-->
पत्रकार राजेश शर्मा इम्वा आवार्डले सम्मानित

पत्रकार राजेश शर्मा इम्वा आवार्डले सम्मानित

कालिमन्युज, नयी दिल्ली 27 जनवरी 2014। भारतको 65वां गणतंत्र दिवशको अवसरमा देशको राजधानी दिल्लीमा उत्तर बंगाल एव डुवर्सका पत्रकार राजेश शर्मा इम्बा आवार्डले सम्मानित भए। गणतंत्र दिवशको अवसरमा पूर्व दिल्लीको पूर्व सास्कृतिक केन्द्र (पीएसके) बिकास मार्ग निर्माण बिहारमा इंडियन मीडिया वेलफेयर एसोसिएशन द्वारा आयोजित इम्वा अवार्ड भब्य रुपले पालन गरियो । 
इंडियन मीडिया वेलफेयर एसोसिएशन द्वारा आयोजित इम्वा अवार्ड समारोहमा प्रमुथ अतिथिको रुपमा भारत सरकारको सड़क केन्द्रिय निर्माण एंव पर्यावरण मंत्री ओसकर फर्नांन्डिस सपत्निक उपस्थित थिए । यस कार्यक्रमका उदघोषक रेडीयो मिस्टीका प्रख्यात वाचक राजेश पण्डीत थिए । यस अवसरमा उत्तर बंगाल, असम,एंव सिक्किम लगायत सिमा क्षेत्रमा इमान्दारीपूर्वक खटेर काम गद्रै अन्तराष्टीय सिमाबाट समाचार प्रेषण गरेर् राजधानीसम्म पुर्याएर् अहम भूमीका निभाउने पत्रकारहरुलाई इम्वा अवार्डले सम्मानित गरिएको इंडियन मीडिया वेलफेयर एसोसिएशनका अध्यक्ष राजीव नीशानाले आफ्नो सम्भाषणमा बताए। 
आज सम्म पत्रकारको हितमा काम गरिनु पर्ने आवाज पूरा देशमा उठेको कुरो पनि तिनले आफ्नो सम्बोधनमा स्मरण गरे। कार्यक्रममा आइडीएचसी सोसायटीका मुख्य पदाधिकारी जितेंद्र शर्मा, ईश्वरदास सोहनी, अनिल शर्मा, रंजीत खन्ना, वीपी सिंह, अरुण नाशीना, किशन समेत सबै कार्यकर्ता उपस्थित थिए। 
 यस अवसरमा पश्चिम बंगाल राज्यको जलपाइगुड़ी जिल्लाका प्रख्यात पत्रकार राजेश शर्मालाई 2014 को इम्वा आवर्ड प्रमुख अतिथि सड़क निर्माण एंव पर्यावरण मंत्री ओसकार फर्नांन्डिसको बाहुलीबाट् वितरण गरियो । 
पत्रकार राजेश शर्मा यस अघि न्युज पेपर्स एसोसिएसन अव इण्डियाद्वारा एचिभर्स अवार्ड् अन्तरगत बेस्ट रिपोर्टरले पनि गतसाल सम्मानित भएका थिए। तिनी सिक्कीमबाट प्रकाशित हाम्रो प्रजाशक्ती, कालिमन्युजको अनलाइन न्युज कालिम्पोङ न्युज, दैनन्दिनी केबल टेलीविजन च्यानल लगायत, हिन्दी दैनिक जागरणका पत्रकार हुन।
उत्तराखण्डबाट् असोक चोवड़ा लगायत बेस्ट क्राइम खबरमा एस मेहता (आज तक) ले सर्वप्रथम वारदात खबर एंव इण्डिया न्यूजका अमित आचार्य वीर अर्जुन अखबारका बिजय शर्मा बिपिन गर्ग लगायत देशभरिका 15 पत्रकारलाई इम्बा आवार्डले सम्मानित गरिए। यस कार्यक्रममा देशको सबै प्रान्तबाट् पत्रकारहरु उपस्थित थिए ।कार्यक्रमको संचालन अध्यक्ष राजीव नीशाना एंव सचिव सकिल अहमदले गरेका थिए ।

0 Response to "पत्रकार राजेश शर्मा इम्वा आवार्डले सम्मानित "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.