-->
गृहमंत्रीसंग गोजमुमोको भेट्

गृहमंत्रीसंग गोजमुमोको भेट्

राजेश शर्मा, कालिमन्युज, दिल्ली, 16 दिसम्बर 2013: गोर्खाल्याण्ड राज्यको मागमा गोजमुमोले दिल्ली स्थित जंतर मंतर लगायत संसद मार्गमा गरेको र्‍याली तथा प्रदर्शन बारे बताउदै गोक्षेप्रलाई अधिक क्षमता दिनुपर्ने आदि विषयमा गोजमुमोको एक टोलीले आज केन्द्रिय गृहमंत्री सुशिल कुमार सिंडेसंग भेट गर्‍यो।
महासचिव रोशन गिरीको नेतृत्वमा गएको टोलीले प्राय आधा घण्टा सम्म गोर्खाल्याण्ड मागको औचित्य बारे र गोक्षेप्रलाई बिकाशमुखी बनाउन अधिक क्षमता प्रदान गराउन विशेष क्षमता उपलब्ध गराउने बारेमा चर्चा गर्‍यो। टोलीमा गोजमुमोका दावा लामा, स्वराज थापा, दिवाकर गुरुंग, नोर्देन लामा थिए । 
भेट पछि गोजमुमो महासचिव रोसन गिरीले बताए कि प्यारा मिलेटेरी फोर्समा भर्तीको समय छाती तथा उचाइमा छुट दिनु पर्ने, बोरोल्याण्ड्ड एंव कारविआङ्लोंग टेरीटोरियल काउंसिलमा रिजर्व फरेस्ट अंतर्भुक्त गरेझै गोक्षेप्रमा पनि अतर्भुक्त गर्नु पर्ने माग बारे गृह मंत्रीलाई बताएको जनाए। 
भारतको राजधानी स्थित जन्तर मंन्तरमा आयोजीत तिन दिने धर्ना एंव र्‍यालीबारे जानकारी गराउदै बंगालबाट् अलग हुनमा केन्द्र सरकारले कुनै पहल नगरेकोबारे बताउदा गृह मंत्रीले राज्य सरकारको सहमती लिएर मात्रै सो सम्भव हुने बताएको गिरीले बताए । 
यसै टोलीले भारतीय जनता पार्टी अध्यक्ष राजनाथ सिहसंग उनको निजी बासस्थानमा भेट गरेर गोर्खाल्याण्ड् राज्य गठनको निम्ति भाजपाले समर्थन जनाउनु आवश्यक रहेको बताए। मोर्चा टोलीलाई आश्वासन दिदै राजनाथ सिंहले भाजपाले छुट्टै राज्यको पक्षमा सहायता गर्ने बताएको गिरीले पत्रकारहरुलाई बताए। 
भाजपा अध्यक्षले चाडै दार्जीलिंग आउने आस्वासन दिएको तथा गोर्खाल्याण्डको मागमा भाजपा बोडको बैठक गरेर् निणर्य लिने भएको पनि पत्रकारहरुलाई गिरीले बताए।

0 Response to "गृहमंत्रीसंग गोजमुमोको भेट्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.