेका थिए।
![]() |
प्रमोद गिरी एक्सिलेन्स अवार्ड इन जर्र्नलिजम डा लोबसाङ लामाबाट प्राप्त गर्दै |
सुनिल कौल क्यान्सर रोग निवारणको निम्ति मेडिकल साइन्समा काम गरिरहेका वैज्ञानिक हुन्। तिनी अहिलेघरी एडभान्स ईण्डसट्रियल साईन्स एण्ड टेक्नोलेजी जापानका चिफ सिनियर रिसर्च साईन्टिस्टका रुपमा कार्यरत छन भने ईण्डीयन साईन्टिस्ट एसोसिएसन जापानका अध्यक्ष पनि हुन। कालेबुङ प्रेस क्लबको 16 औँ स्थापना दिवसको अवसरमा प्रमुख अतिथि इण्डियन जर्नलिष्ट युनियनका सचिव गीतार्थ पाठक अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेप्युटी चिफ लोबसाङ लामाको बाहुलीबाट प्रशस्त्रीपत्र, स्मृति चिन्ह, उपहार प्रदान गरियो। यसै अवसरमा हिन्दुस्तान टाइम्सका पत्रकार प्रमोद गिरीलाई यसवर्षको ‘एक्सिलेन्स अवार्ड इन जर्र्नलिजम’ पुरस्कार प्रदान गरियो। तिनलाई पनि लोपसाङ लामाको बाहुलीबाट स्मृति चिन्ह र प्रशस्त्रीपत्र प्रदान गरियो। उक्त दुई बेग्ला बेग्लै पुरस्कार प्रापक कौल अनि गिरीले आफूहरूको योगदानको कदर गर्नै सम्मान गरेकोमा हर्ष व्यक्त गरे।
![]() |
पत्रकार राजेश शर्मा सम्वर्द्धना पत्र डा लामाबाट ग्रहण गर्दै |
‘बाहिरको निम्ति धेरै काम गरियो, अब कालेबुङको निम्ति पनि केही गर्न चहान्छु। म यसमा कालेबुङवासीको सहयोग चहान्छु’ कालेबुङरत्न पुरस्कार प्रापक बैज्ञानिक डा सुनिल कौलले भने। पुरस्कार ग्रहण गरेर आफ्नो छोटो सम्बोधनमा तिनी खुबै भावुक भएका थिए भने तिनको गहभरी खुशीका आँसु टलिकरहेको थियो।
‘अहिलेसम्म शैक्षिक क्षेत्रमा धेरै सम्मान पाईसके पनि यो पुरस्कार भने मेरो निम्ति सबैभन्दा ठूलो पुरस्कार हो। आफू जन्मेको ठाउँले यत्रो ठूलो सम्मान दिँदा साह्रै खुशी लागेको छ। यस साथै यस पुरस्कारले मलाई आफ्नो ठाउँ प्रति कार्य गर्नपर्ने जिम्मेवारी दिएको छ” डा सुनिल कौलले अझ भने। यस अवसरमा पुरस्कार प्रदान गर्न अघि क्लबले तयार पारेको कौल अनि गिरीमाथिको वृतचित्र पनि प्रदर्शन गरिएको थियो।
यता ‘एक्सिलेन्स अवार्ड ईन जर्नलिजम’ पुरस्कारले सम्मानित पत्रकार प्रमोद गिरीले आफ्नो सम्बोधनमा भने ‘मैले धनको क्रममा ‘पुलिस र शिक्षकको नोकरी लत्याएँ र यो पेशामा आएँ। ‘पत्रकारिता एडिक्सन हो। तर यो जिम्मेवारीपूर्ण र साहसीक् काम पनि हो’। यसक्रममा तिनले पत्रकारहरूको आर्थिक जीवन निम्नस्तर रहने भए पनि पित पत्रकारिता कहिल्यै गर्न नहुने भन्दै आफ्नो उदाहरण दिए। आफूले 19 वर्षदेखी पत्रकारिता गर्दै आईरहे पनि यस्तो पुरस्कारले सम्मानित हुनेछु भनेर कहिले नसोचेको बताउँदै यसले आफूलाई थप उर्जा अनि जिम्मेवार दिएको बताएका छन।
सोहीकार्यक्रममा कालेबुङ प्रेस क्लबले आयोजना गरेको फोटो प्रतियोगिताको पनि पुरस्कार प्रदान गरियो। प्रतियोगितामा पाल्साङ छिरिङ लामा पहिलो, भुवन बमजन दोस्रो अनि अश्विन शर्मा तेस्रो बनेका थिए भने उनीहरुलाई डा हर्कबहादुर छेत्रीको बाहुलीबाट पुरस्कार प्रदान गरियो। यता कार्यक्रमका मुख्य अतिथि गीतार्थ पाठकले जल विध्युत प्रक्ल्पका वाँध र यसका प्रभावहरूबारे आफ्नो वार्ता राखेका थिए भने यसमा पत्रकारहरुको भूमीका के हुनपर्ने भन्ने बताएका थिए। देशमा अहिलेघरी पेड न्यूजको प्रभाव बडीरहेको बताउँदै यसले प्रजातन्त्रमा ठूलो नोक्सान पुर्याईरहेको बताउँदै तिनले पेड न्यूजको बिरोध गरे। क्लबका सचिव एके राईले पत्रकार क्लबको बारेमा जानकारी गराउँदै पत्रकार स्वराज थापाले लेखेर पठाएका पत्रकारितामाथिको टिप्स पढेर सुनाए। स्वराज थापा अहिले पहाडको राजनैतिक पार्टी गोर्खा जनमुक्ति मोर्चामा संलग्न छन्। यसै कारण तिनको टिप्सहरू मध्येमा ‘पत्रिकाहरूले कुनै न कुनै पार्टीमा झुकाव राखेको हुन्छ’ भन्ने एउटा टिप्स पनि सामेल थियो। यता बिशिष्ट अतिथिका रुपमा उपस्थित डा हर्कबहादुर छेत्रीले कालेबुङमा पत्रकारिताको उर्वर्ता माथी सराहना गर्दै बिगतका दिनहरु र अहिलेको समयबारे जानकारी गराए। ‘अहिले नेताहरुले पत्रकारहरुलाई झापट हान्दैनन। यदि झापट हाने त्यो नेता अर्कोपाली उठनै नसक्ने पत्रकारहरुको झापटले भेट्छन। किन भने चुनावमा हराउँने पत्रकारहरुनै मुख्य हुन्छन” डा छेत्रीले भने।
0 Response to "कालेबुङ प्रेस क्लबको 16 औँ स्थापना दिवस पालन .... डा सुनिल कौललाई ‘कालेबुङरत्न’, प्रमोद गिरीलाई ‘एक्सिलेन्स अवार्ड इन जर्र्नलिजम ’"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.