-->
भोटिया बिकास बोर्डको मागमा ज्ञापन

भोटिया बिकास बोर्डको मागमा ज्ञापन


डी के वाइबा, कालिमन्युज, कालेबुङ, 2 दिसम्बर 2013। लेप्चा बिकास बोर्ड गठन पछि दार्जीलिङ पहाडमा अन्य जात गोष्ठिहरु पनि आ आफ्नो बिकास बोर्ड गठनको माग गर्दै मैदानमा ओर्लिन थालेका छन। 
तामाङ समुदायले तामाङ जातिको बिकासको निम्ति तामाङ बिकास बोर्ड गठनको माग गर्दै शहरमा र्‍यालि निकालेर सरकारलाई माग गरिसकेको छ भने आज भोटिया समुदायले पनि बिकास बोर्ड गठनको माग गरेको छ। 
भोटिया समुदायले पनि आफ्नो जातिको बिकासको निम्ति छुट्टै बिकास बोर्ड गठन गर्नु पर्ने माग गर्दै आज अल ईण्डिया भोटिया एसोसिएसनले कालेबुङ महकुमा अधिकारी के. राधिका अध्ययरलाई भेट गरी एक ज्ञापन पत्र बुझायो। 
एसोसिएसनका अध्यक्ष डा मेवाङ ढेण्डुप अनि सचिव डा ला छिरिङ भोटियाको नेतृत्वमा रहेको टोलिले महकुमा अधिकारीलाई ज्ञापन पत्र चडाएर दार्जीलिङ पहाडमा लेप्चा अनि भोटियाहरु आदिम जनजाति रहेको बताउँदै लेप्चाहरुलाई जस्तै भोटियाहरुको निम्ति पनि छुट्टै बिकास बोर्ड गठन हुनपर्ने माग गरे। महकुमा अधिकारी अध्ययरले उक्त ज्ञापन पत्र दार्जीलिङ जिल्लापाललाई पठाउँने बताइन्। 
अध्यक्ष डा. मेवाङ ढेण्डुपले पत्रकारहरूलाई कुराकानी गर्दै भोटिया जातिको बिकासको निम्ति आफुहरुले गत 2008 देखिनै भोटिया बिकास बोर्ड गठनको माग गर्दै आएको बताए। केही महिना अघि दार्जीलिङमा मुख्यमन्त्री ममता व्यानर्जी, मन्त्री गौतम देवलाई पनि भोटिया समुदायले अलग विकास वोर्डको निम्ति मागपत्र पेश गरेको डा. ढेण्डुपले बताए। 
लेप्चाहरुले आफ्नो बिकास बोर्ड प्राप्त गर्दा यता आफूहरू वञ्चित हुनपरेको भन्दै अब यस मागलाई सम्बन्धित जम्मै स्तरहरूमा पुगेर अघि बढाइने तिनले अझ बताएका छन। तिनले दार्जीलिङ पहाडमा भोटियाहरू लगभग 2 लाख रहेको दाबी गर्दै भोटियाहरु यहाँक़ा आदिम जाति रहेको बताउँदै भाषा, साहित्य र ससंकृति समेत अलग रहेको कारण छुट्टै बिकास बोर्ड गठन हुनपर्ने बताएका छन।

0 Response to "भोटिया बिकास बोर्डको मागमा ज्ञापन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.