-->
भारत भोटाङ् सिमामा नकली प्रेस रिपोर्टरको पक्राउ

भारत भोटाङ् सिमामा नकली प्रेस रिपोर्टरको पक्राउ

राजेश शर्मा, कालिमन्युज, जयगांउ 6 अप्रेल 2014। प्रेश कार्ड लिएर हिडने केही स्व घोषित पत्रकारहरूको संख्या जताततै बडी रहेकोछ। यता भारत भोटाङ् सिमा क्षेत्रमा पनि यस प्रकारको खबर प्रकासमा आएकोछ। यतिसम्म कि प्रेसको नाममा कालाबजारी गर्नु आम बात भएकोछ। प्रेसको नामको सहारामा यसता ठगी पत्रकारहरूले असली पत्रकारहरुलाई बदनाम गरिरहेका छन ।
सुत्र अनुसार जयगाउमा प्रेसमा युक्त नभएका मानिसहरुसंग प्रेस कार्ड् उपलब्ध छ । यी प्रेस कार्ड् कहाबाट उनिहरुलाई प्राप्त भयो जसको बारेमा प्रेस क्लब र् मिडीया समूहले उचित कदम उठाउनु पर्ने जरुरत भएकोछ । जयगावमा प्रेस लेखिएका यसता बाईक एंव वाहन देखिएका छन । 
पुलीसलाई यसबारे प्रश्न गर्दा प्रेस स्टीकर लेखिएका वाहन भएको कारण त्यसता वाहनको जाच करने मे भि मुसीबत होता है । डुवर्स प्रेस कलबका सभापती तिलक कटुवालले बताए कि कालचीनी ब्लकमा मात्र विभिन्न पेपर र च्यानलमा कार्यरत 7 या 8 रिपोर्टर छन। यस बाहेक कतिजना छन जो आफैलाई जी न्यूज,आज तक,इण्डीया टुडे जस्ता नामी मिडीयाका रिपोर्टर बताउदछन अनि सबैसंग प्रेस कार्ड् पनि देखिएकोछ । यसै सम्बन्धमा हिजो राती जयगाउ थानाको पुलीसले एक व्यक्तिलाई गिरफ्तार गरेको जयगाव थाना प्रभारी आर.एल.भुटीयाले जानकरी दिएका छन। 
हिजो के.साह नामक एक व्यक्तिलाई पुलिसले नसाको हालतमा गोलमाल गरेको अभियोगमा जयगाव थाना ल्याइएको थियो । उक्त व्यक्तिले आफैलाई आज तकको रिपोर्टरको रूपमा पुलीसलाई पनि बताएर प्रेस कार्ड पनि देखाएको थियो । तर उसलाई पुलिसले प्रेसको रूपमा कही कतै नदेखेकोले सन्देह भएर् विश्वास नहुदा पक्राउ गरेपछि आज अलीपुरदुवार अदालत पठाइएको पुलिसले बताएकोछ । 
मिडीया ग्रुप आजतकसंग समपर्क गरेर यस मामलाको सत्यता जाच गरिन्दैछ । यस सम्बन्धमा आजतकका जलपाईगडीका पत्रकार राजेन प्रधानसंग समपर्क गर्दा दिल्ली स्थित आजतक कार्यलयसंग समपर्क गरिएको तिनले बताए । धेरै जनासंग यस प्रकारका फर्जी कार्ड् रहेको च्यानललाई पनि जानकारी प्राप्त भएको छ यसैले प्रसासनले अति शिघ्र कारवाई गर्न आवश्यक रहेको तिनले थप बताए ।

Related Posts

0 Response to "भारत भोटाङ् सिमामा नकली प्रेस रिपोर्टरको पक्राउ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.