-->
खम्बु राई राईट्स मूभमेन्टको क्रमिक अनशन जारी

खम्बु राई राईट्स मूभमेन्टको क्रमिक अनशन जारी

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 21 जनवरी 2014। ‘खम्बु राई राईट्स मूभमेन्ट’को आयोजनामा किराँती खम्बु राईहरुलाई जनजातिको मान्यता दिनुपर्ने माग गर्दै सुरु गरेको क्रमिक अनशन जारी रहने भएको छ। खम्बु राईहरुले केन्द्र सरकारलाई अघिबाटै जनजातिको मागमा एकाधिक ज्ञापन पत्रहरु संगै दस्तावेजहरु समेत बुझाए पनि जनजातिको मान्यता नदिएको कारण केन्द्रबाट सकारात्मक पहल नभए सम्म क्रमिक अनशन जारी राख्ने भएको हो। यता जनजातिको मान्य पाउँनुपर्ने माग गरिरहेका किराँती खम्बुहरुलाई जनजातिको मान्यता दिलाउँन केन्द्र सरकार समक्ष पहल गर्ने मुख्यमन्त्री ममता व्यानर्जीले दिएको आश्वासन प्रति ‘खम्बु राई राईट्स मूभमेन्ट’ले आभार प्रकट गरेको छ।
किराँतीहरु खाँटी जनजाति हुँदा हुँदै पनि आजसम्म सरकारले उचित पहल नगरेकोमा खेद प्रकट गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले पहल गर्ने आश्वासन दिएकोले तिनको उचित पहलले न्याय प्राप्त हुने अपेक्षा राखेको ‘खम्बु राई राईट्स मूभमेन्ट’का प्रवक्ता सन्दिप खम्बुले बताएका छन। “किराँती खम्बुहरुको जनजातिको मागलाई सहयोग गर्ने मुख्यमन्त्रीको आश्वासनले हामी खुशी छौँ। तिनको सकारात्मक पहलको अपेक्षा राख्दै खम्बुहरुले चाँडै न्याय पाउँनेछन भन्ने हामी विश्वास गर्छौँ” सन्दिप खम्बुले भने। यता जनजातिको मागलाई अघि बडाउँन ममता ब्यानर्जीले दिएको आश्वासन प्रति सकारात्मक बिचार राख्ने जीटीए चिफ एंव गोजमुमो अध्यक्ष बिमल गुरुङ प्रति पनि ‘खम्बु राई राईट्स मूभमेन्ट’ले आभार प्रकट गरेको छ।
अर्कोतिर जनजातिको मागमा क्रमिक अनशन राखेका खम्बुहरुसंग मुख्यमन्त्री ममता ब्यानर्जीले भेटघाट गर्ने आश्वासन दिएको सुत्रले बताएको छ। ममता ब्यानर्जीले मिरिकमा खम्बु राईहरुका एक प्रतिनिधी टोलीसंग अनौपचारिक भेटघाट गरेर आफुले समय दिएर भेटघाट गर्ने आश्वासन दिएको सुत्रले बताउँदै उक्त अनौपचारिक भेटघाट एकदमै छोटो रहेको बताएका छन। उक्त अनौपचारिक भेटघाटकै अवधी तिनले खम्बुहरुको मागलाई सकारात्मक लिदै उचित पहल गर्ने आश्वासन दिएको सुत्रले दाबी गरेको छ। यस सम्बन्धमा किराँती खम्बुहरुसंग चाँडै औपचारिक भेटघाट हुनसक्ने बताउँदै उक्त भेटघाटमा तिनले अनशन फिर्ताको अपिल गर्न सक्ने बताएको छ। यता क्रमिक अनशन फिर्ता समबन्धि ‘खम्बु राई राईट्स मूभमेन्ट’का प्रवक्ता सन्दिप खम्बुलाई प्रश्न गर्दा तिनले अनशन जारी रहने स्पष्ट पारेका छन। “यदि हामीलाई मुख्यमंत्रीले अनशन फिर्ता गर्ने अपिल गरे हामी पहिला केन्द्रिय समिति अनि ‘खम्बु राई राईट्स मूभमेन्ट’को कोर कमिटि बैठक गरेर मात्र निर्णय लिनेछौ। यसभन्दा अघि अनशन फिर्ता हुनेछैन” तिनले स्पष्ट पारे। अर्कोतिर आज क्रमिक अनशनको पाँचौ दिन मोठ 15 जना किराँती खम्बु युवाहरुले अनशनमा भाग लिएका छन। सदा झै आज पनि किराँती पुरोहित माङपाले पूजा अर्चना गरेपछि उक्त क्रमिक अनशन शुरु भयो भने क्रमिक अनशनलाई साथ दिन बिभिन्न स्थानहरुबाट किराँती खम्बुहरुको उपस्थिति जारी रहेको छ।
अर्कोतर्फ किराँती खम्बु राई सांस्कृतिक संस्थानका प्रवक्ता बिशाल राईले मिरिकमा मुख्य मन्त्रीसंग भेटघाट भएको बताउँदै तिनले सकारात्मक आश्वासन दिएको जानकारी गराए। यसक्रममा तिनले जनजातिको मागलाई अघि बडाउँन किराँती खम्बु राईले एउटा बिराट जनसभा गर्ने भएको बताउँदै उक्त जनसभाको स्थान भने अहिलेनै निर्धारित नभएको थप जानकारी गराए।

0 Response to "खम्बु राई राईट्स मूभमेन्टको क्रमिक अनशन जारी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.