
भ्रष्टचार बिरुद्ध क्रामाकपाले अभियान चलाउँने
डी के वाइबा, कालिमन्युज, कालेबुङ 22 फरवरी 2014। दार्जीलिङ पहाडमा भईरहेको भ्रष्टचार बिरुद्ध क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले अभियान चलाउँने भएको छ। क्रामाकपा कालेबुङ आञ्चलिक समितिको आज यहाँको पार्टी कार्यलयमा एक बैठक बसेर भ्रष्टचार बिरोधी अभियान चलाउँने निर्णय लिईएको छ। यस अवसरमा उक्त बैठकमा प्रमुख रुपले क्रामाकपा केन्द्रिय उपाध्यक्ष जे बी राईको बिशेष उपस्थिति रहेको थियो।
बैठकमा छुट्टै राज्य गोर्खाल्याण्डको मागमा अस्सीको दशकदेखी आन्दोलन शुरु भए पछि पहाडका जनतालाई केन्द्र अनि राज्य सरकारले बिभिन्न अधिकारहरुबाट बञ्जित राखेको सन्दर्भमा पनि चर्चा गरियो। यसक्रममा पहाडवासी रोजगारको अवसरबाट बञ्चित बन्न परिरहेको बर्तमान अवस्था माथी पनि चर्चा परिचर्चा गरियो। सोही क्रममा उक्त बैठकमा गोरामुमो पार्टीको समय अवधी भएको भ्रष्टचारको हर हिसाब खोज्दै बिभिन्न कार्यलयहरुबाट सरकारी फाईलहरु जमा गर्ने गोर्खा जनमुक्ति मोर्चाले उक्त सरकारी फाईलहरु कहाँ पुर्याएको छ अनि यसको हरहिसाब कता पुर्याएको छ भन्ने बिषयमा पनि चर्चासंगै यस बिषयमा पनि खोजी अभियान गर्ने निर्णय गरिएको छ।
यसका साथै दार्जीलिङ पहाडमा गोजमुमो पार्टीले बिभिन्न सरकारी योजनाहरुमा व्यापक भ्रष्टचार गरिरहेको अनि मोर्चाले गरेको भ्रष्टचारलाई पनि जनताको अघि सार्बजनिक गर्न क्रामाकपाले अभियान चलाउँने निर्णय गरेको छ। पहाडका शिक्षित बेरोजगारहरु बारम्बार सरकारी रोजगारको अवसरबाट बञ्चित बनिरहेको अनि यस सन्दर्भमा पहाडका सत्तासिन राजनैतिक दल गोजमुमो पार्टीले समेत केही नगरेको आरोप लगाउँदै आगमी दिनमा आवश्यक परे क्रामाकपाले लालकोठी घेराऊ गर्ने समेत क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्यालले बताएका छन। “
पश्चिम बङ्गाल सरकारले बिभिन्न बिभागहरुमा दार्जीलिङ पहाड बाहेक सिलगडीसम्म भर्ना गरिरहेको छ। यता पहाडका तीन महकुमाका शिक्षित बेरोजगारहरु भने रोजगारको अवसरबाट बञ्चित छन। यस बिषयमा बिकासको राग अलाप्ने गोजमुमो समेत मौन बस्नु दुर्भाग्यजनक हो” मोहन पौड्यालले भने।
तिनले केही दिन अघि मात्र स्कूल सर्भिस कमिसनको फारम समतलको बिभिन्न पोष्ट अफिसहरुमा वितरण हुँदा यता पहाडको महकुमा स्तरिय पोष्ट अफिसहरु उपलब्ध नहुनु अन्याय हो भन्दै सबैलाई समान व्यवहार गर्नुपर्ने माग गरे। “
राज्य सरकारले पहाडवासीलाई ठग्ने कार्य गर्दैछ” तिनले भने। पहाडमा रोजगारको अवसर प्रदान गर्न पहाडका सत्तासिन राजनैतिक पार्टीले उचित पहल गर्नु पर्ने माग गर्दै आगमी दिनमा आवश्यक परे लालकोठी घेराऊ गर्ने बताए। तिनले बातचितको क्रममा गोजमुमोले गोर्खाल्याण्ड आन्दोलनको नाउँमा पहाडका जनतालाई बिजुलीको बिल नतिर्नु फरमान जारी गरे पनि यता अहिलेघरी सरकारले भने बिजुलीको बिल माफी नगर्दा समेत पार्टीले आफ्नो जिम्मेवारी बहन नगरेको आरोप लगाए।
“जनताले आफूखुशी बिल नतिरेका होईनन। पार्टीले नतिर्नु भनेको कारण जनताले साथ दिदै बिलहरु नतिरेको हो। आज बिल तिर्नुपर्ने नोटीस आउँदा पार्टी किन बोल्दैन ? यो मोर्चाले समस्याको समाधान गर्न सम्पूर्ण जनताको बिल तिर्नुपर्छ” मोहन पौड्यालले भने। यसैक्रममा क्रामाकपा कालेबुङ टाउन समितिका सयोजक सुधन प्रधानले गोजमुमोले गोरामुमो पार्टीले घोटाला गर्यो भन्दै सरकारी फाईलहरु कहाँ पुर्य़ाएको छ भनि प्रश्न तेर्साए।
0 Response to "भ्रष्टचार बिरुद्ध क्रामाकपाले अभियान चलाउँने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.