
सिक्किम-बङ्गाल सिमाना रम्फुमा 4 बर्षिय नाबालिकालाई दुष्कर्म... आरोपीत सुरेश विश्वकर्मको पक्राऊ
![]() |
आरोपीत सुरेश विश्वकर्म |
डी के वाइबा, कालिमन्युज, कालेबुङ 29 अप्रेल 2014। सिक्किम अनि बङ्गालको सिमाना क्षेत्र रम्फुमा आज बिहान साढे आठ बजेतिर एक चार बर्षिय नाबालिकालाई दुष्कर्म गरेको घटनाले सनसनी छाएको छ। उक्त घटनाका मुख्य आरोपीत सुरेश विश्वकर्मलाई पुलिसले पक्राऊ गरेको छ भने पिडीत नाबालिकालाई महकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ।
एक पछि अर्को गर्दै 11 दिन भित्रमा कालेबुङ महकुमाको 31 ए राष्ट्रिय राजमार्गमा तीनवटा दुष्कर्मको घटना भएको छ्। उक्त तीनैवटा दुष्कर्मको घटनामा सबै नाबालिकाहरु रहेका छन। 18 अप्रेलको दिन टिस्टामा 3 बर्षिय नाबालिकालाई दुष्कर्म गरेको घटना प्रकाशमा आएको थियो भने उक्त घटनाको 5 दिन बित्न नपाई पुन गेलखोलामा एक 9 बर्षिय नाबालिकालाई दुष्कर्मको प्रयास गरेको घटना भएको थियो। उक्त घटनाको चर्चा सेलाउँन नपाई पुन 5 दिन पछि आज रम्फू क्षेत्रमा एक चार बर्षिय नाबालिकालाई दुष्कर्म गरेको घटनाले सबैलाई स्तब्ध बनाएको छ।
जानकारी अनुसार आरोपीत् सुरेश बिश्वकर्माले आज बिहान साँढे आठ बजेतिर आफ्नै छिमेकीकै चार बर्षिय नाबालिकालाई आफ्नो हवसका शिकार बनाए। यहाँको पेदोङ निवासी सुरेश बिश्वकर्मा रम्फू टिस्टामा अस्थायि रुपले बसोबास गर्दैथिए भने तिनले टिस्टा कोईरीमा मजदुरको कार्य गर्दै आईरहेका थिए। आज बिहान साँढे आठ बजेतिर आफ्नो आमा अनि परिवारका सदस्यहरु घरमा नरहेको समय छिमेकी सुरेश विश्वकर्मले उक्त अबोध नाबालिकालाई आफ्नो हवसको शिकार बनाएको आरोप लागेको छ। पछि आफ्नो आमा घरमा फर्केर आउँदा छोरी नभेटेपछि खोज तलास गर्दा नानी रुँदै घर् आएकी थिईन। यसै अवधी तिनलाई फकाएर सोधखोज गर्दा छिमेकी सुरेश विश्वकर्मले आफ्नो अनैतिक कार्यको शिकार बनाएको थाह पाए।
उक्त घटनाबारे जानकारी भएपछि आरोपीत् सुरेश बिश्वकर्मलाई तत्काल स्थानिय मानिसहरुले पक्राऊ गरेर घटना स्थलमानै आक्रोश पोखे। यसै अवधी उक्त घटनाको जानकारी पुलिसले प्राप्त गरेपछि आरोपीतलाई आफ्नो कब्जामा लिएर सुरक्षा दिएका थिए। आरोपीतलाई पुलिसले आफ्नो कब्जामा लिए पनि स्थानिय मानिसहरुले आफ्नो आक्रोश पोख्दै कुट पिट गर्दा पुलिस कर्मीहरुलाई पनि चोटपटक लागेको छ। घटनास्थलमा स्थानीय मानिसहरुले आरोपीत व्यक्तिलाई जनगणधुलाई गरे पछि तिनको शरिरको बिभिन्न भागमा चोटपटक लागेको छ।

यता दुष्कर्मको घटनालाई केन्द्र गरेर कालेबुङ शहरमा पनि स्थिति तनावपूर्ण बनेको थियो। यसै अवधी आरोपीतलाई पुलिसले पक्राऊ गरेर अस्पतालमा उपचारको निम्ति पुर्याउँदा अस्पताल परिसरमा अझ स्थिति तनावपूर्ण बनेको थियो। किनभने कालेबुङ महकुमा अस्पतालमा अघिबाटै पिडीत नाबालिकालाई उपचारको निम्ति भर्ना गरिएको थियो जसको कारण मानिसहरु आक्रोशित बनेका थिए।
घटनालाई केन्द्र गरेर कालेबुङ अस्पताल परिसरमा स्थानिय मानिसहरु ब्यापक रुपले भेला भएका थिए भने यस अवधी आरोपीतलाई जनताको अघि समर्पण गरिदिने पनि जनताले माग गरिरहेका थिए। अस्पताल परिसरमा स्थिति तनावपूर्ण बनेपछि कालेबुङ पुलिस अनि सीआरपी बल तैनाथ गरिएको थियो। यस अवधी पुलिस प्रशासन अनि आक्रोशित जनतामाझ अस्पताल भित्रै निकैबेर भनावैरि समेत भएको थियो।
उक्त दुष्कर्मको घटनाबारे पिडीत नाबालिकाकी बज्युले जानकारी दिदै घरमा नानीहरु मात्र भएको समयमा छिमेकी सुरेश विश्वकर्मले दुष्कर्म गरेको आरोप लगाए।
“हामी धारामा गएका थियौँ। पिडीत नाबालिकाकी आमा पनि धारा गएकी थिईन। पछि धाराबाट घरमा आउँदा नानी थिएन। यसैबेला घरमा भएका अर्को नानीलाई सोद्धा अंकलले लानुभएको छ भने। यसै समय नानी रुदै घर आईन। त्यस समय नानी रक्ताम्मे अवस्थामा थियो। यसबारे सोधखोज गर्दा नानीले सबै जानकारी दिए” पिडीत नाबालिकाको बज्युले भनि।

“यस्ता नाबालिकामाथि भएको दुष्कर्मको घटना एउटा अमानविय घटना हो। नाबालिकालाई यौन शोषण गर्नु मानसिक बिक़ृतिको रोग हुन सक्छ। यसता मनोरोगबारे जाँच गर्न आवश्यक छ। सज्जन ब्यक्तिले नाबालिकालाई यौन शोषण गर्दैन” डा भोटीयाले भने।
अर्कोतर्फ आरोपीत सुरेश विश्वकर्मलाई कालेबुङ महकुमा अस्पतालमा उपचारको निम्ति पुलिसको कडा निगारानीमा राखिएको छ भने तिनलाई भोली यहाँको न्यायालयमा पेश गरिने भएको छ। आरोपीत बिरुद्ध भारतीय दण्ड सहिताको धारा 376 अन्तर्गत मुद्दा दर्ता गरिने थाना प्रभारी अचिंता गुप्ताले जानकारी दिएका छन भने पिडीत नाबालिकाको स्वास्थ्य जाँच रिपोर्ट अहिलेसम्म प्राप्त नभएको बताए।
0 Response to "सिक्किम-बङ्गाल सिमाना रम्फुमा 4 बर्षिय नाबालिकालाई दुष्कर्म... आरोपीत सुरेश विश्वकर्मको पक्राऊ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.