-->
तृणमूल कङ्ग्रेस नेताहरु बिरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता

तृणमूल कङ्ग्रेस नेताहरु बिरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 अक्टोबर 2013। कालेबुङ कलेज छात्र संगठनले तृणमूल कङ्ग्रेस कार्यकर्ताहरु बिरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ। 
कलेजमा स्नाकोत्तर पहिलो सत्रको परिक्षा सञ्चालन भईरहेको समयमा अचानक तृणमूल कार्यकर्ताहरु वाहनमा आएर प्रदर्शन गरेको कलेज छात्र संगठनले आरोप लगाएको छ। यसरी परिक्षाको समयमा पुलिसले कलेजमा सुरक्षाको व्यवस्था समेत नमिलाएको छात्र संगठनको आरोप छ। 
कलेजमा यसरी तृणमूल कार्यकर्ताहरु पुगेर नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि स्थिति तनावपूर्ण हुने सम्भावना समेत बडेको थियो। घटनाबारे थाहा पाए पछि पुलिसबल कालेबुङ कलेजमा पुगेको बताइएको छ। यसरी अचानक परिक्षाको समयमा तृणमूल कार्यकर्ताहरु कलेज परिसरमा प्रदर्शन गर्न थालेपछि गोजमुमो समर्थित छात्र संगठन रहेको कलेजको छात्र संगठनले उनीहरुलाई प्रवेश गेटमा रोकेको थियो। 
पछिबाट कलेजबाट धेरै छात्रहरु बाहिर निस्केपछि प्रदर्शनकारी तृणमूल कार्यकर्ताहरु चम्पट कसेको कलेज छात्र संगठनका सचिव रोशन छेत्रीले बताएका छन। 
उक्त घटनालाई केन्द्र गरेर कलेज छात्र संगठनले तृणमूल नेता प्रविण रहपाल, ननिता गौतम, छेवाङ भोटिया, महेन्द्र गजमेर, समिर खवास आदिको नाउँमा प्रथमिकी दर्ता गरेको छ। कालेबुङ पुलिसले उक्त प्राथमिकी स्वीकार गरेको थाना सुत्रले बताएको छ। 
यता यस बिषयमा बोल्दै कलेज छात्र संगठनका महासचिव रोशन छेत्रीले तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरुले परिक्षा चलिरहेको समय कलेजमा आएर आतङक सृजना गरिरहेको आरोप लगाए। “कलेजमा परिक्षा चलिरहेको छ। यस्तो अवस्थामा सुरक्षा व्यवस्था समेत ठिक गरिएको छैन।
 परिक्षार्थीहरुको सुरक्षा बिषयमा प्रशासनले ध्यान दिनु आवश्यक छ। यदि आगामी दिनमा परिक्षा चलिरहेको समय कुनै घटना घटे सम्पूर्ण तृणमूल नेताहरु जिम्मेवार हुनेछन ” रोशन छेत्रीले भने।

Related Posts

0 Response to "तृणमूल कङ्ग्रेस नेताहरु बिरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.