-->
सभासद निमा तामङको कालेबुङमा भव्य स्वागत.....गोर्खाल्याण्ड आन्दोलनमा जनताको सहयोग सराहनीय़ छ – निमा तामाङ

सभासद निमा तामङको कालेबुङमा भव्य स्वागत.....गोर्खाल्याण्ड आन्दोलनमा जनताको सहयोग सराहनीय़ छ – निमा तामाङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 जनवरी 2014। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँने क्रममा 14 अगष्ट 2013 को मध्य राती पुलिसको पञ्जामा परेका युवा सभासद निमा तामाङ जमानीमा छुटेपछि आज कालेबुङ आईपुगे। तिनलाई दार्जीलिङ जिल्ला न्यायलयले बिहिबार जमानत दिएको थियो भने आज तिनी सिलगडी जेलबाट छुटेर कालेबुङ आईपुगेका हुन। 
सभासद तामाङको जमानत न्यायलयले स्वीकार गरेको खबर प्राप्त पछि पार्टी समर्थकहरुमा खुशीयालीको लहर छाएको थियो। यसक्रममा तिनी आज जेलबाट मुक्त भएर कालेबुङ आए पछि तिनको स्वागतमा पार्टी समर्थकहरु धेरै मात्रमा भेला भएका थिए। 
तिनलाई कालेबुङका पार्टी समर्थकहरुले यहाँको नोभेल्टि परिसरबाट नाराबाजी गर्दै खदा अर्पण गरेर स्वागत गरेको थिए भने तिनको आगमनमा आज शहरमा अघोषित जुलुस नै सम्पन्न भयो। 
पुलिसको पञ्जामा परेर जेल बसी ठिक चार महिना 15 दिनमा छुटेका सभासद तामाङको कालेबुङ आगमनलाई केन्द्र गरेर स्वागतमा जुटेका मोर्चा समर्थकहरुले ‘निमा तामाङ जिन्दावाद’को नारा लगाउँदै नोभ्लेटि परिसर देखि एउटा अघोषित जुलुस निकालेर शहर परिक्रमा गरेको थियो। उक्त स्वागत जुलुसले शहर परिक्रममा गरिसके पछि यहाँको डम्बर चौकमा पार्टी समर्थकहरुले जोडदार पटेका पड्काएर सभासद तामाङको आगमनमा खुशीयाली मनाए। 
सभासद तामाङको स्वागतमा आज पार्टी समर्थकहरुले जसरी खुशीयाली मनाएको देखियो त्यस्तो खुशीयाली आजसम्म पक्रा परेका सभासदहरु जेलबाट छुटेको समय देखिएको थिएन। न त यस अघि पक्रा परेका सभासदहरु जेलबाट छुटेका समय पार्टी समर्थकहरु समेत स्वागतका निम्ति सडकमा भिडको साथ उत्रिएको नै थियो। साँढे पाँच महिना जेल बसेर छुटेका सभासद तामाङलाई लिएर मोर्चा समर्थकहरुले शहरमा अघोषित जुलुस निकाले पछि उक्त जुलुस पार्टी कार्यलयमा पुगेर समापन भएको थियो। 
यसक्रममा जेलबाट छुटेर गोजमुमो कालेबुङ महकुमा कार्यलय पुगेका तामाङलाई पार्टी कार्यलयमा पनि जोडदार स्वागत गरियो। उक्त स्वागत कार्यक्रममा बिभिन्न समष्टिका समासद लगायत केन्द्रिय नेताहरुको पनि उपस्थिति रहेको थियो। यसरी साँढे पाँच महिना जेल बसेर छुटेका सभासद तामाङले पार्टी कार्यलयमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै जेलमा बिताएका क्षणहरु बारे बताउँदै आफू माटो र जातिको निम्ति जेल बसेको बताए। 
“म कुनै अपराधी होईन। मैले कुनै अपराध गरेर जेल बसेको होईन। मैले त हाम्रो जाति र माटोको उत्थानको निम्ति जेल बसेको हूँ। आज आफ्नो जाति र माटोको निम्ति जेल बस्न पाएकोमा म आफै गर्व गर्छु” सभासद निमा तामाङले भने। 
स्मरण रहोस सभासद निमा तामाङलाई गोजमुमो पार्टीले चलाएको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन कालमा सरकारी सम्पति जलाएको, राष्ट्रिय राजमार्ग बन्द गरेको आदि मुद्दाहरुमा पुलिसले पक्राऊ गरेको थियो। गोजमुमो अध्यक्ष बिमल गुरुङले तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँदै जीटीएबाट राजीनामा दिए पछि राज्य सरकारसंग सम्बन्ध बिग्रिएकै कारण तिनी पुलिसको पञ्जामा परेका थिए। यस क्रममा पुलिसले बिभिन्न स्थानहरुको मुद्दा तिनीमाथी थप्ने कार्य भएको कारण आजसम्म जमानत प्राप्त हुन सकेको थिएन। 
आखिरमा पुन: मोर्चा जीटीएमा फर्किए पछि सभासद तामाङ पनि छुटेका छन। तिनी जेलमुक्त भए पछि कालेबुङमा मोर्चाको युवा जमातमा बिशेष उर्जा देखा परेको छ। 

