जीटीएको चौकिमा बसेर गोर्खाल्याण्ड हुँदैन – रेभरेण्ड् डा एनोसदास प्रधान
यहाँको रामकृष्ण रंगमञ्चमा दार्जीलिङ डुवर्स युनाईटेड डेभलपमेन्ट फाउण्डेसनको अन्तरक्रिया कार्यक्रममा अध्यक्षका रुपमा रहेका डा प्रधानले गोजमुमो पार्टीले गोर्खाल्याण्डको मुद्दा प्रति ईमान्दार छु भनेर जनतालाई ढाँटको राजनीति गरीरहेको आरोप लगाए। यदि साँच्चै ईमान्दार छ भन्छन भने आफूहरुको दुईवटा सर्तलाई मान्न पर्ने तिनले चुनौति दिए।

यसक्रममा तिनले मोर्चा नेताहरु प्रति खनिन्दै बिगतका दिनहरुदेखी नै गोजमुमोले गोर्खाल्याण्डको मुद्दामा ढाँट्को राजनीति गरिरहेको देखेको बताउँदै अब यसको जवाब चुनाव मार्फत दिने पनि बताएका छन। “जनताले धेरै धोका पाएका छन। अब यस्तो धोका चहिन्दैन। यहाँ भाडामा नेता ल्याएर गोर्खाल्याण्डको मुद्दालाई व्यापार गर्ने खेल बन्द गर्नुपर्छ” प्रधानले अझ भने।
छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई पहिलो प्राथमिकता दिएर चुनावी मैदानमा ओर्लिएका निर्दलीय प्रार्थी डा महेन्द्र पी लामाको चुनाव बिषयलाई लिएर आज डीडीयूडीएफले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। यस अवसरमा डा महेन्द्र पी लामा मुख्य रुपले उपस्थित भएका थिए। क्रामाकपा उपाध्यक्ष जे बी राई, महासचिव तारामणी राई, सीपीआईएमएल जिल्ला सचिव अभिजित मजुमदार, गोर्खालिग महासचिव प्रताप खाती, गोरानिमो अध्यक्ष दावा पाख्रिन, गोटाफो अध्यक्ष सुखमान मोक्तान आदिको पनि बिशेष उपस्थिति रहेको थियो। यसका साथै धेरै स्थानहरुबाट डा लामा समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुखमान मोक्तानले आगामी लोकसभा चुनाव केवल चुनाव मात्र नभएर छुट्टै राज्य गोर्खाल्याण्ड माग्नेहरुका निम्ति चुनौति समेत रहेको बताएका छन। तिनले चुनावमा केवल हार जितको प्रश्न मात्र नरहेर गोर्खाल्याण्ड चाहनेहरुको भविष्यसंग जोडीएको बताउँदै जनताले सही निर्णय गर्नुपर्ने आह्वान गरे।
यसैक्रममा तिनले गोरामुमो अध्यक्ष सुवास घिसिङले अस्तित्व, जाति र माटोको हितमा सही निर्णय लिने आशा पनि व्यक्त गरे। “हामीलाई विश्वास छ आगामी दिनको छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति गोरामुमो अध्यक्ष सुवास घिसिङले धृतराष्ट्रको अभिनय गर्नेछैनन। द्रौपदीको चिरहरण हुँदा धृतराष्ट्र जस्तो विवस बन्नेछैनन। तिनले जाती, माटो र अस्तित्वको निम्ति डा लामालाई समर्थन गर्छन भन्ने अपेक्षा राखेका छौँ” सुखमान मोक्तानले भने।
क्रामाकपा महासचिव तारामणी राईले आगामी लोकसभा चुनाव जीवन र मृत्युको प्रश्न रहेको बताउँदै गोर्खाल्याण्डको मुद्दालाई ब्यापार गर्ने नेताहरुबाट जनता सचेत बन्न पर्ने आह्वान गरे। “हामी नेपाल जाँदा प्रवासी भन्ने गर्छन अनि यता भारतमा विदेशी भन्छन। हाम्रो राष्ट्र कुन हो ? अब गोर्खाल्याण्डको मुद्दालाई ब्यापार गर्नु हुँदैन। त्यहीँ गोर्खाल्याण्डको मुद्दा ब्यापार गर्नेहरुले दार्जीलिङका जनतालाई घरी आलु सम्झन्छ घरी फूटबल। यो अब सहन गरिनेछैन” तारामणी राईले भने।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सीपीआईएमएल जिल्ला सचिव अभिजित मजुमदारले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाएर चुनावी मैदानमा ओर्लिएका डा महेन्द्र पी लामालाई पार्टीले समर्थन जनाएको बताएका छन। अहिलेसम्म गोर्खाल्याण्डको मुद्दालाई शाषकवर्गले दबाउँने षडयन्त्र गरिरहेको आरोप लगाउँदै पहाडको सत्तासिन राजनैतिक दल गोजमुमो पार्टीले पनि गोर्खाल्याण्डको मुद्दामा जनतालाई धोका दिने कार्य गरिरहेको सीपीआईएमएल नेता अभिजित मजुमदारले आरोप लगाएका छन।
उसरीनै गोरानिमो अध्यक्ष दावा पाख्रिनले पनि गोर्खाहरुको समस्यालाई संसदमा उठान गर्न योग्य भूमीपुत्र उम्मेद्वारलाई चयन गर्नुपर्ने आह्वान गरेका छन। यता गोर्खालिग महासचिव प्रताप खातीले सम्बोधनको क्रममा आजसम्म गोर्खाहरुले सही प्रतिनिधीलाई नचुनेको कारण संसदमा गोर्खाल्याण्डको आवाज नउठेको बताएका छन।
यसै सिलसिलामा क्रामाकपा उपाध्यक्ष जे बी राईले पनि सम्बोधन गर्दै गोजमुमो नेता अनि तृणमूल नेताहरुको तिखो आलोचना गरे। केही दिन अघि मात्र गोजमुमो प्रवक्ता डा हर्कबहादुर छेत्रीले जसले जनताको आवाजलाई सही प्रकारले उठाएर लैजान्छ उ नै साँचो भूमीपूत्र हो भन्ने बयानको खिल्ली उडाउँदै अब नेताहरु अनुसार शब्दकोष निर्माण गर्न पर्ने व्यङ्ग कसे।
0 Response to "जीटीएको चौकिमा बसेर गोर्खाल्याण्ड हुँदैन – रेभरेण्ड् डा एनोसदास प्रधान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.