-->
लोकसभा चुनावमा भूमीपुत्रलाई प्राथमिकता दिनपर्ने हिल तृणमूलको माग

लोकसभा चुनावमा भूमीपुत्रलाई प्राथमिकता दिनपर्ने हिल तृणमूलको माग

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 जनवरी। दार्जीलिङ पहाडको सत्तासिन दल गोर्खा जनमुक्ति मोर्चालाई आफ्नै भूमीमा सात्ताच्युत पार्न हिल तृणमूल काङ्ग्रेसले संगठन बिस्तारको कार्यलाई अध्यावधी जारी राखेको छ। 
जीटीएको चुनावमा मोर्चालाई चुनौति दिने तृणमूल काङ्ग्रेसले यसपल्ट 14 औँ लोकसभा चुनावलाई केन्द्र गरेर संगठन बिस्तारको कार्य जारी राखेको छ। दार्जीलिङ लोकसभा समष्टिको एकमात्र सिट तृणमूल काङ्ग्रेसले हत्याउँन अहिलेघरी रणनीति तयार पारिरहेको छ भने भारतीय फूटबल दलका पूर्व कप्तान भाईचुङ भोटियालाई उम्मेद्वार बनाउँने यस अघिनै नाउँ अघि आईसकेको छ। यद्यपी यसबारे तृणमूल काङ्ग्रेसले कुनै आधिकारीक बयान दिएको छैन। 
तृणमूल काङ्ग्रेसले भाईचुङ भोटियालाई प्रार्थी बनाउँने सन्दर्भमा कुनै बयान नदिए पनि दार्जीलिङ पहाडबाट चुनावमा प्रार्थी खडा गर्ने भने निश्चित बनेको छ। तृणमूलले भाईचुङ भोटियालाई दार्जीलिङ लोकसभा समष्टिबाट मैदानमा उतार्ने चर्चा अघि आएपछि यता हिल तृणमूलले भूमिपुत्रनै प्रार्थी हुनपर्छ भन्ने तर्क अघि सारेको छ। 
“तृणमूल काङ्ग्रेसले लोकसभा चुनावको निम्ति आगमी दिनमा प्रार्थीको घोषणा गर्नेछ। हामी हिल तृणमूलका कार्यकर्ताहरु लोकसभा प्रार्थी भूमिपुत्र हुनपर्छ भन्ने चाहन्छौँ” तृणमूल नेत्री ननिता गौतमले भनिन। तिनले आगामी दिनमा दार्जीलिङ लोकसभा समष्टिबाट पार्टीले चुनाव लड्ने संकेत दिदै उक्त कुरा भनेकी हुन। 
यसक्रममा तिनले सांगठनिक क्रियाकपालहरूबारे जानकारी गराउँदै हिल तृणमूलको सङ्गठन विस्तारको कार्यक्रम जारी रहेको बताईन। संगठन बिस्तारकै क्रममा आज यहाँको सात माईलमा स्थानीय महिलाहरुसंग पार्टीको एक सभा सम्पन्न भएको तिनले जानकारी गराईन। सभामा दार्जीलिङ पहाडको राजनैतिक स्थितिबारे चर्चा परिचर्चा संगै बिगत दिनमा भएको आन्दोलन अनि यसले मानिसहरुलाई पारेको असरबारे चर्चा भएको तिनले जनाकारी गराए। 
स्थानीय धेरै महिलाहरु अहिलेघरी हिल तृणमूलमा सामेल हुन चाहेको जानकारी पनि तिनले गराइन। तिनले सातमाईल क्षेत्रका स्थानीय महिलाहरुले क्षेत्रमा गोजमुमो पार्टीका युवा अनि बिद्यार्थी मोर्चाले अशान्ति सृष्टि गर्न खोजिरहेको आफुहरुलाई जानकारी गराएको बताउँदै अशान्ति गर्ने कार्य बन्द गर्नुपर्ने चेतावनी दिईन। 
गौतमले कुराकानीकै क्रममा क्षेत्रका धेरै महिलाहरू आगामी 16 जनवरीका दिन हिल तृणमूलमा सामेल हुन गइरहेको जानकारी पनि दिएकी छिन। आजको सभामा अस्थायी रूपमा पुनम छेत्रीलाई संयोजिका चयन गरेको पनि तिनले जनाईन। तिनले जीटीए सम्पूर्ण पहाडवासीको बिकासको निम्ति सरकारले दिएको व्यवस्था रहेको बताउँदै जीटीएले सम्पूर्ण पहाडका जनताको बिकास हुनपर्ने माग गरिन। तिनले पहाडमा हुने बिकास कार्य पारदर्शी हुनपर्ने माग गर्दै यथाशीघ्र पञ्चायती राज व्यवस्था सुरू गर्नुपर्ने हिल तृणमूलले माग रहेको छ भन्ने बताइन। 
यता बिभिन्न क्षेत्रहरुमा तृणमूल काङ्ग्रेसले यसरी पार्टीको धरातल बलियो बनाउँने कसरत गरिरहेको छ भने यसको मुख्य उदेश्य भने दार्जीलिङ पहाडको लोकसभा आसन रहेको सूत्रले बताएको छ। अर्कोतिर् पार्टीले चुनावी मैदानमा भाईचुङ भोटियाको नाउँ अघि सारेपछि हिल तृणमूलले भूमिपुत्रको मुद्दालाई अघि सारेर पार्टीलाई दबाव बनाउँने कार्य गरिरहेको सूत्रको भनाईरहेको छ। 
यसबारे पार्टीले पनि उक्त बिषयमा गम्भिरतापूर्वक सोंचीरहेको छ भने पहाडमा तृणमूल काङ्ग्रेसको बिजारोपन गर्ने छेवाङ भोटियालाई पार्टीले टिकट दिनसक्ने सम्भावना रहेको पनि सुत्रले थपेको छ। यद्यपी यसबारे अहिलेनै कुनै निर्णय नलिएको अनि प्रार्थीहरुको सुचीमा लेप्चा समुदायबाट एल एस तामासाङ अथवा भूपेन लेप्चालाई चुनावी मैदान उतार्न सक्ने सम्भावना रहेको पनि सूत्रले बताएको छ।

0 Response to "लोकसभा चुनावमा भूमीपुत्रलाई प्राथमिकता दिनपर्ने हिल तृणमूलको माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.