-->
राष्ट्रपिता महात्मा गान्धीको पुण्य तिथी पालन....... तृणमूल कङ्ग्रेसमा जानेहरु पुन: गोजमुमोमा....ग्यास बितरक अझ थपियो कालेबुङमा

राष्ट्रपिता महात्मा गान्धीको पुण्य तिथी पालन....... तृणमूल कङ्ग्रेसमा जानेहरु पुन: गोजमुमोमा....ग्यास बितरक अझ थपियो कालेबुङमा

राष्ट्रपिता महात्मा गान्धीको पुण्य तिथी पालन
डीकेवाइबा, कालिमन्युज, कालेबुङ 30 जनवरी। सूचना एंव सांस्कृतिक बिभाग कालेबुङको आयोजनामा आज राष्ट्रपिता महात्म गान्धीको पुण्यतिथी एंव शहिद दिवस पालन गरियो। यहाँको टाउन हलको सभागृहमा आयोजित उक्त कार्यक्रममा मुख्य अतिथिका रुपममा डिपुटी म्याजिस्ट्रेट पी एल रोङगोंग उपस्थित रहेका थिए। यस अवसरमा कार्यक्रमको अध्यक्षता बीटी कलेजका पूर्व प्राचार्य बी आर छेत्रीले गरेका थिए भने योगबिर शाक्य, बी बी शर्मा, जे के पराजुली लगायत बिभिन्न संघ संस्थामा प्रतिनिधीवर्गको उपस्थिति रहेको थियो।
राष्ट्रपिता महात्मा गान्धीलाई आजको दिनमा नाथुराम गोट्सेले गोली ठोकेर हत्या गरेको अवसरमा प्रत्येक वर्ष पालन गरिने यस पुण्यतिथी एंव शहिद दिवस कार्यक्रममा पहिला मौन धारण गरिएको थियो। यस क्रममा मुख्य अतिथि एंव अन्य अतिथिवर्गले दिप बालेर सर्वधर्मको प्रार्थना गरे। उक्त सर्व धर्म प्रार्थनामा विश्व शान्तिको कामना गर्दै हिन्दु, बौध, खिष्ट्रिय, मुश्लिम धर्मका धार्मिक ग्रन्थ पाठ गरेर प्रार्थना गरिएको थियो भने यस अवसरमा महात्मा गान्धीको अवदान माथी वक्ताहरुले जानकारी गराए।
तृणमूल कङ्ग्रेसमा जानेहरु पुन: गोजमुमोमा
डीकेवाइबा, कालिमन्युज, कालेबुङ 30 जनवरी। गोर्खा जनमुक्ति मोर्चा पार्टी त्यागेर तृणमूल काङ्ग्रेसमा सामेल भएकाहरु पुन तृणमूल कङ्ग्रेस त्यागेर मोर्चामा सामेल भएका छन। यहाँको 34 नम्बर समष्टि अन्तर्गत डा ग्राह्म होम्स सी ब्लकका 30 घर भन्दा धेर सदस्यहरु केही महिना अघि मात्र गोजमुमो छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका थिए। रोजगारको सुनौलो सपना सजाएर तृणमूल कङ्ग्रेसमा गएकाहरु आज पुन: गोजमुमो पार्टीमा फर्कि आएका छन। उनीहरु आज यहाँको गोजमुमो पार्टी कार्यलयमा आएर मोर्चाको झण्डा ग्रहण गर्दै तृणमूल पार्टी त्यागेको घोषणा गरेका छन। यस क्रममा पुन: मोर्चा फर्कि आएकाहरुलाई युवा मोर्चा प्रवक्ता बालकृष्ण थापाले पार्टीको झण्डा प्रदान गरेर हार्दिक स्वागत जनाए। यसक्रममा तृणमूल कङ्ग्रेस छोडेर मोर्चामा सामेल भएका छिरीङ तामाङले पहाडमा गोजमुमो पार्टीले नै उन्नती गर्न सक्ने भएको कारण आफुहरु पुन: तृणमूल त्यागेर मोर्चामा फर्किएको बताएका छन।
ग्यास बितरक अझ थपियो कालेबुङमा
डीकेवाइबा, कालिमन्युज, कालेबुङ 30 जनवरी। कालेबुङ क्षेत्रमा घरेलु ग्यास सिलिण्डर बितरक अझ एउटा थपिएको छ। यस अघि यहाँ रिन्छेन अनि डेविड ग्यास सिलिण्डर बितरक मात्र थिए भने आज देखी सिन्देबुङ ग्रामिण एलपीजी बितरक थपिएको छ। उक्त ग्यास बितरकको आज यहाँको अल्बर्ट भिल्लामा सभासद कल्पना तामाङले कार्यलयको औपचारिक उद्घाटन गरे भने यसको सेवा पनि आज देखिनै शुरु भएको छ। यस अवसरमा उक्त ग्यास बितरकको कार्यलय उद्घाटनमा डेपुटी म्याजिस्ट्रेट बार्देन छिरिङ लेप्चा पनि बिशेष रुपले उपस्थित रहेका थिए। यस अवसरमा ग्यास बितरकका मालिक अरुण तामाङले क्षेत्रमा यसरी घरेलु ग्यास बितरक खोलिएको कारण स्थानिय मानिसहरुले घरेलु ग्यासको सुबिधा लिन सक्ने बताएका छन।
शिशु सशक्तिकरण कार्यक्रम सम्पन्न
कालेबुङ 30 जनवरी। एडीपी हिमालय वल्ड भिजनको आयोजनामा सम्पन्न भईरहेको शिशु शशक्तिकरण कार्यक्रमको आज समापन भयो। यहाँको रामकृष्ण रङगमञ्चमा आयोजित उक्त कार्यक्रममा बिभिन्न स्थानहरुबाट 6 सय भन्दा अधिक स साना बिद्यार्थीवर्गले भाग लिएका थिए। प्रत्येक वर्ष पालन गरिने उक्त कार्यक्रममा नानीहरुको मानसिक बिकास कसरी गर्न सकिन्छ अनि उनीहरुको मष्तिस्क बिकासमा कस्तो आवश्यक्ता पर्छ भन्ने उदेश्यले नै विविध कार्यक्रमहरु गरिएको थियो। यता उक्त कार्यक्रमबारे एडीपी हिमालय वर्ल्ड भिजनका सयोजक एंड्रु सुब्बाले जानकारी दिएका छन।

Related Posts

0 Response to "राष्ट्रपिता महात्मा गान्धीको पुण्य तिथी पालन....... तृणमूल कङ्ग्रेसमा जानेहरु पुन: गोजमुमोमा....ग्यास बितरक अझ थपियो कालेबुङमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.