
इण्डियण जर्नलिस्टस यूनियनको 3 दिने राष्ट्रीय सम्मेलनमा दार्जीलिङ पहाड़वाट तिन पत्रकार प्रतिनिधी उपस्थित्
राजेश शर्मा, कालिमन्युज, बरपेटा, असम 15 नोम्भेवर 2013 । भारतभरी छरीएर बसेका पत्रकारहरुको छाता संगठन इण्डियण जर्नलिस्टस यूनियन (आईजेयू)को राष्ट्रीय सम्मेलन हिजोदेखी आरम्भ भयो । यस पल्ट आईजेयूको तीन दिने राष्ट्रीय सम्मेलन असम राज्यको प्रमुख ब्यापारी शहरको नामले प्रख्यात रहेको बरपेटा रोडको साहित्य सभा भवनमा आयोजित भयो ।
आईजेयूका राष्ट्रीय अध्यक्ष एस एन सिन्हाको अध्यक्षतामा सम्पन्न् समारोहको उदधाटन असम राज्य सरकारको सुचना एंव जन- सम्पर्क मुद्रण अनि मत्स्य पालन मंत्री बसन्त दासले गरे जसमा विशिष्ट अतिथिको रुपमा सोरभोङका विधायक रेजित कुमार दास, बरपेटा जिल्ला अतिरिक्त आयुक्त सिद्धार्थ सिंह, असम सरकारको सूचना अनि जन सम्पर्क निर्देशक रंजित गोगोई, बरपेटा जिल्ला पुलिस अधिक्षक जि भि शिव प्रसाद(आईपिएस),आईजेयूका केन्द्रीय महासचिव देभूलापल्ली अमर, असम जर्नलिस्टस यूनियन अध्यक्ष गीतार्थ पाठक, सचिव प्रभात पाठक लगायत धेरै गण्यमान्य ब्यक्तिहरुको उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि असम राज्यको सुचना एंव जन सम्पर्क मंत्री बसन्त दासले आफ्नो भाषणमा बोल्दै भने पत्रकारहरुको जीवन अच्मभ प्रकारको र सोचनिय छ जसको निम्त आज सम्म सरकार पक्षबाट ठोस कदम चाल्न असम सरकारले पत्रकारहरुको जर्नलिस्ट कर्पोरेसन फन्डलाई 1 कड़ोर देखि वृद्धि गरी 10 कड़ोर बनाइएकोछ । आगामी जनवरी 2014 देखी यो लागु हुने तिनले कार्यक्रममा घोषणा गरे।
पत्रकार भनेको राज्यको एक धरोहर हो यसैले त्यसको साटो पत्रकारलाई राज्य सरकारले सम्मान दिनु आवश्यक रहेको मंत्री दासले अवगत गराउदै तिनले भने असमको राजधानी गुवाहाटीमा पत्रकार कोलोनि निर्माण गर्ने उद्धेस्यलाई अघि बड़ाउदै घर निर्माण ऋणको निम्ती 3 प्रतिसतको ब्याज दरमा ऋण उपलब्ध गराउने र ग्रामीण क्षेत्रका पत्रकारहरु राज्यको राजधानी गुवाहाटीमा आउदा बस्ने प्रबन्धको निम्ति पत्रकार अतिथि गृह निर्माण हुने घोषणा गरे ।
गाउँ लगायत स-साना शहरदेखि पत्रकारीता गर्ने उत्तम दुई पत्रकारहरुलाई प्रत्येक वर्ष राज्य सरकारले सम्मान जनाउने पनि मंत्रीले घोषणा गरे । नर्थ –इस्ट क्षेत्रमा अहिले शान्ति आरम्भ भएको छ औ यो समाचार जनता माझ पत्रकारहरुले पुर्याएर आफ्नो धर्म पालन गर्ने सुझाउ क्षेत्रिय विधायक रंजित दासले आफ्नो सम्बोधनमा दिए । यस अवसरमा भारत भरिका कुल 27 राज्य अनि केन्द्र शासित प्रदेशवाट उपस्थित रहेका प्रतिनिधी पत्रकारहरुले आ- आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरे । यस प्रतिवेदनको क्रममा भारतको पत्रकारहरुले आ-आफ्नो क्षेत्रमा चलिरहेको समस्याहरुलाई लिएर बिस्तारपूर्वक अवगत गराए । जसमा गोर्खाल्य़ाण्ड क्षेत्रीय प्रशासन(जीटीए)क्षेत्र लगायत सिलगड़ी तराई–डुवर्स क्षेत्रको बर्तमान पत्रकारीतामाथि प्रतिवेदन इस्टर्न हिमालयन जर्नलिस्टस यूनियनका अध्यक्ष रुद्र कार्कीले दिए।
