-->
अलगडा क्षेत्रमा गोरामुमो पार्टीले फर्फरायो झण्डा

अलगडा क्षेत्रमा गोरामुमो पार्टीले फर्फरायो झण्डा

कालिमन्युज, कालेबुङ, 11 नोभेम्बर 2013 । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)ले दार्जीलिङ पहाडमा छैटौ अनुसूचीको मुद्दालाई अघि सार्दै संगठन बिस्तारको कार्य अघि बडाईरहेको छ। एकातिर गोजमुमो पार्टीले दार्जीलिङ पहाडमा आफ्नो भत्कन्दै गरेको सांगठनिक धरातललाई बलियो बनाउँने कार्य जारी राखेको छ भने अर्कोतर्फ गोरामुमो पार्टी पनि पहाडमा गुमाएको अस्तित्व फर्काउँने अभियानमा लागी परेको छ। 
छैटौ अनुसूचीको मुद्दाकै कारण पहाडबाट आफ्नो एकक्षत्र बर्चस्व गुमाएको गोरामुमो पार्टीले अहिले त्यहीँ गुमाएको बर्चस्व बटुल्न छैटौ अनुसूचीकै मुद्दालाई अघि सारेको छ। 
यसैक्रममा आज गोरामुमो पार्टीका एकाधिक युवा कार्यकर्ताहरुले अलगडा बजार वरिपरी पार्टीको झण्डा व्यापक रुपले फर्फराएको छ। क्षेत्रका पार्टी सयोजक सोनाम शेर्पाको नेतृत्वमा रहेको टोलीले क्षेत्रमा पार्टीको झण्डा गाड्नुको साथै सुवास घिसिङ जिन्दावाद र छैटौ अनुसुची जिन्दावादको नाराबजी समेत लगए। यसरी एकाएक गोरामुमो पार्टी कार्यकर्ताहरु सडकमा उत्रिएर गोरामुमो जिन्दावादको नाराबाजी गर्दै क्षेत्रमा झण्डा गाड्ने कार्य गर्दा तनाव सृजना हुने सम्भावना समेत बडेको थियो। यद्यपी उक्त घटनालाई केन्द्र गरेर क्षेत्रमा व्यापकरुपले सीआरपी अनि पुलिस बल तैनाथ रहेको कारण कुनै अशांति भने हुन पाएन। 
यता क्षेत्रका पार्टीको झण्डा लगाएको सन्दर्भमा बोल्दै गोरामुमो पार्टीका क्षेत्रिय सयोजक सोनाम शेर्पाले गणतन्त्रमा कसैले पनि पार्टीको झण्डा लगाउँन सक्ने भएको कारण आफुहरुले पार्टीको झण्डा लगाएको बताए। “हामीले गणतान्त्रिक पद्धति अनुरुप क्षेत्रमा पार्टीको झण्डा लगाएका छौ। पहाडको समस्या एकमात्र गोरामुमो अनि छैटौ अनुसूचीले गर्न सक्छ। यसैकारण छैटौ अनुसूचीनै हाम्रो मूल मूद्दा हो” तिनले भने।

0 Response to "अलगडा क्षेत्रमा गोरामुमो पार्टीले फर्फरायो झण्डा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.