
गोर्खालाई भोट्को टेन्सन .... टेन्सनमा थप टेन्सन
हामी गोर्खेको त भाग्य नै यस्तै हो कि, आफै यस्तो बनाएको हो कि, बनाई मागेको हो कि, अनि बनाउदा बनाउदै सारै "अथिति देवो भव:" को सारलाई सिरोपर गर्न सिपालु भाको होकि के हो बूझनै सकिएन।
बंगालले सधै दार्जीलिंगलाई गोली नै खेली रहन्थ्यो। अब त भारतकै भूतपूर्व कप्तानलाई नै राजनैतिक कप्तान बनाउन खोजे पछि त, साँची नै गोल हाल्ने गरी ममता दिदीले रेफरीको भूमिकामा सिटी फुकिन, खेल सुरु पनि भयो। गोजमुमोका दाज्युहरुले कति किपप्परको भूमिका खेलेर गोल हाल्नबाट जोगाउन सक्नु हुन्छ होला र? खोई के हुन्छ पहाड़को परिस्थिति कसले आंकलन गर्न सक्ने भन्नै गाह्रो भो। अर्को पट्टी हाम्रा लामा सर मैदानमा पहिलेदेखीं नै खेलको तैयारी गरि रहनु भएकोछ, बरु जे पर्ला तेहि टर्ला भनेर गोर्खे छोरो कै भरमा हाम्रो भाग्य छोड्दा पनि कुन्नी..........भएको कुरो पनि नबिग्रेला कि तर त्यसो ता नहुनु पर्ने (आशा गरौ) ।
आशा त गर्नु होला नी, अरु त यो राजनीतिको खेलमा कहिले कसले कुन चाल खेल्छ कसैले ठीम्याउन न सक्ला। खोई गोर्खाको सपना कसैले पूरा गर्ला कि भन्ने आशा पनि… "म त खोई के खोई के" भने जस्तो भैसक्यो। यसपालीको पहाड़को चुनाऊ, भ्यागुता भ्यागुता चेपेगाडा होला जस्तो छ ! जे भए पनि… भरसक यसपालीको मेरो एक मतदानले नै सबैको सपना साकार गरोस भन्ने मनोकामना छ ।
साँची नै ! हामी गोर्खेहरु साह्रै सोझा र कमलो मनका,जसलाई पाए पनि त्यसैलाई नै आफ्नो बनाउने अनि आफ्नै कुभलो गरेको यादै न हुने जाति। साह्रै सोझो पनि हुनु हुँदैन रहेछ ! साह्रै कमलो हुँदा पनि त्यों कमलोको फायदा अरूले उठाउदा रहेछन ।
बंगाल सरकारले त उहिलेदेखि नै पहाड़को नाममा आफ्नो दुनो सोझ्याइ रहेकोछ। २००९ को लोकसभा चुनाऊमा साह्रै कमलोको फल "कमल" चिन्हका जसवंत सिंहज्युले आरामले पचाउने नपचाउने पचाउनु भो। यस्ता त कत्ति छन कत्ति, जसको घर- घडेरी,जाउलो पनि पहाड़को हामी सीधा सोझा जनताको नाममा पाकी रहेको छ। दार्जीलिंगलाई आफ्नो हुँदा हुंदै पनि आफ्नो बनाउन नसक्नु। हाम्रो विड्म्बना हो। यसको नाम बेचेर दुनो सोझ्याउने जबसम्म संकिंन्दैन तबसम्म गाह्रै (जति सोचेका छौ त्यति पनि गाह्रो छैन) छ, गोर्खेहरुको हित हुनु त!
