-->
टिस्टा दुष्कर्मकाण्डको विरोधमा धर्ना प्रदर्शन जारी......  अर्को नाबालिका छात्रालाई दुष्कर्मको प्रयास गर्ने आरोपी 14 दिनको न्यायिक हिरासतमा

टिस्टा दुष्कर्मकाण्डको विरोधमा धर्ना प्रदर्शन जारी...... अर्को नाबालिका छात्रालाई दुष्कर्मको प्रयास गर्ने आरोपी 14 दिनको न्यायिक हिरासतमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 अप्रेल। टिस्टामा 3 बर्षिय नाबालिकालाई दुष्कर्म गरेको घटनालाई केन्द्र गरेर विरोधको आवाज दिन दिनै चर्किन्दै गईरहेको छ। पिडीत पक्षलाई न्याय दिलाउँन अनि दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै दैनिक विभिन्न ठाउँहरुमा विरोध प्रदर्शनी भईरहेको छ। यसैक्रममा आज उक्त घटनालाई केन्द्र गरेर गोजमुमो कालेबुङ महकुमा समितिको आयोजनामा एउटा विरोध र्‍य़ाली निकालेर प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनी जुलुसमा बाल सुरक्षा अभियान अनि अप्पर 16 माईल नारी जागरण संगठनका सदस्यहरु पनि सहभागी बनेका थिए। 
एउटी अबोध नाबालिकालाई दुष्कर्म गर्नु अमानवीय मात्र नभएर पाश्विक प्रवृति पनि भएको बताउँदै आज कालेबुङ शहरमा दोषीलाई फाँसीको सजाय दिनपर्ने चर्को आवाज गुञ्जियो। प्ला कार्डहरुमा अपराधीलाई कठोर सजायको माग गर्दै निकालिएको उक्त जुलुसमा सहभागी बनेकाहरुले जोडदार नाराबाजी गर्दै प्रशासनलाई दबाव दिने कार्य जारी राखेको छ। उक्त 3 बर्षिय नाबालिकालाई दुष्कर्म गर्ने अहिले न्यायिक हिरासतमा भएका मुख्य आरोपी सुनिल राई विरुद्ध प्रशासनले यथाशिघ्र कार्वाही गर्नुपर्ने पनि जुलुसमा निस्केका मानिसहरुले माग गरे। 
बिगत दिनमा दिल्लीमा भएको सामुहिक बलात्कारको घटनामा पुलिसले जसरी यथाशिघ्र मुद्दा चलाएर दोषीहरुलाई फाँसीको सजाय सुनाएको थियो सोही प्रकारले यस मुद्दाको सुनवाई पनि यथाशिघ्र हुनपर्ने माग मानिसहरुले गरे। यहाँको डम्बर चौकबाट शुरु भएको उक्त विरोध र्‍यालीले मेनरोड, थाना डाँडा हुँदै कालेबुङ महकुमाको कार्यलय अघि पुगेर जोडदार नाराबाजीसंगै धर्ना प्रदर्शन गरेको थियो। 
यसै अवधी गोजमुमो सभासद डा आर बी भुजेल, तारा लोहार लेप्चा, बिजय सुन्दास आदिको प्रतिनिधी टोलीले महकुमा अधिकारी के राधिका अय्यरलाई भेट गरेर एक ज्ञापन पत्र चडाएयो। उक्त ज्ञापन पत्रमा मुख्य आरोपी सुनिल राईलाई यथाशिघ्र कार्वाही गर्दै कठोर सजाय दिनपर्ने माग गरिएको छ। 
यसैक्रममा महकुमा अधिकारीको कार्यलय अघि सम्पन्न भएको धर्ना प्रदर्शनीलाई सम्बोधन गर्ने क्रममा गोजनामो केन्द्रिय समिति सदस्य तारा लोहार लेप्चाले दोषीलाई कडा सजायको माग गर्दै पिडीत पक्षलाई यथाशिघ्र न्याय दिनपर्ने माग गरिन। अर्कोतिर गत बुधबार स्कूल छुट्टी भएर टिस्टादेखि गेलखोला जाने क्रममा एक 9 वर्षिय नाबालिकालाई एक ट्रकवाहनका चालक रमेश छेत्रीले दुष्कर्मको प्रयास गरेको घटनाको पनि जोडदार विरोध गर्दै दोषीलाई कडा सजाय हुनपर्ने माग पनि थप उठेको छ। 
अहिलेघरी दिन दिनै यस्ता अपराधिक घटनाहरु बृद्धी हुनको मूल कारण नशालु पदार्थहरुको प्रयोग हुनसक्ने बताउँदै यसबारे पनि पुलिस प्रशासनले उचित पदक्षेप ग्रहण गरेर नशालु पदार्थ बेचबिखान गर्नेहरु बिरुद्ध कठोर पाईला चाल्नुपर्ने माग गरेको छ। यता सम्बोधनको क्रममा गोजमुमो केन्द्रिय समिति सदस्य बिजय सुन्दासले पुलिस प्रशासनको निस्क्रियताको कारण यस्ता अपराधिक घटनाहरु बृद्धि भईरहेको आरोप लगाउँदै प्रशासनले सक्रियता अप्नाएर दोषीहरुलाई सजाय दिनुपर्ने माग गरे। पिडीत पक्षलाई न्यायको माग गर्दै महकुमा अधिकारीको कार्यलयमा धर्ना प्रदर्शन सम्पन्न भए पछि यता उक्त जुलुस यहाँको कालेबुङ थानामा आईपुगेर अर्को धर्नामा परिवर्तन भएको थियो। 
यस अवधी प्रदर्शनकारीहरुले कालेबुङ थाना अघि पनि जोडदार नाराबाजी गर्दै दोषीलाई कडा सजायको माग गरे। यसैक्रममा प्रशासनले समाजमा बड्दो नशाखोरहरुको रगरगीलाई रोकथाम गर्न उचित पहल गर्नुपर्ने माग गरेको छ। 

