
दुई भारतीय नागरिकलाई भोटाङ प्रवेशमा इन्कार
राजेश शर्मा कालिमन्युज, जयगाँउ 22 नोभेम्बर । आज दुई भारतिय नागरीकलाई भोटाङमा पर्यटकको रुपमा भ्रमण् गर्न रोयल भोटाङ् सरकारको इमिग्रेसन विभागले रोक लगायो। यी दुई भारतीय नागरीकमा एक जयगांवका अनि दोस्रो नागाल्याण्डका नागरीक हुन।
जयगांवको रामगांव निवासी 30 वर्षिय सुनिता बस्नेत आफ्ना मित्र नागाल्याण्ड निवासी 22 वर्षिय सुनिता क्षेत्रीसंग भोटाङ घुम्न जयगाउ भएर फुन्छोलिंग आएका थिए। तर भोटाङ्को इमिग्रेसन विभागले सुनिताद्वय र सुनिता बस्नेतका 11 वर्षिय पुत्री सृष्टी बस्नेतलाई प्रवेश पर्मीट दिन अस्विकार गर्यो।
इमिग्रेसन कार्यलय पुग्दा उनिहरुलाई फुन्छोलिंग स्थित भारतीय कन्सलेटबाट् भारतीय प्रमाण पत्र लिएर आउन बताइयो। फुन्छोलिंग को भारतीय कन्सलेट पुगेर कन्सलेटले दिने प्रमाण पत्र लिएर आउदा रोयल भोटाङ् सरकारको इमिग्रेसन विभागले पर्मीट दिन इन्कार गरिदिदा उनिहरु बिलखबन्दमा परे ।
यसपछि उनिहरुले फुन्छोलिंग स्थित भोटाङ्को इमिग्रेसनले भोटाङ प्रवेशमा लगाएको प्रतिबन्ध बारे जानकारी भाइस कन्सलेट जनरल डि एन तिवारीलाई गराएको कालिमन्युजसंग आज बताए।
यस सम्वन्धमा रोयल भोटाङ्को इमिग्रेसन विभागका अधिकारी सोनाम दोर्जीसंग सोधखोज गर्दा उत्तर दिन तिनले इन्कार गरे।
यसैबारे भाइस कन्सलेट जनरल डि.एन तिवारीसंग जानकारी लिदा तिनले बताएकी भोटाङ इमिग्रेसनले किन पर्मिट दिन मानेन सो तिनलाई थाहाछैन, हुन सक्छ भारप्राप्त अधिकारी नभएको कारण सही गर्न नसकेको हो की भन्ने बताउदै तिनले सपष्टीकरण दिए। शनिवार एंव आइतवार भोटाङमा कार्यलय बन्द रहन्छ र सायद सोमबार कार्यलय खुले पछि पर्मीट बनिनेछ तिनले उल्टै भोटाङ्को पक्षमा यसरी स्पष्टीकरण दिए ।
यसता प्रवेश निषेधका घटना समय समयमा भैरहने कारणले कुन आधारमा भोटाङ सरकारले भारतियहरुलाई भोटाङ प्रवेश दिदैन र कसलाई अनि किन दिदैन सो भने स्पष्ट हुन सकेको छैन।
0 Response to "दुई भारतीय नागरिकलाई भोटाङ प्रवेशमा इन्कार"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.