-->
टिस्टालाई खण्ड बनाउँनुपर्ने मागमा राजनैतिक दलहरुरुको ज्ञापन

टिस्टालाई खण्ड बनाउँनुपर्ने मागमा राजनैतिक दलहरुरुको ज्ञापन

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 21 नोभेम्बर 2013: दार्जीलिङ पहाडमा खण्ड बिभाजन गरेर नयाँ निर्माण गर्ने प्रशासनिक पहल शुरु भए पछि यता टिस्टावासीले छुट्टै खण्ड निर्माणको मागलाई प्रमुखता दिईरहेका छन। क्षेत्रका वासिन्दाहरुले अहिले राजनैतिक पार्टी र रंगलाई समेत पर पन्साएर एक स्वरमा छुट्टै खण्ड निर्माणको माग गर्न थालेको छ।
टिस्टा वरीपरिका ग्राम पञ्चायतहरुलाई मिलाएर एउटा छुट्टै खण्ड निर्माण गर्नुपर्ने उनीहरुको माग छ। टिस्टालाई खण्ड निर्माणको मागमा क्षेत्रवासीले न्यू ब्लक फर्मेसन डिमाण्ड कमिटि गठन गरेको छ भने क्षेत्रका बिभिन्न राजनैतिक दलहरुले पनि एक सुरमा खण्ड निर्माणको मागलाई अघि बडाएको छ।
यसैक्रममा आज क्रामाकपा हाईवे जोनल कमिटिले राज्यको पण्ज़्चायत अनि ग्रामिण बिकास बिभागका मुख्य सचिवलाई फ्याक्सवार्ता पठाएर छुट्टै खण्ड निर्माणको माग गरेको छ। टिस्टा संलग्न क्षेत्रका ग्राम पञ्चायतहरुलाई मिलाएर नयाँ खण्ड निर्माण गर्न आवश्यक रहेको क्रामाकपाले दाबी गर्दै यसलाई सरकारले ध्यान दिनपर्ने माग गरेको छ।
अहिले कालेबुङको खण्ड एकमा सम्बद्ध रहेको टिस्टा ग्राम पञ्चायत लगायत संलग्न गाउँहरुलाई तक्दाह खण्डमा सामेल गर्ने प्रस्ताव ग्रहण गरिएको छ भने उक्त प्रस्तावलाई क्षेत्रवासी अनि क्षेत्रका राजनैतिक दलहरुले बिरोध गरेको छ। यदि टिस्टालाई तकदाह खण्डमा सामेल गरिए क्षेत्रवासीले धेरै समस्या भोग्न पर्ने गुनासो रहेको छ। कालेबुङ सहजै आउन सक्ने टिस्टावासीले तक्दाह खण्ड जानको निम्ति यातायातको समेत समस्या भोग्न पर्ने असुबिधा रहेको छ। 
भौगोलिक कारणले तकदाह खण्डसंग सम्पर्क हुन कठिन हुने भएको कारण यदि नयाँ खण्ड निर्माण भए उनीहरुले छुट्टै खण्ड टिस्टामा निर्माण गरिनुपर्ने माग गरेकोइ छ। यदि उक्त कुरा सम्भव नभए उनीहरुले तक्दाह खण्डमा समबद्ध गराउँने बिभागीय प्रस्तावमा आपत्ति जनाउँदै पुरानै कालेबुङको खण्ड एकमा राख्नुपर्ने माग पनि गरेको छ। 
यस सम्बन्धमा बोल्दै क्रामाकपा हाइवे जोनल कमिटिका अध्यक्ष सन्तोष प्रधानले जनहितको निम्ति विद्यमान ब्लकहरूलाई बिभाजन गरी नयाँ ब्लकहरूको गठन गर्ने जीटीएको पहललाई स्वागत गर्दै टिस्टासंलग्न क्षेत्रलाई कालेबुङ खण्ड एकबाट निकालेर नयाँ ब्लकमा गाम्भे निर्णयप्रति असहमति छ भने। तिनले यसबारे जीटीएका मुख्यसचिवलाई पनि चाढै भेटेर विमर्श गर्ने बताएका छन। 
अर्कोतर्फ टिस्टा संलग्न ग्रांम पञ्चायतहरु तकलिङ (I) अनि (II), रम्बी ग्राम पञ्चायत अनि लामाहट्टा ग्राम पञ्चायत लिएर नयाँ खण्ड विकास गठन गरिनु पर्ने मागमा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा(गोरामुमो) टिस्टा शाखाले यहाँका महकुमा अधिकारी के. राधिका अय्यरलाई एउटा ज्ञापन पत्र पढ़ाएको छ। क्षेत्रवासीको मागलाई सरकारले ध्यान दिएर उचित कार्य गर्नुपर्ने उनीहरुले माग गर्दै यदि नयाँ खण्ड निर्माण गर्दा टिस्टालाई तक्दाह खण्डमा गाभे आन्दोलन गर्ने चेतावनी पनि गोरामुमोले दिएको छ।

Related Posts

0 Response to "टिस्टालाई खण्ड बनाउँनुपर्ने मागमा राजनैतिक दलहरुरुको ज्ञापन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.