-->
भाईचुङले दार्जीलिङवासीबाट आफ्नो ईज्जत गुमायो – डा हर्कबहादुर छेत्री

भाईचुङले दार्जीलिङवासीबाट आफ्नो ईज्जत गुमायो – डा हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 8 मार्च 2014। राज्यसभाको चुनावमा गोजमुमो पार्टीबाट समर्थन लिएर लोकसभा चुनावमा मोर्चालाई समर्थन गर्छु भन्ने तृणमूल कङ्ग्रेसले आखिरमा मोर्चालाई राजनैतिक घात गरेको छ। लोकसभा चुनावको घोषणा पछि आज पहिलोपल्ट कालेबुङका पत्रकारहरुसंग कुराकानी गर्दै बिधायक डा हर्कबहादुर छेत्रीले उक्त मंतव्य पोखे। 
“राज्यसभा चुनावमा तृणमूल कङ्ग्रेसले हामी तीनजना बिधायकहरुलाई समर्थन माग्दै राज्यसभामा सघाउँनुहोस लोकसभामा हामी सघाउँछु भनेका थिए। आज आएर मोर्चासंग कुनै सल्लाह नगरी दार्जीलिङबाट चुनावी मैदानमा भाईचुङ भोटीयालाई खडा गर्दा दार्जीलिङका जनतामाथि बिश्वासघात भयो भन्ने महसुस गरेका छौँ” डा हर्कबहादुर छेत्रीले भने। गठबन्धनको कुरा भए पछि कुनै पनि राजनैतिक पार्टीले स्वतन्त्र रुपमा पार्थीहरुको नाउँ घोषणा गर्न अघि सहयोगी दलहरुसंग चर्चा गर्न आवश्यक थियो भन्दै छेत्रीले अब मोर्चाले आफ्नै बुतामा अघि बडने बताएका छन। 
आफू अस्वस्थ्य भएको कारण लोकसभा बिषयलाई लिएर पार्टीका शिर्षस्थ नेताहरुसंग कुनै कुराकानी नभएको बताउँदै यसबारे आधिकारिक बयान दिन नसक्ने पनि तिनले बताएका छन। यसक्रममा तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाडबाट भाईचुङ भोटीयालाई चुनावी मैदानमा खडा गरेको सन्दर्भमा प्रश्न गर्दा भोटीयाले दार्जीलिङ पहाडमा आफ्नो भएको ईज्जतलाई गुमाएको डा छेत्रीले दाबी गरे। 
“भाईचुङ भोटीयाले दार्जीलिङ पहाडमा एउटा फूटबल एकाडमी खोलेको भए सबैले भोट दिने थियो। तर जातिय अस्तित्व र अस्मिताको लडाईमा लडीरहेको दार्जीलिङवासीको आकाक्षा बिरुद्ध तिनी खडा भएको कारण सम्पूर्ण सम्मान गुमाएका छन” डा हर्कबहादुर छेत्रीले भने। 
भाईचुङ भोटीयालाई दार्जीलिङवासी प्रति कुनै माया नरहेको बताउँदै तिनलाई अफर दियो भन्दैमा यसरी जमिनी अवस्था नबुझी चुनाव लडनु घात हुने बताए। तिनले चुनावामा जिते अवथा हारे पनि दार्जीलिङवासीले भने तिनलाई पिडी पिडीसम्मले धिक्कारने थप छेत्रीले बताए। भोटीयाले राजनीतिबारे केही नजानेको अवस्थामा आज यसरी अचानक लोकसभा चुनावमा खडा हुन अघि पञ्चायत चुनावबाट आफ्नो राजनैतिक यात्रा अघि बडाउँनु आवश्यक रहेको पनि डा छेत्रीले सुझाव दिएका छन। 
यसक्रममा तिनले आगामी लोकसभा चुनावमा भूमीपुत्र प्रार्थी हुनपर्ने अडान राख्दै बिगतका दिनमा बीजेपीले गोर्खाल्याण्डको मुद्दालाई केन्द्रमा सरकार आए बिचार गर्नेछु भनि चुनावी घोषणा पत्रमा लेखेको कारण मात्र सघाएको स्पष्टिकरण दिए। यसपल्ट भने भूमीपुत्रनै हुनपर्ने बताउँदै यहाँको समस्या बुझ्ने उम्मेद्वार आवश्यक रहेको बताएका छन।

Related Posts

0 Response to "भाईचुङले दार्जीलिङवासीबाट आफ्नो ईज्जत गुमायो – डा हर्कबहादुर छेत्री "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.