-->
तामाङ बिकाश परिषदको माग गर्दै तामाङ युथ एसोसिएसनले निकाल्यो शहरमा र्‍याली

तामाङ बिकाश परिषदको माग गर्दै तामाङ युथ एसोसिएसनले निकाल्यो शहरमा र्‍याली

डी के वाइबा, कालिमन्युज, कालेबुङ 30 नोभेम्बर 2013। दार्जीलिङ पहाडमा लेप्चा बिकाश परिषदको गठन पछि तामाङ बिकाश परिषदको मुद्दाले जोड पक्रन सुरु गरेको छ। यसै मुद्दामा जोड दिदै तामाङ युथ एसोसिएसनले आज कालेबुङ शहरमा एक तामाङ एकबद्धता र्‍याली निकालेर तामाङ बिकाश परिषदको माग गरेको छ। 
तामाङ युथ एसोसिएसनको आयोजनामा निकालिएको उक्त र्‍याली यहाँको टाउनहल परिसरबाट सम्पन्न भएको थियो। थाना डाँडा, डम्बर चौक हुँदै दशमाईल परिसरबाट उक्त र्‍यालीले शहर परिक्रमा गरेपछि महकुमा अधिकारी कार्यलयमा पुगेर तामाङ बिकाश परिषदको माग गर्दै महकुमा अधिकारी के राधिका अय्यरलाई ज्ञापन पत्र चडायो। 
यस अवसरमा उक्त र्‍यालीलले डम्फुको तालमा तामाङ गीतहरु गाउँदै तामाङ बिकाश परिषद गठनको मागमा बिभिन्न प्ला कार्डहरु बोकेका थिए। बिभिन्न स्थानहरुबाट आएका तामाङ समुदायका मानिसहरुले उक्त र्‍यालीमा उत्साहपूर्ण भाग लिएका थिए भने उक्त र्‍यालीमा चारहजार भन्दा अधिक तामाङ समुदायका मानिसहरुको उपस्थिति रहेको थियो। 
र्‍यालीले शहर परिक्रमा गरिसकेपछि यहाँको रामकृष्ण रंगमञ्चमा एक कार्यक्रमको आयोजना गरि समापन भएको थियो। रामकृष्ण रंगमञ्चमा सम्पन्न भएको उक्त तामाङ युथ एसोसिएसनको कार्यक्रमलाई बुद्ध तामाङले अध्यक्षता गरेका थिए। 
यस अवसरमा संगठनका अध्यक्ष बिष्णु गोले, महासचिव संजय मोक्तान लगाय बिभिन्न स्थानहरुबाट पदाधिकारीवर्गको उपस्थिति रहेको थियो। संगठनका कमल घिसिङले स्वागत सम्बोधन राखेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङ महकुमा समितिका सचिव अमित तामाङले तामाङ बिकाश परिषद गठनले सम्पूर्ण तामाङ समुदायको बिकास हुने बताए। 
यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो। यता तामाङ युथ एसोसिएसनका महासचिव संजय मोक्तानले सरकारले तामाङ बिकाश परिषद गठनको निम्ति सकारात्मका आश्वासन दिएकै कारण सरकारले दिएको बचनलाई स्वागत गर्दै आफुहरुले तामाङहरुको एकबद्धता र्‍याली निकाले तामाङ बिकाश परिषद गठनको माग गरेको बताएका छन। 
यसक्रममा तिनले तामाङ बिकाश परिषद गठनको निम्ति आफुहरुले सरकारलाई सम्पूर्ण दस्तावेजहरु बुझाईसकेको बताउँदै तामाङ बिकाश परिषदको गठन चाँडै हुनसक्ने संजय मोक्तानले बताएका छन। “सरकारले हामीलाई तामाङ बिकाश परिषदको निम्ति सकारात्मक आश्वासन दिएको छ। सरकारको सकारात्मक पहलको हामी स्वागत गर्छौँ” संजय मोक्तानले भने।

Related Posts

0 Response to "तामाङ बिकाश परिषदको माग गर्दै तामाङ युथ एसोसिएसनले निकाल्यो शहरमा र्‍याली"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.