-->
भाजपा सत्तामा आए मात्र भारत देशमा स-साना राज्य गठन सम्भव- मुख्तार अब्बास नकवी

भाजपा सत्तामा आए मात्र भारत देशमा स-साना राज्य गठन सम्भव- मुख्तार अब्बास नकवी

दिल्ली देखी राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 22 दिसम्बर 2013 । भारत देश एउटा प्रजातन्त्र स्थापित राष्ट्र हो भने यस देशमा चुनावी प्रक्रिया माथी जनताको नजर टिकेको हुन्छ । बर्तमान समयमा राजनैतिक पार्टीहरु धेरै भएता पनि भाजपा ,काग्रेस लगायत अन्य पार्टीहरुले आगामी 2014को लोक सभा चुनाउँको रननीतीहरु रच्न आरम्भ गरीसकेको छ ।
भाजपा वा काग्रेसले पार्टी दुईमा कसले सत्ता हड़पने छन् भन्ने रोचक खेल हेर्न जनतामा उत्सुकता देखा पर्न आरम्भ भएको छ । चुनावी खेल मैदानमा दलहरु उत्री सकेका छन् भने आगामी लोकसभा चुनाउँ खेलमा कुन दलले सत्ताको चौकी हत्याउने हो त्यस माथी सारा भारत भरीका जनताको नजर टिकेको छ ।
उक्त सिलसिलालाई लिएर देशको बर्तमान बिपक्षी राजनैतिक पार्टीमा रहेका भारतिय जनता पार्टीका राष्ट्रीय प्रवक्ता एंव राष्ट्रीय उपाध्यक्ष अनि ,बर्तमान सासंद एंव पूर्व यूनियन मंत्री रही सकेका मुख्तार अब्बास नकवीले यसपाली लोकसभा चुनाँउ जितेर भाजपा पार्टी सरकारमा आउने दावी गरेका छन् । 
दिल्लीको फन्डारा रोडमा अवस्थित रहेको तिनकै निजि कार्यलयमा एउटा एकांत अन्तर्वातामा यस आसयको मन्तब्य तिनले जाहेर् गरे । पहाड़को बर्तमान राजनैतिक अवस्थाबारे बोल्दै भाजपा पार्टी गोर्खाल्याण्ड राज्य प्रति खुबै गम्भीर रहेको बताउँदै यदि देशमा नरेन्द्र मोदिको सरकार आए सा- साना राज्यहरु अवस्य गठन हुने तिनले बताए । देशमा सत्ता परिवर्तन ल्याउँन भाजपाले जमर्को कसेको अनि देशको बर्तमान काग्रेस सरकारले गरेको भष्ट्रचार, महंगाई, कुटनिति, कुशासनको बिरोध जनाँउदै देशको हितार्थ भाजपा पार्टीले पूर्ण रुपले कम्मर कसेको तिनले जनाए । 
 देशमा अहिले घरि परिवर्तनको माहौल पूरा-पूरी हुने तय भइ सकेको छ, जसको कारण बर्तमान केन्द्रको सत्तारुड़ काग्रेस पार्टीको कुटनीती ,कुशासन अनि भष्ट्रचार जस्ता समस्याबाट जनतालाई पिड़ामुक्त गर्दै राहत दिलाउन भाजपा तयार रहेको अब्बासले बताए। भारतको कश्मिरदेखी कन्या कुमारीसम्म अनि उत्तरपूर्वी राज्यहरुदेखि पश्चिम सम्म भाजपाले अफ्नो बर्चस्व स्थापित गर्ने तिनले दावी गरेका छन् । 
यसको साथै तिनले पश्चिम बंगालमा पनि भाजपाको धेरै आसनहरु बड़ाउन पार्टीले रननिति तयार गरी सकेको थप अवगत गराए । यसका साथै भाजपाको आसनहरु बडाउ थप बल पुर्‍याउनको निम्ति आउँदो प्रधान मंत्रीको दावेदार घौषीत नरेन्द्र मोदीले असम, मेघालय, त्रिपूरा, बंगाल, सिक्किम अदि स्थानहरुमा चुनाउवी जनसभा अनि जुलूसको कार्यक्रम गरी पार्टीको जनता प्रतिको हितको उद्धेस्यहरुबारे अवगत गराउने बताए । बर्तमान सरकारले जनताको आशालाई पूरा गर्न नसकेको बतउदै जनताको हितको कसौटि नसकेको औ जनताको इच्छा र आकन्क्षालाई पुरा गर्ने एकमात्र बिकल्प भारतीय जनता पार्टी रहेको नक्बिले बताए । 
 तिनले भने सिक्किम राज्यमा पनि परिवर्तन आउन अवस्यक छ र नरेन्द्र मोदिले हिमाली राज्य सिक्कीममा पनि आउने चुनाँवी जनसभा वा प्रचारको कार्य जोड़ तोड़को साथ गर्ने रणनिति रहनेछ भनी बताए । स-साना राज्यको विषयमा यूपीए सरकार खासै पक्षमा छैन् भनि आरोप लगाउदै तिनले भने यदि यूपीए सरकार पक्षधर थियो भने आज दश सालसम्म पनि तेलङगना राज्य घोषणा गरी राज्य गठन गर्नुमा सरकार असफल भएको छ।  तिनको भाजपा सरकार सत्तामा रहदाँ छत्तीसगड़, झारखण्ड, उत्तराखण्ड स-साना राज्य गठन भएको उदाहरण दिदै नयाँ राज्य गठनको पक्षमा भाजपा रहेको बताए र पहाड़ मुद्धामा पनि भाजपाले गम्भिरता पूर्वक चिन्तन गरीरहेको बताए । 
तिनले भने मजदूर र कर्मचारीहरुको हितको कार्यहरुको योजना पनि तिनको दलले राखेको थप जानकारी पनि तिनले थप गराए ।

0 Response to "भाजपा सत्तामा आए मात्र भारत देशमा स-साना राज्य गठन सम्भव- मुख्तार अब्बास नकवी "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.