
कालेबुङ पुलिसले गोसवालाहरुबाट पैसा वसुली गरिरहेको आरोप
डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 मार्च 2014। “भैंसी मर्यो है माया पुलिसको दग्धिले” – यो कुनै गीत होईन तर यो कालेबुङ पुलिसमाथी लागेको गम्भिर आरोप हो।
कानुनको रखवाली गर्ने अनि जनतालाई सुरक्षा दिने कालेबुङ पुलिसलाई यसपल्ट गोसखानमा मासु बिक्री गर्ने गोसवालाहरुबाट पैसा वसुली गरेको गम्भिर आरोप लागेको छ। घटनाको सुत्रपात आज नक्सलबारीबाट यहाँको गोसखानमा ल्याईरहेको एउटा भैसीको मृत्यु भए पछि भएको हो। जानकारी अनुसार यहाँको गोसखानमा भैंसीको मासु बिक्रि गर्न आज राती मोठ तीनवटा भैंसीहरु ल्याईरहेको समयमा कालेबुङ पुलिसले उक्त भैंसी ल्याईरहेको वाहनलाई रोकेको थियो।
एक बजे राती तीनवटा भैंसीहरुलाई ल्याएर आएको वाहनलाई पुलिसले तीनबजे रातीसम्म यहाँको थाना परिसरमा बिभिन्न बहना बनाएर रोकेर राखेको थियो। यसअवधी पुलिसले गोसवलाहरुबाट पैसा मागेको आरोप लागेको छ। भैंसी ल्याएर आउनेहरुलाई पुलिसले रोकेर पैसा मागे पछि यता गोसवलहरुले पैसा नदिने अडान राख्दा नै पुलिसले उक्त वाहनलाई तीनबजे रातीसम्म राखेको गोसवलाहरुले आरोप लगाएका छन। यस अवधी पुलिसले नक्सलबारीबाट ल्याएको भैंसीको पैसा प्रथममा दसहजार अनि पछिबाट सातहजार मागेको आरोप गोसवला बिक्रम बराईलीले लगाएका छन।
यसक्रममा पुलिसले यत्ति धेरै पैसा मागे पछि उनीहरुले चिया खाने पैसा दिन्छु भन्दा पनि उनीहरुले भैंसी ल्याएको वाहनलाई रोकेर राख्ने कार्य गरेको आरोप लगाउँदै आखिरमा सम्पूर्ण कागजपत्र पुलिसले राखेर उक्त भैंसी ल्याएको वाहनलाई छोडी दिएका थिए। यसरी तीनबजे राती पुलिसले उक्त वाहनलाई छोडेर गोसखान पुर्याउँदा समेत एउटा भैंसीको मृत्यु भएको थियो।
उक्त भैंसीको मृत्यु भए पछि गोसवलाहरुले पुलिसले पैसा माग्दै वाहनलाई जब्बरजस्ति रोकेर राखेकै कारण उक्त भैंसीको मृत्यु भएको आरोप लगाएको छ। यसक्रममा उनीहरुले नक्सलबारीबाट भैंसी ल्याउँदा आफूहरुले पशुसम्पदा बिकास बिभाग अनि क्षेत्रको पञ्चायतलाई कर भुक्तान गरी आवश्यक कागजपत्र समेत बनाएर ल्याउँने गरेको बताईएको छ।
यसरी उक्त भैंसीको मृत्यु पछि नै पुलिसले गोसवालाहरुबाट पैसा वसुली गरिरहेको आरोप अघि आएको हो। यसका साथै पुलिसले नक्सलबारीबाट ल्याएका भैंसीको मात्र होईन गोरु अनि सुँगुरहरुको पनि पैसा माग्ने गरेको आरोप लागेको छ। यता गोसवालाहरुबाट पुलिसले पैसा माग्नेगरेको घटना प्रति कालेबुङ थाना प्रभारीसंग जान्न चहाँदा तिनले यसबारे कुनै प्रतिक्रिया दिन मानेनन।
0 Response to "कालेबुङ पुलिसले गोसवालाहरुबाट पैसा वसुली गरिरहेको आरोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.