-->
कालेबुङ नगरपालिका अध्यक्षको पदमा  गंगामाया गुरुङ

कालेबुङ नगरपालिका अध्यक्षको पदमा गंगामाया गुरुङ

Ganga Maya Gurung and Zion Lepcha
Photo: Kalimpong News Express
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 2 जनवरी 2014। कालेबुङ नगरपालिका अध्यक्षको पदमा आज श्रीमती गंगामाया गुरुङले गोपनियताको सपथ ग्रहण गरिन। तिनलाई कालेबुङ महकुमा अधिकारी के राधिका अय्यरले गोपनियताको शपथ दिलाए। 
यसैक्रममा उपाध्यक्ष जायन लेप्चाले पनि गोपनियताको शपथ ग्रहण गरे। नगरपालिकाको भवनमा आयोजित कार्यक्रममा सम्पूर्ण नगरपार्षदहरुको उपस्थिति रहेको थियो। नगरपालिका अध्यक्ष एल बी परियारको निधन पछि उक्त पद रिक्त रहेको थियो भने आज पश्चिम बङ्गाल नगरपालिका अधिनियम अनुसार नगरपालिका बोर्डको बैठक सम्पन्न भएको थियो। 
उक्त बैठकमा महकुमा अधिकारी राधिका आय्यर पनि बिशेष रुपले उपस्थित रहेकी थिईन। नगरपालिकाको उक्त बैठकमा नै श्रीमती गंगामाया गुरुङलाई नगरपालिका अध्यक्ष चुनियो भने जायन लेप्चालाई उपाध्यक्ष चुनिएको थियो। उक्त चयन प्रक्रिया समापन साथ आवश्यक प्रक्रियाहरु समापन पछि नगराध्यक्ष अनि उपाध्यक्षलाई गोपनियताको शपथ दिलाईयो। 
यता शपथ ग्रहण कार्यक्रम पछि नव नियुक्त नगरपालिका अध्यक्ष गंगामाया गुरुङले कालेबुङ शहरमा सबै भन्दा टडकारो मैलाको समस्यालाई समाधानको निम्ति पहल गर्ने बताईन। 
“कालेबुङ शहरमा डम्पिङको समस्याले सबैलाई सताईरहेको छ। यसै समस्यालाई समाधान गरेर सबैलाई राहत दिने कार्य नै मेरो पहिलो प्राथमिकता हुनेछ” गंगामाया गुरुङले भनिन।

Related Posts

0 Response to "कालेबुङ नगरपालिका अध्यक्षको पदमा गंगामाया गुरुङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.