नाबालिक छात्रालाई दुष्कर्मको प्रयास गर्ने आरोपी 14 दिनको न्यायिक हिरासतमा 
कालेबुङ कालिम्न्युज, 24 अप्रेल। टिस्टामा 3 बर्षिय नाबालिकालाई दुष्कर्म गरेको घटना हप्ता दिन पनि बित्न नपाई पुन टिस्टाकै 9 बर्षिय नाबालिका छात्रालाई ट्रक चालक रमेश छेत्री (35)ले दुष्कर्मको प्रयास गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना बुधबार भएको हो। घटनाका मुख्य आरोपी गोरुबथान निवासी चालक रमेश छेत्रीलाई पुलिसले पक्राऊ गरेको छ भने आज तिनलाई यहाँको अदालतमा पेश गरियो। 
जानकारी अनुसार 31 ए राष्ट्रिय राजमार्ग गेल खोला निवासी उक्त नाबालिका छात्रा टिस्टा बिध्यालयमा अध्ययन सकेर घर जाने क्रममा टिस्टा पुलबाट गेलखोला सम्म एउटा ट्रकमा चडेर गेलखोला सम्म गएकी थिईन। यस अवधी बाहनका चालकले उक्त नाबालिका छात्रालाई हातपाई गरेको पिडीता छात्राले आरोप लगाएकी छिन। बाहनका चालकले टिस्टाबाट गेलखोला सम्म जानेक्रममा बाहनमा नै दुष्कर्मको प्रयास गरेपछि पिडीता छात्रा घरमा रुँदै पुगेकी थिईन। 
यस अवधी घरमा तिनका परिवारले सोधखोज गरेपछि पिडीताले सम्पूर्ण जानकारी दिएकी थिईन। यता तिनका परिवार पक्षले आरोपी चालकलाई खोज्दै जादा सेवक नजिकबाट पक्राऊ गरिएको छ। यस सम्बन्धमा पिडीत पक्षले टिस्टा थानामा प्राथमिकी दर्ता गरेको छ। यता पक्रा परेका आरोपी चालकलाई आज यहाँको महकुमा अस्पतालमा स्वास्थ्य जाँच गरेर कालेबुङ अदालतमा पेश गरियो। 
आरोपी रमेश छेत्री बिरुद्ध पुलिसले भारतीय दण्ड सहिताको धारा 354 अनि आर ड्ब्ल्यु सेक्सन 8 अन्तर्गत मुद्दा दर्ता गरेको छ। आरोपी छेत्रीलाई अदालतमा पेश गरेपछि अदालतले 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।

Related Posts

0 Response to "टिस्टा दुष्कर्मकाण्डको विरोधमा धर्ना प्रदर्शन जारी...... अर्को नाबालिका छात्रालाई दुष्कर्मको प्रयास गर्ने आरोपी 14 दिनको न्यायिक हिरासतमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.