कालेबुङ मा 72.81% मतदान, चुनाव शांतिपूर्वक सम्पन्न
कालिमन्युज, कालेबुङ, 17 अप्रेल 2014: 16औ लोकसभा निर्वाचनको पस्चिम बंगाल राज्यको प्रथम चरणको मतदान आज दार्जीलिङ पहाडमा शांतिपूर्वक सम्पन्न भयो। चौनाव संचालनमा छुट्पुट वाधाका घटना बाहेक अन्य केही नभएको चुनाव आयोग र जिल्ला प्रशासनले जनाएकोछ। उक्त घटनाहरु सामान्य मात्रै रहेको पनि सुत्रले थपेको छ।
चुनाव नियम उलँघन गरेको आरोपमा पुलिसले केही व्यक्तिहरुलाई रोकेर राखेको बताइएकोछ ।
चुनाव आयोगबाट प्राप्त जानकारी अनुसार बिहानदेखिनै मतदाताहरुमा मतदान दिने जोश र उत्साह देखा परेको थियो।
सबै मतदान केन्द्रहरुमा मतदान प्रारम्भ हुनुभन्दा अघिनै मतदाताहरुको ताती जम्मा भैसकेको थियो । कतिपय कारणवश एउटा मतदान केन्द्रमा मात्रै बिहान 8.30 बजे मा मतदान प्रारम्भ हुन सक्यो भने अन्यहरुमा समयमा नै प्रारम्भ भएर समयमै बन्द पनि गरियो।
प्राप्त जानकारी अनुसार कालेबुङमा 72.81% मतदान भयो । यस अघि अपरान्ह तिन बजेसम्ममा कालेबुङमा 56.5 % खर्साङमा 58.6% दार्जीलिङमा 65.6 अनि सिलगडीमा 72 % मतदान भयो।
4 दार्जीलिङ लोकसभा केन्द्रका 14,15,168 मतदाताहरुमध्ये दार्जीलिङ, खर्साङ, कालेबुङ विधान सभा क्षेत्रका 868 मतदान केन्द्रमा 6,11,665 मतदाताहरुको निम्ति मतदान सम्पन्न भयो।
नँया मतदाता, वृद्ध वृद्धा सबैलेनै मतदान दिए। कालेबुङको मतदान केन्द्र 22/101 साइ इंस्टिट्युट्मा भारतीय सेनाका जवानहरुले उत्साहसाथ मताधिकार प्रयोग गरे भने 22/70 सुचना विभागको कार्यालय(टाउन हल)मा महिला क्गुनाव कर्मीहरुले मतदान संचालन गरे।
कालेबुङ विधान सभा क्षेत्रको 261 वटा मतदान केन्द्रमा खटिएका मतदान अधिकारीहरुले आफ्नो कार्यभार सुचारुरुपले संचालन गरेको पनि चुनाव प्रशासन सुत्रले बताएकोछ।
अधिकांश मतदान केन्द्रहरुमा केवल भाजपा र तृणमूल कांग्रेसका एजेंटहरुमात्रै देखियो भने एकाध केन्द्रहरुमा स्वतंत्र उम्मेद्वार एम पी लामाका एजेंट पाइयो। यसपालीको चुनाव भाजपा, तृणमूल कांग्रेस अनि स्वतंत्र डीडीयुडीएफ माझ त्रिकोणीय हुने भएको देखियो।
दार्जीलिङ लोकसभा केन्द्रको निम्ति प्रत्याशी 13 उम्मेद्वारहरुमध्ये कसको झोलीमा कति मत खस्यो सो इभीएम मसिनबाट आगामी 16 मईको दिन मतगणना भएपछि मात्रै स्पष्ट हुनेछ। त्यसै दिन यस क्षेत्रको सांसदको नाउ पनि घोषणा हुनेछ भने मतदाताहरुले खसालेको मतदानको फलाफलले चुनावमा उत्रेका राजनैतिक पार्टी र संस्थाहरुको भविश्यको पनि निर्णय हुनेछ।
0 Response to "कालेबुङ मा 72.81% मतदान, चुनाव शांतिपूर्वक सम्पन्न"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.