
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सुवास घिसिङ पहाड भित्रिए
दैनन्दिनी समाचार, कालिमन्युज, 19 मार्च 2014,कालेबुङ। शिरमा ढाका टोपी, सेतो सर्ट, घाँटीमा सुहाँउदिलो टाई अनि काखीमा सानो ब्याग बोकेर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सुवास घिसिङ आज पुरानै चिर परिचित रवाफमा दार्जीलिङ पहाड भित्रिए।
21 वर्ष दार्जीलिङ पहाडमा एकक्षत्र राज गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सुवास घिसिङ लगभग छ वर्षे बिस्थापित जीवन बिताएर अन्तत: आज दार्जीलिङ पहाड चडेका हुन।
छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँदै दार्जीलिङ पहाडमा नयाँ राजनैतिक पार्टीको रुपमा गोजमुमोको उदय भएपछि गोरामुमो अध्यक्ष सुवास घिसिङले 27 जुलाई 2008 को दिन दार्जीलिङ पहाड छोडेका थिए।
दार्जीलिङ पहाड छोडेर 5 वर्ष 7 महिना 18 दिन बिस्थापित जीवन बिताएका सुवास घिसिङ आज पुन: पुरानै रवाफमा दार्जीलिङ पहाड भित्रिएका छन। तिनको दार्जीलिङ पहाड आगमनले गोरामुमो पार्टी समर्थकहरुमा खुशीको लहर छाएको छ। धेरै दिन अघिदेखी सुवास घिसिङ दार्जीलिङ पहाड भित्रिने सम्भावना बृद्धि भएको थियो भने आज तिनले सम्पूर्ण अडकलबाजीहरुलाई बिराम लगाएका छन।
छैटौँ अनुसूचीको मुद्दाले पहाडबाट बिस्थापित बन्न परेका सुवास घिसिङको पुन: दार्जीलिङ आगमनले गोरामुमो पार्टी समर्थकहरुमा खुशीयाली छाएको छ। तिनी पहाडबाट बिस्थापित बनेपछि पहाडमा गोरामुमो पार्टीको अस्तित्व समेत संकटमा परेको थियो। गोजमुमो पार्टीले चलाएको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनले संकटग्रस्त बनेको गोरामुमो पार्टी पहाडमा गोजमुमोले जीटीए व्यवस्थालाई स्वीकार गरेपछि बिस्तारै बौरिन थालेको हो। यसैक्रममा गोजमुमोले जीटीए स्वीकार गरेर पनि घरी घरी आन्दोलन गर्दै पहाड बन्द गर्ने कार्य भएपछि आखिरमा पुन: छैटौँ अनुसूचीकै मुद्दा बोकेर गोरामुमो पार्टीको संगठन दार्जीलिङ पहाडमा बिस्तारित बन्न थालेको थियो। यस्तो अवस्थामा यसपल्ट लोकसभा चुनावको घोषणासंगै चुनाव आचार सहिता लागेपछि गोरामुमो अध्यक्ष सुवास घिसिङ पहाड भित्रिने अघिबाटै चर्चा चलेको थियो।
यस अघि पनि गोरामुमो पार्टीले छैटौँ अनुसूची सम्झौता दिवस पालन गर्दै घिसिङलाई पहाडमा ल्याउँने पार्टी समर्थकहरुले प्रयास गरे पनि तिनी पहाड भित्रिएका थिएनन। पहाडबाट बिस्थापित बनेर लगभग छ वर्षसम्म मौन बसेर दार्जीलिङ पहाडको राजनीतिमा गिद्धे नजर राख्ने सुवास घिसिङ आज पहाड भित्रिए पछि पहाडमा पुन गोरामुमो सक्रिय बन्ने सम्भावना बडेको छ। किनभने केही दिन अघिदेखी मात्रै पहाडको बिभिन्न स्थानहरुमा गोरामुमो पार्टीको संगठन गठ्न गर्ने कार्य तिब्र गतिमा भईरहेको छ।
पहाडबाट बिस्थापित बनेर यसअघि जलपाईगडीको भाडाको घरमा बस्ने सुवास घिसिङ केही महिना अघि मात्र मतिगडा स्थित भाडा घरमा स्थान्तरण भएका थिए भने यस अवधी तिनले दार्जीलिङ पहाडको राजनैतिक परिस्थिति अनि पार्टीको अवस्थाबारे आफ्ना कार्यकर्ताहरुसंग धेरै चोटी बैठक समेत गरेका थिए। यस्तो अवस्थामा आखिरमा सुवास घिसिङ आगामी लोकसभा चुनावको हावा तातिरहेको अवस्थामा दार्जीलिङ पहाड भित्रिए पछि तिनले लोकसभा चुनावबारे के घोषणा गर्ने हुन भन्ने सम्भावना समेत बृद्धि भएको छ। तिनी आज मतिगडाको भाडा घरबाट लगभग एक बजे दार्जीलिङ रवाना भए।
यस अवसरमा गोरामुमो पार्टी समर्थकहरुको पनि व्यापक उपस्थिति रहेको थियो। सेतो सर्ट, सिरमा ढाका टोपी अनि सानो ब्याग काखीमा च्याप्ने सुवास घिसिङ आज पनि उस्तै पहिरनमा सजिएर दार्जीलिङ पहाड रवाना भए। यस अवसरमा तिनलाई आगामी लोकसभा चुनावबारे गोरामुमो पार्टीले कसलाई समर्थन गर्ने हुन भनि प्रश्न गर्दा तिनले यसबारे पार्टीले निर्णय नगरेको स्पष्टीकरण दिदै अहिलेसम्म माकपा, तृणमूल कङ्ग्रेस अनि डा महेन्द्र पी लामाले समर्थन मागेको बताएका छन। यद्यपी यसबारे अंतिम निर्णय भने दार्जीलिङमा केहीदिन भित्र बैठक बसेपछि मात्र गरिने सुवास घिसिङले जानकारी दिएका छन।
“थुप्रैले सपोर्ट मागीरहेका छन। सीपीएम, तृणमूल डा महेन्द्र पी लामाले मलाई समर्थन मागीरहेका छन। यसबारे पार्टीको बैठक बसेर निर्णय गरिनेछ” सुवास घिसिङले भने।
0 Response to "गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सुवास घिसिङ पहाड भित्रिए"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.