-->
नाबालिकालाई दुशकर्म गर्ने प्रयास गरेको आरोपमा 1 पक्राऊ .......सड्क दुर्घटनामा 1 मरे.....चोरीको आरोपमा तीन पक्राउ

नाबालिकालाई दुशकर्म गर्ने प्रयास गरेको आरोपमा 1 पक्राऊ .......सड्क दुर्घटनामा 1 मरे.....चोरीको आरोपमा तीन पक्राउ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 16 दिसम्बर 2013। एक नाबालिकालाई दुशकर्म गर्ने प्रयास गरेको आरोपमा कालेबुङ पुलिसले आरोपी बिक्रम जोगी (27) लाई पक्राऊ गरेको छ। कालेबुङ शहरदेखी नजिकै एउटा गाउँकी उक्त पिडीत 15 बर्षीय हुन।
आठौ श्रेणीमा अध्ययनरत उक्त नाबालिका आफ्ना केही साथीहरुसंग तीन माईल मन्दिरमा गएकी थिईन। मन्दिरबाट फर्किने क्रममा तिनलाई गाउँकै परिचित चालक बिजय जोगीले एक्लै वाहनमा चडाएको थियो। यसक्रममा आधा बाटोमा आएर चालकले वाहनमा तेल सकिएको बहाना बनाएर लाबरबोटे पुर्‍याएर दुश्कर्म गरेको पिडीत नाबालिकाले आरोप लगाएकी छिन। उक्त घटनाबारे पिडीताले गाउँमा तत्काल खबर दिएपछी आरोपीलाई गाउँलेहरुले पक्राऊ गरेर सामुहिक धुलाई गरि पुलिसलाई सुम्पिए।
यता पुलिसले उक्त घटना बिषय़मा जाँच कार्य शुरु गरेको छ भने आज पिडीता अनि आरोपीको स्वास्थ्य जाँच गरियो। यता आरोपी चालकले आफू निर्दोश रहेको दाबी गरेको छ। पक्रा परेका आरोपी चालकलाई आज यहाँको न्यायलयमा पेश गरियो। तिनी बिरुद्ध भारतीय दण्ड सहिताको धारा 376(2)(i) नाबालिकालाई यौन शोषणको आरोपमा मुद्दा दर्ता गरेको छ।

सड्क दुर्घटनामा 1 मरे
कालेबुङ 16 दिसम्बर। यहाँको 12 माईल नजिक भएको सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने एकजना घाईते भएका छन।
उक्त दुर्घटना बिहान 10 बजेतिर बजेतिर भएको हो। कालेबुङबाट 13 माईल गईरहेको मारुती भ्यान डब्ल्यु बी 72 बी 1223 यहाँको 12 माईल नजिक सडकबाट लगभग 25 फूट तल झरेर दुर्घटना ग्रस्त हुँदा वाहनका चालक मनबहादुर छेत्री (38)को यहाँको महकुमा अस्पतालमा उपचारधीन अवस्थामा मृत्यु भयो।
दुर्घटनाको समय चालक संगै तिनका दाजु पूर्णबहादुर छेत्री पनि वाहनमा सवार थिए। चालकका दाजुलाई समान्य चोटपटक लागेको कारण तिनलाई महकुमा अस्पतालमा प्राथमिक उपचार गरेर छुट्टी दिईको छ। यता उक्त दुर्घटाबारे पुलिसले छानबिन शुरु गरेको छ भने दुर्घटनाको कारण पत्तो लाग्न सकेको छैन।

चोरीको आरोपमा तीन पक्राउ
कालेबुङ 16 दिसम्बर। यहाँको राजाधारामा भएको चोरीको घटनामा कालेबुङ पुलिसले तीनजनालाई पक्राऊ गरेको छ। पक्रा पर्नेहरु क्रनैले सिता छेत्री (30), सन्दिप सुब्बा(26) अनि अर्जुन सिह हुन। गत 11 दिसम्बरको दिन यहाँको राजाधार निवासी हेमा छेत्रीको घरमा चोरी भएको थियो। घरमा कोही नभएको समय मौका छोपेर चोरहरुले घरबाट 10 तोला सुनसहित मोबाईल फोन, नगद राशी चोरेर चम्पट कसेका थिए। घरमा भएको चोरीबारे पिडीत परिवारले कालेबुङ थानामा दर्ता गरेको प्राथमिकीको आधारमा आज मोठ तीनजनालाई पक्राऊ गरिएको छ।
केही महिना अघि मात्र किनेर घरमा राखेको मोबाईल फोन चोरहरुले चोरेर लगेपछि आखिरमा त्यहीँ फोनको आधारमा पुलिसले चोरहरुलाई पक्रन समक्ष बनेको छ। मोबाईल फोनमा जडीत आईएमईआई (IMEI) नमबरको आधारमा पुलिसले उक्त चोरहरुलाई पक्राऊ गरेको हो।
उक्त चोरेर लगेको मोबाईलमा नयाँ सिम कार्ड लगाएर प्रयोग गर्न थालेपछि पुलिसले त्यहीँ नम्बरलाई ट्र्याक गरी चोर संगै चोरर लगेको सुन उद्धार गर्न सक्षम भएको छ। यहाँको शन्तिनगर सयपत्री गाउँ निवासी सिता छेत्रीले उक्त मोबाईल पर्योग गरिरहेको अवस्थामा पक्रा परेपछे अन्यलाई पनि पक्राऊ गरिएको हो। उनीहरुले चोरेर लगेको सम्पूर्ण सून यहाँको एउटा सून दोकानमा राखेका थिए भने पुलिसले सम्पूर्ण सून उद्धार गर्न साथै सुन दोकाने अर्जुन सिहलाई पनि पक्राऊ गरेको हो। 
यसक्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा पुलिसले वाहनका चालक सन्दिप सुब्बालाई पनि पक्राऊ गरेको छ। पक्रा परेका तीनैजना आरोपीहरुलाई भारतिय दण्डसहिताको धारा 380, 411 अनि 34 अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने आज उनीहरुलाई यहाँको न्यायलयमा पेश गरियो। उक्ता आरोपीहरुलाई न्यायलयले 14 दिनको न्यायिक हिरासतमा पठाएको छ।

0 Response to "नाबालिकालाई दुशकर्म गर्ने प्रयास गरेको आरोपमा 1 पक्राऊ .......सड्क दुर्घटनामा 1 मरे.....चोरीको आरोपमा तीन पक्राउ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.