हाम्रा अति प्यारा अनि गोर्खे जातीका गौरव प्राध्यापक लामाज्यु आफ्नु शैक्षिक जीवनलाई पर सारेर, राजनैतिक मार्गबाट हाम्रो पहाड़को भलो गर्ने सोचले अघि बढ़ी रहनुभएको छ ! जतीपनि अरु दलहरुबाट उम्मेद्वारहरु खडा गरिदैछ वँहाको तुलनामा आउने खालका देखिएका छैनन।
गोजमुमोको पनि राजनीतिलाई नकार्न सकिँदैन, अहिले भारतको राजनैतिक रमझम देख्दा कमलको फूल नै फस्टाउछ जस्तो छ अनि सानो राज्यहरुको पक्षमा त बीजेपी नै छ। जति बेला गतिलो आन्दोलन चल्यो त्यहि बेला (२००९) बीजेपीलाई सहयोग त गरेकै होनी, तर हामी गोर्खेको भाग्यमा खाली थैलो मात्र लेख्या रहेछ, पड़के बीजेपीको सरकार नै बनेन, हातको सरकारले एक कानले सुन्यो अर्को कानले उडायो मात्र ।
बितेको पाँच बर्ष सम्झिंदा त कमल पहाड़मा कहा फुल्यो जस्तो लाग्छ ? तर, कुरो तरले नै साह्रै अड्काउछ। भारत स्वतंत्र भएपछि अनि हाम्रो गोर्खे आन्दोलन चले देखिनै आड़ त अर्काकै लिनु परेकोछ, १९५७ सालपछि थियोडर मनेन कांग्रेसका उम्मेदवार भएर् दार्जीलिंगको लोकसभाको पदमा १० बर्ष बसे, त्यसपछि एम. बासु, रतनलाल ब्राह्मण, के बी छेत्री, आनंन्द पाठक, इंद्रजीत खुल्लर, आर बी राई, एस. पि लेप्चा, दावा नर्बुला, जसवंत सिंह आदि। यो सब इतिहास पल्टाएर् हेर्दा त दार्जीलिंगमा नजन्मिएकाहरुले पनि हाम्रो पहाड़की रानीको उम्मेद्वारिता गरेका रहेछन।
यसरी किन अर्काको भरमा हाम्रो पहाड़ छोड़ेको भन्ने प्रश्न उठदा उत्तर एउटै पाइयो कि। … त्यों दह्रिलो दल भएको कारण त्यसको उम्मेदवारको कुरो संसदमा चल्छ अनि हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौ अरे । यही आशामा हाम्री प्यारी धरतीलाई आफ्नै छोरा छोरी काम नलाग्ने झै बनाएर बहिरबाट निर्यात गरेर आफ्नु इच्छा पूर्तिको निम्ति यी सब कदम पहाड़ले चाल्नु पर्योछ सोचेको पुगी हाल्छ कि भनेर। तर अहिले सम्ममा "गाई माग्दा सानो बाख्राको पाठा" मात्रै पाइयो अनि नपाउनु भन्दा पाठा नै बड़ेर गोर्खाको हित हुने केही त अवश्यै भन्ने हुन्छ बुझाएकोले मन बुझाउदा बुझाउदै यतिका वर्ष बितीसके तर अहिले सम्म केही संकेत देखा परेको छैन।
जे भए पनि गोर्खाको सँयम र सहन शक्तिको कदर भारतले गर्नै पर्छ।
तर यसपाली त, आशा अनुसार बीजेपीकै सत्ता केंद्रमा आउला भन्ने सपना सबैले देख्दैछन। यसपाली त हाम्रो वर्षौदेखिको बुडो भएको सपना साकार हुन्छ भन्ने आशा छ। तर अहिले हामी यति दोधारमा परेका छौ कि हामी गोर्खे। एकातिर आफ्नै भूमिपूत्र लामाज्यु घर घर दौड्दैछन भनौ निम्तो पाएर भ्याइ नभ्याइ भैरहेका छन,अर्कोतिर गोर्खाकै गौरव लात्ते भकुण्डोका प्रख्यात कप्तान भाईचुंग आग्या, ममता दिदीको समाचार या सन्देश छर्न पहाड़ पसेका छन। अर्कोतिर् अरुदलहरुले पनि पहाड़कै हित सोचीरहेका छन भन्दै भुक्दैछन। खै को सत्य हो को असत्य -गोर्खे जनता दोधारमा परेकाछन मेरो एउटा भोट कसलाई खसाउ भनेर।
