-->
छुट्टै भोटिया बिकास परिषद गठन गर्ने माग

छुट्टै भोटिया बिकास परिषद गठन गर्ने माग

डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 जनवरी 2014। मुख्य मन्त्री ममता ब्यानर्जीले लेप्चा जातिलाई जसरी लेप्चा बिकास परिषद गठन गरिदिएको छ त्यस्तै परिषद भोटिया जातिको निम्ति पनि गठन गर्नुपर्ने माग चर्किएको छ। यस मागलाई लिएर आज ‘भोटिया वेल्फेयर जोईन्ट एक्सन फोरम’ले कालेबुङ शहरमा जुलुस निकालेको थियो। 
यस अवसरमा बिभिन्न स्थानहरुबाट भोटिया समुदायका मानिसहरु उपस्थित बनेका थिए। यहाँको मेला ग्राउण्डबाट शुरु भएको उक्त जुलुसले मेन रोड हुँदै दशमाईल फाटक भएर शहर परिक्रमा गरेर यहाँको महकुमा अधिकारीको कार्यालयमा पुगेर समापन भयो। 
भोटिया समुदायका मानिसहरुले राज्य सरकारले
छुट्टै भोटिया बिकास परिषद गठन गर्ने माग गर्दै जोडदार नाराबाजी लगाए। बिभिन्न प्लाकार्डहरु बोकेर निकालिएको उक्त र्‍यालीले कालेबुङ शहर परिक्रमा गरेपछि कालेबुङ महकुमा अधिकारी के राधिका अय्यरलाई भेट गरेर मुख्य मन्त्री ममता ब्यानर्जीलाई ज्ञापन पत्र पठाएको छ।
‘भोटिया वेल्फेयर जोईन्ट एक्सन फोरम’का प्रतिनिधी टोलीले महकुमा अधिकारी के राधिका अय्यरलाई सरकारले भोटिया समुदायका मानिसहरुलाई लेप्चाहरुलाई जस्तै छुट्टै बिकास परिषद गठन गरेर न्याय दिनुपर्ने माग गर्दै आफुहरु पहाडका पुरानो जनजाति रहेको बताए।
यस सम्बन्धमा ‘भोटिया वेल्फेयर जोईन्ट एक्सन फोरम’का सचिव सोनाम भोटियाले भोटियाहरु पहाडका पछौटे जाति रहेको बताउँदै उक्त पछौटेवर्गका मानिसहरुको बिकासको निम्ति भोटिया बिकास परिषद गठन गर्दै महकुमा अधिकारी मार्फत ममता ब्यानर्जीलाई ज्ञापन पत्र चडाएको जानकारी दिएका छन। 
अर्कोतर्फ फोरमका सचिव डा एल टी भोटीयाले भोटिया बिकास परिषद गठनको मागमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई अगावै पत्रचार गरिसकेको बताउँदै यसपल्ट पनि भेटघाट गरेर आफ्नो माग पेश गर्ने बताएका छन। 

0 Response to "छुट्टै भोटिया बिकास परिषद गठन गर्ने माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.