-->
सरकारले दिने बृद्ध भत्ता ग्रामिण क्षेत्रका बृद्धहरुले नपाएको खुलासा

सरकारले दिने बृद्ध भत्ता ग्रामिण क्षेत्रका बृद्धहरुले नपाएको खुलासा


डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 जनवरी। “सरकारले बृद्ध भत्ता दिने कुरा सुनेपछि पञ्चातय कार्यलय गएर धेरै चोटी कागजपत्र बुझाईसकेको छु। एक चोटी त पासफोटो पनि खिच्न लगाएर लगेको छ। तर खै यो बृद्ध भत्ता भन्ने केही पाएको छुईँन” – उक्त व्यथा हो कालेबुङ खण्ड दुई अधिनस्थ पैयुँ ग्राम पञ्चायत, मंगर गाउँ निवासी 87 बर्षिय भानुभक्त मंगरको। 

उक्त गाउँमा तिनी मात्र बृद्धा भत्ता नपाउँने व्यक्ति होईनन तर तिनी संगै अन्य तीनजना बृद्धा भत्ता पाउँने अपेक्षामा बाँचीरहेका छन। यसरी एउटै गाउँका चारजना वृद्ध व्यक्तिहरुले सरकारी भत्ता नपाएको गुनासोले सरकारी सहुलियत गाउँमा कतिसम्म वितरण भईरहेको छ भन्ने बिभागको पोल खोलेको छ। यसको साथै सरकारले बृद्ध व्यक्तिहरुलाई आर्थिक सहयोग प्रदान गर्न बृद्ध भत्ता दिने गरे पनि दार्जीलिङ पहाडका ग्रामीण क्षेत्रमा बसोवास गर्ने बृद्ध व्यक्तिहरुले भने अहिलेसम्म सरकारी भत्ता नपाएको स्पष्ट बनेको छ। 

ग्रामीण क्षेत्रमा पञ्चायत मार्फत बितरण गरिने उक्त बृद्ध भत्ताको सुबिधाबाट बञ्चित रहेका यस्ता बृद्धाहरु कत्ति छन भन्ने हिसाब कसैलाई थाह छैन। सरकारले दिने बृद्ध भत्ता पाउँने बुढो आशा साँचेका व्यक्तिहरु पञ्चायत कार्यलय जान्छन अनि सरकारी सहुलियत प्राप्त हुने सुनौलो सपना सजाएर आवश्यक कागज पत्र र फोटो बुझाएर फर्कंछन। 

सरकारले दिने भनिएको बृद्ध भत्ता पाउँने आशाहरु मरेर जान्छ तर आजसम्म सरकारी भत्ता भने बृद्ध व्यक्तिहरुले पाएका छैनन। सरकारले दिने बृद्ध भत्ता पाउँने आशा साँचेर भत्ता नपाएका 87 बर्षिय भानुभक्त मंगर संगै 65 बर्षिय गंगामाया मंगर, 70 बर्षिय मनमाया मंगर अनि 70 बर्षिय गंगामाया प्रधानको व्यथा हो यो। 

सरकारले दिने भनिएको बृद्ध भत्ता पाउँने आशा साँचेका उक्त चार व्यक्तिहरुले आज सम्म यस्ता कुनै बृद्ध भत्ताको सहुलियत नपाएको गुनासो प्रकाशमा त्यतिबेला आएको हो जतिबेला क्षेत्रका सभासद कल्पना तामाङ ग्रामीण क्षेत्रका मानिसहरुको समस्या बुझ्न गाउँमा गएका थिए। 

क्षेत्रका सभासद कल्पना तामाङ यसरी जनताको समस्या बुझ्न गाउँमा आएको समयमा नै उक्त बृद्ध व्यक्तिहरुले आजसम्म सरकारले दिने बृद्ध भत्ता आफूहरुले पञ्चायतबाट नपएको गुनासो पोखे। यसक्रममा पञ्चायत मार्फत ग्रामिण क्षेत्रमा प्रदान गरिने बृद्ध भत्ताको निम्ति 87 बर्षिय भानुभक्त मंगरले धेरैचोटी पञ्चायत कार्यलय धाएर आवश्यक कागज पत्र संगै पास फोटो समेत बुझाए पनि पञ्चायत कार्यलयबाट भने अझसम्म बृद्ध भत्ता नपाएको गुनासो पोखेका छन। 

“गाउँकै एकजना पञ्चायत कार्यलयमा काम गर्ने व्यक्ति छन। तिनलाई यसबारे सोद्धा आएकै छैन मात्र भन्छन”  तिनले अझ भने। “बाजेले पाउँदैन यो भत्ता भनेर पनि भन्यो मलाई। किन भनेर प्रश्न गर्दा काम भएकाहरुलाई होईन भनेर पञ्चायत कार्यलयबाट भन्यो। मेरो छोराको नोकरी भएको कारण नपाएको हो कि त्यो चैँ मलाई थाहै छैन” भानुभक्त मंगरले अझ भने। 

यता सोही गाउँकै 70 बर्षिय गंगामाया प्रधानको गुनासो पनि उस्तै रहेको छ। “सरकारले बृद्ध भत्ता दिने योजना छ भन्ने थाह पाएँ पछि पञ्चायत कार्यलय धाएर सबै कागजपत्र बुझाए। धेरैचोटी कागजपत्र बुझाएर पनि भत्ता भने पाएको छैन” गंगामाया प्रधानले भनिन। 
ठिक त्यस्तै गुनासो 70 बर्षिय मनमाया मंगरको पनि रहेको छ। तिनले पनि बृद्ध भत्ता पाउँने सुनौलो सपना सजाएर पञ्चायत कार्यलय धाएर कागज पत्र बुझाएकी थिईन। तर पञ्चायत कार्यलबाट भने कोटा पुगेकै छैन भन्ने कुरा बताएर तिनलाई रित्तो हात फर्काएको गुनासो प्रकट गरेकी छिन। “पञ्चायत कार्यलयमा पैसा आयो भनेर सोद्धा कोटा पुगेकै छैन भन्छन। अझै पर्खनु पर्छ भन्ने गरेको छ। खै अब कहिले पाउँनेहुन यो भत्ता ?” मनमाया मंगरले सुस्केरा तान्दै भनिन।

Related Posts

0 Response to "सरकारले दिने बृद्ध भत्ता ग्रामिण क्षेत्रका बृद्धहरुले नपाएको खुलासा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.