अहिलेको आंदोलनलाई निक्कै अघि बढाउने गोजमुमो पार्टी जसले आफ्नै दाजु भाई दिदी बहिनीलाई पालो नदिएर फेरी पनि तल्लो गाऊँकैलाई पालो दिन चाहेको छ, किन यसो गर्यो राजनीति बौझ्नु कठिन नै छ। तर सोझो गोर्खे जनताको बुझाईमा हो भने, यति बुझ्न सकिन्छ कि यस चोटी केन्द्रमा "कमल" नै फुल्नेछ (बीजेपी नै आउछ) फस्टाउछ कि फस्टाउदैन त्यो भने शंकानैछ । अनि लौनत तिनीहरूलाई नै मौका दिउ भने, यत्रो बर्षको फल भन्ने सोचाइ पनि आउछ । आ होस बरु पाँच बर्स फेरी अर्कोले नै गरोस (यत्रो त लगी सकेको छ) भन्ने सोच्नु कुनै अत्युक्ति नहोला। बिमल दाज्युको अडानलाई शिरोपर गर्दा सायदै केही त राम्रै होला जस्तो लाग्छ। तर त्यति नै हो फेरी पनि आफ्नो गोर्खा पुत्रले भने मौका नपाउने भयो।
हाम्रो लामाज्यु स्वतंत्र उम्मेदवार, एक्लै भए पनि सर्वव्यापी ज्ञानवान व्यक्तित्व हुनुहुन्छ् यस्ता व्यक्ति दार्जीलिंगले फेरि पाऊन गाह्रै पर्ला तर एक्लो व्यक्तिले जित्नु त पक्का जित्नुनै होला तर संसदमा आफ्नु व्यथा कुन पार्टीको तर्फ बाट राख्ने हुन। कि चुनाऊ पछि कुनै पार्टी को हाथ थामेर् सत्तामा आउने पार्टीलाई समर्थन गर्ने या पार्टीमा नै मिल्ने पो हुन .....राजनीतिमा केही भन्न सकिँदैन। खासैमा वहाँलाई पार्टीको के खाँचो र पार्टीहरुले पो खोज्दै आउनु पर्ने व्यक्तित्व हुनुहन्छ हाम्रो लामा ज्यु। तर यस्तो समयमा राजनीतिमा खुट्टा हाल्नु भो, गोर्खे जनतालाई साह्रै दोधारे बनाउनु भो । एउटा भएको भोट त पक्कै पनि आफ्नो बनिनु पर्ने राज्यको सपना नहुदो हो ता लामाज्युलाई नै पक्का पक्की गोर्खे जनताले मत दिन्थे होला तर यस्तो परिस्थिति छ जसमा एकातिर् गोर्खाल्याण्ड्को सपना अर्को तर्फ आफ्नै मान्छे (छोरो) ! खोई एउटा भएको भोट पनि कसलाई दिउ दिउ पो भो।
भाईचुंग जी त खोई कता बाट आउनु भो, सायदै वहाँलाई पनि याद छ कि छैन, जुन परिस्थितिमा पहाड़ कै छोरो पहाड़ अंगाल्न आइपुग्नु भो, गोर्खे जनतालाई बुझनै गाह्रो पर्योक कि वहा साँची नै चुनाउ लड़ननै आउनु भएको हो की अरु केही नै गर्न आउनु भएको हो कसैले ठीमयाउनुनै सकेका छैनन् ।