गोर्खाल्याण्ड आन्दोलनमा जनताको सहयोग सराहनीय़ छ – निमा तामाङ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 जनवरी 2014। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँदै जीटीए चिफ पदबाट राजीनामा दिए पछि जनताले दिएको साथलाई जीटीएको चौकिमा फर्किए पछि नेताहरुले बिर्सिएका छन। 
छुट्टै राज्य प्राप्तिको निम्ति जनताले गरेको आत्मदाह, पार्टीलाई आन्दोलनलाई अघि बडाउँन गाउँ गाउँबाट संग्रह गरेर फाईटिङ फण्ड बुझाएको अहिले सबै नेताहरुले बिर्सिएका छन। आन्दोललाई चरम स्तरमा पुर्‍य़ाउँन जनताले दिएको साथ भुलेकै कारण अहिलेघरी नेताहरुले निर्धक्क ‘जनताले गोर्खाल्याण्ड होईन बिकास चाहेको कारण हामी जीटीएमा फर्किएका हौँ’ भनिरहेका छन। 
यसको साथै कतिपय नेताहरुले त झनै जनताले गोर्खाल्याण्डको निम्ति लडेन भन्ने वक्तव्यहरु समेत दिने गरेको छ। यसैक्रममा आज पाँच महिना जेलबन्दि बनेर कालेबुङ फर्किएका युवा सभासद निमा तामाङलाई प्रश्न गर्दा तिनले जनताले दिएको साथलाई स्वीकार गरे। 
“छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति जनताले दिएको साथ सराहनिय छन। आन्दोलनलाई आज जनताले साथ दिएन भन्ने मिल्दैन। मंगल सिह राजपुतको बलिदान आन्दोलनलाई दिएको जनताको सहयोगकै एउटा महत्वपूर्ण उदाहरण हो” सभासद निमा तामाङले एक प्रश्नको उत्तर दिदै भने। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई मोर्चाले नत्यागेको बताउँदै जीटीएको सम्झौता पत्रमा उल्लेख गोर्खाल्याण्ड मुद्दाको कुराले पनि यस कुराको पुष्टि हुने तिनले बताए। 
यस क्रममा तिनले अहिलेघरी गोर्खा जनमुक्ति मोर्चा जीटीएमा फर्किएको बिषयमा स्वागत गर्दै भने “मोर्चा जीटीएमा फर्किएकोमा म स्वागत गर्छु”। तिनले पहाडमा बिकास कार्यलाई बिशेष मह्त्व दिने बताउँदै कतिपय स्थानहरुमा पहाड बिकास कार्यहरुबाट अत्यन्तै बञ्चित बनेको बताउँदै बिकास कार्यलाई जीटीए मार्फत अघि बडाउँने तिनले बताए। 
यता तिनले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन चरम स्थितिमा पुगेको अवस्थामा मोर्चाले आन्दोलनलाई स्थगित गरेको निर्णय कतिसम्म सार्थक थियो भन्ने प्रश्न गर्दा तिनले घुमारो जवाब दिदै आन्दोलनलाई स्थगित गरेर जीटीएमा फर्किनु सही हो भने। 
“फूटबलमा गोल गर्नको निम्ति गोली डिबक्समा पुर्‍यायो भन्दैमा गोल हुनैपर्छ भन्ने होईन। कहिले काहीँ गोल गर्नको निम्ति डिबक्समा पुर्‍य़ाएको बल पछाडीको साथीलाई पास दिएर रणनीति बनाउँनु पर्छ। अनि पछिबाट त्यस बललाई गोल गर्नको निम्ति आक्रमण गरिनु आवश्यक छ” सभासद निमा तामाङले भने। 
“आन्दोलन अघि बड्यो भन्दैमा यसले सफलता पाईहाल्नु पर्छ भन्ने होईन। कहिले काहीँ लक्ष्य प्राप्तिको निम्ति पछी पर्कनु आन्दोलनको रणनीति नै मान्नु पर्छ” तामाङले आफ्नो कुराको गाँठो फुकाउँदै भने।

0 Response to "सभासद निमा तामङको कालेबुङमा भव्य स्वागत.....गोर्खाल्याण्ड आन्दोलनमा जनताको सहयोग सराहनीय़ छ – निमा तामाङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.