-->
बङ्गालबाट छुट्टिने सहज उपाय दार्जीलिङ सिक्किम एकीकरण – गोरांक

बङ्गालबाट छुट्टिने सहज उपाय दार्जीलिङ सिक्किम एकीकरण – गोरांक

डी के वाइबा, कालिमन्युज, कालेबुङ 29 मार्च 2014| “यो भू भाग बङ्गालको होईन। बङ्गालका पूर्व मुख्यमन्त्री ज्योति वसुले दार्जीलिङ पहाड बङ्गालको होईन भनि श्वेत पत्र जारी गरिसकेको छ। यदि ममता ब्यानर्जीले बङ्गालकै भू भाग हो भन्छ भने श्वेत पत्र जारी गरोस। यसकारण कहिल्यै बङ्गालको नभएको भू भाग हामी सिक्किममा फर्काउँनुपर्छ भन्दैछौँ” उक्त कुरा गोर्खा राष्ट्रिय काङ्ग्रेसका सांगठनिक सचिव प्रमस्कार् ब्लोनले भनेका हुन। 
आगामी लोकसभा चुनावमा बिजय हासिल गर्न अहिलेघरी चुनावी मैदानमा ओर्लिएका राजनैतिक दलहरुले आफ्नो चुनावी कसरत दिन दिनै अघि बडाईरहेको छ। यसैक्रममा दार्जीलिङ सिक्किम एकीकरणको मुद्दालाई मूल मुद्दा बनाएको गोर्खा राष्ट्रिय काङ्ग्रेसले पनि आफ्नो चुनाव प्रचार अभियानलाई अघि बडाईरहेको छ। दार्जीलिङ पहाडका जनताले दिर्घ दिन देखी छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै आईरहेको अवस्थामा बङगालबाट छुट्टिन सक्ने एकमात्र सरल अनि सहज माध्यम दार्जीलिङ सिक्किम एकीकरण हो भन्दै गोर्खा राष्ट्रिय कङ्ग्रेस चुनाव प्रचारमा लागी परेको छ। 
यसैक्रममा आज कालेबुङ आईपुगेका गोर्खा राष्ट्रिय काङ्ग्रेसका संगठनिक सचिव प्रमस्कार ब्लोनले अहिलेघरी चुनावमा गोर्खाल्याण्ड पन्थि, बिकास पन्थि अनि एकीकरण चाहनेहरु मैदानमा रहेको बताउँदै बिगतका दिनहरुमा गोर्खाल्याण्डको नाउँमा धेरै भोट जितेर गए पनि अहिलेसम्म केही हुन नसकेकै कारण आखिरमा आफूहरु एकीकरणको मुद्दा लिएर जनताको साथ माग्न आएको बताएका छन। 
“यहाँ गोर्खाल्याण्ड माग्ने, बिकास भन्ने अनि हामी सिक्किम दार्जीलिङ एकिकरण भनेर चुनावमा उत्रिएका छौँ। दार्जीलिङ सिक्किम एकिकरण मात्र बङ्गालबाट छुट्टिने सहज अनि सरल उपाय हो” तिनले भने। 
तिनले यसपालीको चुनावलाई नयाँ मुद्दा दिएको बताउँदै चुनाव पछि पनि पार्टीले यसबारे धेरै कार्य गर्ने बताएका छन। “केन्द्रले चाहेको खण्डमा सबै कार्य सम्भव छ। सिक्किमको भूभाग पुन: फर्काईदेऊ भनेर हामी सरकारलाई दबाव दिन चाहन्छौँ। यदि यस भूभाग सिक्किममा गाभिए गोर्खाल्याण्ड गठन पनि सम्भव छ। यसको निम्ति आन्दोलनको आवश्यकता पर्दैन। हामी एउटै जाति घर भित्रै सल्लाह गरेर गोर्खाल्याण्ड राज्य बनाउँन सक्छौँ” प्रमस्कार ब्लोनले अझ भने।

Related Posts

0 Response to "बङ्गालबाट छुट्टिने सहज उपाय दार्जीलिङ सिक्किम एकीकरण – गोरांक"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.