यस तर्क को समाधान निकाल्न त गाह्रै छ...... ! खासै चाहिएको हामीलाई चिन्हारी हो। चिन्हारी, पाऊनको निम्ति माटो अर्थात धरती आफ्नो हुनु पर्यो.। यसको निम्ति प्रजातन्त्रमा आफ्नो निम्ति बोलिदिने कोही चाहियो, बोले र मात्र पनि भएन, त्यसलाई संसदमा पास पनि गराउनु सक्नुपर्यो्। पास गराउन "अंक" निक्कै चाहियो, कम से कम २७३ त चाहियो नै। अब कुरो कहा अड्किन्छ भने, अंक कहाबाट ल्याउने। हामी सबैलाई चाहिएको त खाली एउटा सांसद हो जसले पुर्खा र आउने संतानको पनि चाहना र सपनालाई पूरा गर्नेछ। हाम्रा हजुरबाहरुले भन्नु हुन्थ्यो कि नानी "बोल्नेको पीठो बिक्छ न बोल्नेको चामल पनि बिक्दैन" . तर परिस्थिति बोलेर मात्र नहुने भएकोछ त्यसलाई हैसेमा होस्टे (अंकको खेल) दिने पनि भए मात्र पार लॉगिन सकिंदोरछ।
अभ भएन त, दोधार? तिनधार? अनी अरु कति धारमा, एउटा भएको भोट कसलाई दिनु खोई कसलाई................... ! खै यो पनि सोच्छु...बरु जे हुन्छ राम्रै हुन्छ भन्ने सोचले बीजेपीलाई भोट हाले कसो होला, हाती छिर्योो पुच्छर अड़क्यो त नहोला, बीजेपीले जित्ती हाल्यो भने त केही राम्रै पाइन्छ होला । यदि केन्द्रमा बीजेपी आयो तर हाम्रोमा चै जिताएनौ भने (जो सधैनै दार्जीलिङ्मा हुने गर्छ) कुरो उल्टा नहोला? पछुतो नहोला?। यसपाली पनि यो बाहिरको छोरोलाई जिताको जिताकै हुन्छ किनकी पहिलादेखि नै बानी त गरेकै छ, नया कुरो त होइन। खाली के होला र, यसपाली पनि आफ्नै गुन्द्रुक र सिंकी खाएर् हुर्केको छोरो भने संसदमा पुग्नु नपाउने त भयो। त्यसको बदलीमा गोर्खेको राज्यको सपना त साकार भयो भने अर्को पालिदेखि त जानेकैछौ नि के गर्नु भनेर ।आफ्नु छोरो बाहेक अरु त एक नज़रले पनि हेर्दैनौ एक हेर्दैनौ दुई हेर्दैनौ"। यति सोच्नु पनि अहिलेको राजनैतिक् परिस्थितिमा नराम्रो होइन जस्तो लाग्छ।
" आ बरु यसै त भएको छैन उस्सै पनि हुँदैन, होश आफ्नैलाई दिउ एउटा भएको भोट जे हुन्छ हुन्छ। जे गर्छ राम्रै नै त गर्छ भन्ने सोचले अघि बडौ जस्तो पनि लाग्छ अर्को मनले । आफ्नो भनेको आफ्नै हो, आफ्नै छोरोले निक्कै कोसिस गर्छ जस्तो लाग्छ। दार्जीलिंगको निम्ति केही त गर्छ् नै पांच वर्ष राम्रै संग सम्हालेर केही ठोस कुरो र गर्छनै" भन्ने सोंचले भोट खसाइयो भने कमसे कम एउटा गोर्खाको त हित हुन्छ नै भन्ने पक्का छ।
सबै हेर्दा हामी गोर्खे मतदाताहरु राजनैतिक् परिस्थितिको दास भएछौ साह्रै दोधारे बनिएछौ खुल्ला मनले आफ्नो मताधिकार प्रयोग गर्न पनि नपाउने भयो। टेन्सनमा भोट लगाउन पर्ने भयो , लगाइसकेपछि पनि फेरि पश्चताप गर्नु पर्ने अर्को टेन्शन पो हुन्छकि भन्ने अर्को टेन्सन नै छ ।
जे भए पनि हुन्छ, तर यति चै पक्का हुनु पर्छ जसले जीते पनि आफ्नु इच्छा पूरा गर्दा गर्दै पुरै गोर्खे सन्तानको सपनालाई "गोर्खेको हल्ला खरानीको डल्ला" बनाउनु चाँही भएन।
जय गोर्खा ......
सुमन घिमिरे, लिङ्से, कालेबुङ्
सुमन घिमिरे, लिङ्से, कालेबुङ्
0 Response to "गोर्खालाई भोट्को टेन्सन .... टेन्सनमा थप टेन्सन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.