इण्डियण जर्नलिस्टस यूनियन(आईजेयू)को राष्ट्रीय सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कार्कीले भने – "पहिलो पल्ट हिमालयको काखमा रहेको दार्जीलिङ पहाड़ अनि यससित संलग्न रहेको क्षेत्रमा इस्टर्न हिमालयन जर्नलिस्टस यूनियन गठन भएपछि पहिलो चोटी आज हिमाली भेकका पत्रकारहरुले भोग्दै गरेका समस्या अनि क्रियाकलापबारे सांगठनीक रुपमा राष्ट्रीय स्तरमा उठाउने अवसर प्राप्त भएको छ ।"
अहिले घरि पहाड़मा चलि रहेको राजनैतिक परिवेशले पत्रकारलाई स्वतंत्र रुपमा कार्य गर्नमा बाधा पुगिरहेको औ पत्रकारीतामा राजनैतिक अतिक्रमण भैरहेको समस्यालाई विस्तार पूर्वक जानकारी तिनले गराए।
तिनले भने, "भारतको सविधानको प्रावधानले मिडियालाई समाचार प्रस्तुतिमा दिएको स्वतन्त्रता जसरी पाउनु पर्ने थियो त्यो दार्जीलिङ पहाड़को राजनैतिक परिवेशको कारण पूर्वीय हिमालय क्षेत्रमा छैन् । यो इलाकामा प्रत्येक क्षेत्रमा राजनैतिक हस्तक्षेप पहिलेदेखिनै हुदै आएकोछ ।"
"यहाँ राजनीति गर्नेहरुले संचार माध्यममाथि हस्तक्षेप गर्दै फरमान जारी गर्ने क्रम चलिरहेकोछ तर पनि क्षेत्रका पत्रकारहरुले यस्तो फरमानको वास्ता नगरी पत्रकारीता माथि आँच आउन दिएका छैनन् जसको निम्ति क्षेत्रका पत्रकारहरुले धेरै प्रताड़ना झेल्दै आइरहेका छन" भन्दै तिनले उदाहरणहरु पनि आफ्नो प्रतिवेदनमा प्रस्तुत गरे।
पत्रकारहरुले राजनैतिक अतिक्रमण मात्र नभएर कहिले काँही प्रशासनीक दवाउ पनि झेल्दै पत्रकारीता गर्नु परेको कतिपय घटनाहरुबारे पनि तिनले अवगत गराए । विगत दिनमा आफ्नो कार्य निष्टापूर्वक निभाउदा निभाउदै फोटो पत्रकार निर्मल राईले पत्रकारीताकै निम्ति आफ्नो प्राण उत्सर्ग गरेको पनि सभामा तिनले उजागर गरे ।
यस राष्ट्रीय सम्मेलनमा इस्टर्न हिमालयन जर्नलिस्टस यूनियनका उपाध्यक्ष एंव कालेबुङ प्रेस क्लबका अध्यक्ष अरुण कुमार रसाइली अनि कार्यकारी सदस्य राजेश शर्माले पनि अंशग्रहण गरेका थिए।
भारतको केरल, तामिलनाडु, उत्तर प्रदेश, झारखण्ड, उत्तराखण्ड, हरियाणा, गुजरात, महाराष्ट्र, मणीपूर, आन्ध्र प्रदेश, मध्य प्रद्रेश, राजस्थान, दिल्ली असमको कारबिआङ्लोङ, बोरो टेरीटोरियल काउन्सिल आदि विभिन् स्थानदेखी उपस्थित प्रतिनिधीहरुले पनि आफ्नो प्रतिवेदन पस्तुत गरे ।
कार्यक्रममा स्वागत भाषण असम जर्नलिस्ट यूनियनका अध्यक्ष गितार्थ पाठकले औ धन्यबाद ज्ञापन भारती हिमाङसु दासले गरे ।
0 Response to "इण्डियण जर्नलिस्टस यूनियनको 3 दिने राष्ट्रीय सम्मेलनमा दार्जीलिङ पहाड़वाट तिन पत्रकार प्रतिनिधी उपस्थित्"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.