-->
फर्जी खुफिया बिभागका अधिकारी कालेबुङमा पक्राऊ

फर्जी खुफिया बिभागका अधिकारी कालेबुङमा पक्राऊ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 फरवरी 2014। आफैलाई केन्द्र सरकारको खुफिया बिभागको अधिकारी बताउँने अनि खुफिया बिभागको परिचय पत्र बोकेर हिड्ने कोलकोता हावडा निवासी अभिजित बेरा कालेबुङ पुलिसको हातमा परेको छ। तिनलाई कालेबुङ पुलिसले यहाँको सात माईल क्षेत्रबाट पक्राऊ गरेको हो। पक्रा परेका अभिजित बेरालाई आज यहाँको एडिसनल चिफ जुडेसियल म्याजिस्ट्रेट अघि पेश गरियो। तिनी बिरुद्ध भारतीय दण्ड सहिताको धारा 447, 354 अनि 506 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जानकारी अनुसार कोलकोता हावडा निवासी अभिजित बेराको कालेबुङ निवासी सिवानी संग असमको एक कार्यक्रममा भेट भएको थियो। 
कालेबुङ निवासी सिवानी असममा अध्ययनको क्रममा एक सेमिनारमा भाग लिन असम पुगेकी थिईन भने त्यसै समय तिनको परिचय अभिजित बेरा संग भएको थियो। वर्ष 2013 को अक्टोबर – नोभेम्बर महिनामा भएको दुईजनाको परिचय दिन दिनै घनिष्ट बन्दै गएको थियो। उक्त भेटघाटमा एका अर्काबिच परिचयको आदन प्रदान संगै अभिजित बेराले सिवानीको मोबाईल नम्बर मागेर लगेका थिए भने त्यसै समय देखि तिनले फोन मार्फत मित्रताको सम्बन्धलाई अघि बडाउँन थालेको पिडीताले बताएकी छिन। यसरी दिन दिनै एकार्कको मित्रताको सम्बन्ध अघि बडदै गए पछि पुलिसको पञ्जामा परेका अभिजित मुखर्जीले प्रेम प्रस्ताव राख्दै विवाह गर्ने प्रस्ताव समेत अघि बडाए। 
आफैलाई केन्द्र सरकारको खुफिया बिभागको अधिकारी बताउँदै बेराले खुबै चलाकी पूर्ण पिडीता सिवानीलाई प्रेम जालमा फसाए पछि कतिपय कुराकानीको क्रममा भनावैरी भए आत्माहत्या गर्ने धम्कि दिने गरेको पनि पिडीताले बताएकी छिन। एउटा सेमिनारमा भएको भेटघाटको क्रम आखिरम प्रेम प्रसंग सम्म पुगे पछि आरोपी अभिजित आखिरमा सिवानीलाई भेटन कलेबुङ सम्म आईपुगेका थिए। 
कतिपय कारणवस लगभग महिना दिन भन्दा अधिक समयसम्म दुवै बिच कुनै सम्पर्क हुन सकेको थिएन भने यस अवधी तिनले सिवानीलाई भेटने नयाँ तरिका अप्नाएको थियो। यसक्रममा आरोपी अभिजितले सिवानीको पासपोर्ट बनिन लागेको अनि यसको निम्ति एउटा फारममा सही गर्नुपर्ने अन्तिम तारिक आएको बताएउँदै यसको निम्ति कालेबुङ आफै कागजपत्र लिएर आईरहेको अनि भेटने स्थान समेत लेखेर पठाएको थियो। भाग्यवस उक्त मेसेज भने सिवानीले नपाएर तिनका परिवार पक्षलाई प्राप्त भएको कारण नै आखिरमा आरोपी अभिजित पुलिसको हातमा परेको छ। सिवानीलाई मेसेज पठाएर निर्धक्क आफैले भनेको स्थानमा तिनी भेट आए पनि त्यहाँ सिवानीलाई नभेटेपछि आखिरमा तिनी पिडीताको घरमा नै पुगेको थियो। 
यसै अवधी तिनलाई परिवार पक्षले पक्रेर कालेबुङ पुलिसको हातपा सुम्पिदिएको छ। यता पुलिसले तिनलाई पक्राऊ गरेपछि तिनको ल्यापटप, एउटा ट्याब, बिभिन्न कम्पनीहरुका सिम कार्डहरु उद्धार गरेको छ भने यसभन्दा पनि महत्वपूर्ण पुलिसले केन्द्रिय खुफिया बिभागको परिचय पत्र समेत उद्धार गरेको छ। 
प्राप्त जानकारी अनुसार तिनको ल्यापटप अनि मोबाईल फोनमा एकाधिक युवतीहरुको अश्लिल फोटोहरु अनि सम्पर्क नम्बरहरु रहेको छ। यसलाई लिएर पुलिसले आफ्नो जाँच अभियान तिब्र पारेको छ भने तिनको सम्पर्क कतै नारी तस्करीहरुसंग छैन भन्ने शंका पनि पुलिसले गरेको छ। किन भने तिनको मोबाईलमा एकाधिक युवतीहरुको मात्र सम्पर्क नम्बरसंगै एकाधिक सम्पर्क गर्ने बिभिन्न सम्पर्कको निम्ति बेग्ला बेग्लै कम्पनीका सिम कार्डहरु फेला परेको कारण पनि तिनको नारी तस्करीहरु संग सम्पर्क हुनसक्ने शंका बडेको छ। 
यस सम्बन्धमा बोल्दै पिडीताकी मामाले यसभन्दा अघि आरोपी युवक अभिजित बेराले फोन मार्फत कहिले आफैलाई दैनिक अङ्ग्रेजी समाचार पत्र टेलीग्राफको एसोसिएट सम्पादकको रुपमा परिचय दिने अनि कहिले महाविद्यालयका प्राध्यपकको रुपमा परिचय दिदै फोन गर्ने गरेको जानकारी दिएका छन। 
आफ्ना भाञ्जिले पासपोर्टको निम्ति कहिल्यै आवेदन नगरेको अवस्थामा तिनले यसरी अचानक पासपोर्टको फारममा सही गर्नुपर्ने मोबाईलमा मेसेज पठाएको जानकारी गराउँदै उक्त युवकले फर्जी पासपोर्टको गैरकानुकी धन्धा चलाउँने सक्ने आशंका व्यक्त गरे। यस बिषयमा पुलिस प्रशासनले आवश्यक पहल गरेर छानबिन गर्नुपर्ने माग गर्दै केन्द्र सरकारको खुफिया बिभागको फर्जी परिचय पत्र बोकेर हिड्ने यस्ता व्यक्तिहरु देशकै निम्ति घातक हुनसक्ने तिनले बताएका छन। आरोपित अभिजित बेरालाई आज न्यायलयमा पेश गरेपछि 14 दिनको न्यायिक हिरासतमा पठाईएको छ।

Related Posts

0 Response to "फर्जी खुफिया बिभागका अधिकारी कालेबुङमा पक्राऊ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.