
मणिपुरमा गोर्खाहरुमाथी भएको अत्याचारको भागोपद्वारा बिरोध
डी के वाइबा, कालिमन्युज, कालेबुङ 19 अप्रेल 2014| उत्तरपूर्विय राज्य मणिपुरको राजधानीमा एकजना गोर्खे किशोरीसंग भएको दुष्कर्मको घटनालाई केन्द्र गरेर बिरोध गर्दा दुईजना गोर्खाहरुलाई पुलिसले गोली लागेर मृत्यु भएको छ।
उक्त घटनालाई केन्द्र गरेर भारतीय गोर्खा परिसंघले सरकारले गोर्खाहरुको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरेको छ।
ईम्फालदेखि दुई किलोमिटर टाडोमा अवस्थित पाउनी कोलनीमा भएको दुष्कर्मको बिरोध गर्दै क्षेत्रका गोर्खा समुदायका मानिसहरुले बिरोध प्रदर्शन गरिरहेको समयमा पुलिसले गोली चलाएको थियो। पुलिसले चलाएको उक्त गोलीले दुईजना गोर्खा युवकहरुको घटनास्थलमा नै मृत्यु भएको छ भने 7 जना घाईते भएका छन।
एस एन आउपोली नामक एकजना 65 वर्षिय नागा बृद्धले 13 वर्षिय किशोरीको बलात्कार गरेको घटना प्रकाशमा आएपछि काङला तोम्बी क्षेत्रका गोर्खाहरु आक्रोशित बनेका थिए। उनीहरुले उक्त घटनाको प्रतिवाद गर्दै आरोपीलाई पक्राऊको मागमा प्रदर्शन गरेर प्रशासनलाई दबाव दिने कार्य गरिरहेको समयमा मणिपुरी पुलिसले गोर्खाहरुको जुलुसलाई गोली चलाएको घटनालाई भारतीय गोर्खा परिसंघले दुर्भाग्यजनक बताएको छ।
यसैसम्बन्धमा आज भागोप राष्ट्रिय प्रवक्ता आर मोक्तानले एक पत्रकार सम्मेलन आयोजना गरेर घटनाको कडा भर्त्सना जनाए। तिनले मणिपुर भागोप शाखाबाट प्राप्त जानकारीको अधारमा बताए अनुसार बलात्कारको घटना सार्बजनिक भएपछि त्यस क्षेत्रका गोर्खाहरु आक्रोशित बनेर प्रशासनलाई दबाव बनाउँन प्रतिवाद जुलुस निकालेका थिए। उक्त प्रतिवाद जुलुसलाई रोक लगाउँन मणिपुरी पुलिसले रोक लगाए पछि तनाव सृजना भएको थियो भने भिडलाई रोक्न लाठीचार्ज समेत गरेको थियो।
पुलिस प्रशासन अनि प्रदर्शनकारीहरु माझ तनाव बृद्धि भए पछि पुलिसले पहिला अश्रु ग्यास अनि पछि गोली चलाएको मोक्तानले बताउँदै घटनाको बिरोध गरे।
“भारतीय गोर्खा परिसंघले राज्य प्रशासनले गोर्खाहरु माथी गरेको अमानवीय कार्यको घोर बिरोध गर्दछ। आरोपीलाई पक्राऊको साटो पक्राऊको माग गर्नेहरुलाई बर्बरतापूर्वक गोली चलाउँनु अमानवीय कार्य हो” मोक्तानले भने। उक्त घटनामा दुइजनाको तत्कालै मृत्यु भएको थियो भने 7 जनालाई गम्भीर घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। यसरी गोर्खा समुदायका मानिसहरूविरूद्ध नियमित रूपमा देखापर्ने बलात्कार, उच्छेद, संत्रास र प्रताडनाको घटनाले पूर्वोतरका गोर्खाहरूको सुरक्षाको सवाल तडकारो बनेको मोक्तानको भनाइ छ।
यस समबन्धमा सरकारले उचित पाईला चालेर गोर्खाहरुको सुरक्षा सुनिश्चित गर्न पर्ने माग तिनले गरे। तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै यस घटनाबाहेक मेघालयका एउटा भुमिगत जङ्गी संगठनले सो क्षेत्रका गोर्खाहरूविरूद्ध उच्छेदको नोटिस जारी गरेको घटनाले पनि पूर्वोत्तरका गोर्खाहरूको सुरक्षाको विषय जटिल र समवेदनशील बन्दै भएको बताएका छन।
यस बिषयमा राज्य प्रशासन अनि केन्द्र सरकारले ध्यान दिनपर्ने माग गर्दै यस्ता घटनाहरुले गोर्खाहरु सुरक्षित छैन भन्ने प्रमाणित भएको तिनले बताए। यस्ता घटनाले गोर्खाहरुलाई राज्य प्रशासनले सुरक्षा दिन नसकेको प्रमाणित भएको बताउँदै केन्द्र सरकारले सुरक्षा सुनिश्चित गर्न पर्ने माग गरे।
0 Response to "मणिपुरमा गोर्खाहरुमाथी भएको अत्याचारको भागोपद्वारा बिरोध "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.