काल्चिनीमा गोर्खा सांस्कृतिक उत्सव एंव प्रदर्शनी सम्पन्न
गोक्षेप्र प्रमुख कार्यकारी एव गोजमुमो अध्यक्ष बिमल गुरुङ काल्चिनीमा सास्कृतिक उत्सवलाई सम्बोधन गर्दै |
गत हप्ताह शुक्रवारदेखि आरम्भ भएको तिन दिवशीय गोर्खा सांस्कृतिक उत्सव एंव प्रदर्शनी आज भब्य रुपले समापन भयो जसमा गुरुङ पनि उपस्थित थिए।
यो गोर्खा सांस्कृतिक उत्सव एंव प्रदर्शनी काल्चिनी ब्लक गोर्खा जनमुक्ती मोर्चाद्वारा जलपाइगुडी जिल्लाको काल्चिनी खेल मैदानमा आयोजित गरिएको थियो। यसको उद्घाटन गोक्षेप्र सभासद आसा गुरुंगको बाहुलीबाट भएको थियो भने आज यसको समापनमा गोक्षेप्रका प्रमुख कार्यकारी बिमल गुरूङ लगायत अन्य गोजमुमो नेताहरु उपस्थित थिए।
गोजमुमो अध्यक्षद्वारा खाध्य सामग्री वितरण |
प्रदर्शनीमा गोजमुमो महासचिव रोशन गिरी सभासद आर बि भूजेल, ज्योतिकुमार राई आदि पनि उपस्थित थिए । गोर्खा सांस्कृतिक उत्सव एंव प्रदर्शनीको अवधि कालचिनि ब्लक् काग्रेस पार्टीका जिल्ला परिषद सदस्य मोहन शर्मा झारखण्ड मुक्ति मोर्चाको डुवर्सका प्रमुख नेता जोन बारला आदि पनि अन्य दिनमा उपस्थित थिए । जयगांव एक एंव दुइ जीपि दलसिगपाड़ा, कुमारग्राम, कालचिनि, मलांगी, गंगोटीया चिनचुलाका जनता पनि मेलामा देखिए ।
आयोजक कमिटिको संचालन कमिटिका मूल सचिव सुरज रोकाले बताए कि गोर्खा सांस्कृतिक उत्सव एंव प्रदर्शनी मेला आयोजनको प्रमुख उद्धेस्य गोर्खा जातीको सस्कृति संरक्षण गर्न र नव युवा युवतीमाझ जातीय प्रेम, पारम्परीक सांस्कृतिक रहन सहन लगायत जातीय पोशाकबारे अवगत गराउनु हो ।
प्रदर्शनीमा उपस्थित कालचिनि ब्लकका जिल्ला परिषद सदस्य मोहन शर्माले बताए कि यस गोर्खा मेला 24 साल पछि पुन आयोजित भएको हो जो आवस्यक थियो भन्दै यस कार्यक्रमको सराहना गरे।
मोहन शर्मा र जोहन बार्ला |
यता डुवर्स भ्रमणको समय गोक्षेप्र प्रमुख कार्यकारी एव गोजमुमो अध्यक्ष गुरुङले गत 15 जनवरीदेखि बन्द भएको तोर्षा चिया बगानको भ्रमण गरेर त्यहाका बगानबासीहरुलाई खाध्य सामग्री वितरण गरे। आजनै तिनले जयगाउ 1 नम्बर पंचायतको पार्टी कार्यालयको पनि उदघाटन गरे। यसैबीच पार्टीले डुवर्सको तिनै क्षेत्र पूर्व, पश्चिम र मध्य डुवर्सको निम्ति आनन्द विश्वकर्मलाई प्रमुख समंवयक चुनेको र अति शिघ्र तिनको नियुक्ती सार्वजनिक गरिने बताइएकोछ। (फोटो: राजेश शर्मा)
0 Response to "काल्चिनीमा गोर्खा सांस्कृतिक उत्सव एंव प्रदर्शनी सम्पन्न"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.