-->
गोर्खाल्याण्डको आन्दोलनले कुनै उपलब्धि हासिल गर्नको साटो शुन्यदेखि अझ तल झरेको टिप्पणी

गोर्खाल्याण्डको आन्दोलनले कुनै उपलब्धि हासिल गर्नको साटो शुन्यदेखि अझ तल झरेको टिप्पणी

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 28 अक्टोबर। अखिल भारतीय गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले आज पत्रकारहरुसंगको भेटघाटमा कुराकानी गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनले कुनै उपलब्धि हासिल गर्नको साटो शुन्यदेखि अझ तल झरेको टिप्पणी गरेका छन। 
"गोर्खाल्याण्डको मुद्दा जिरोमा थियो भने महिना दिनको आन्दोलनले यसको स्तर माईनस जिरोमा पुगेको छ" खातिले भने। तिनले अहिलेको समयमा सम्पूर्ण राजनैतिक दल लगायत गैर राजनैतिक पार्टीहरुले आलोचना गर्न आवश्यक रहेको बताएका छन। आन्दोलन बिफल हुनुको कारणहरु खोजेर यसलाई नयाँ उचाईमा पुर्‍याउँन सबै लाग्नुपर्ने पनि तिनले बिचार प्रकट गरेका छन। बितेको महिना दिनभन्दा धेर बन्द भएर आन्दोलन भए पनि यसले सफता होईन तर साधरण जनतालाई समस्यामा पार्ने कार्य भएको तिनको भनाई छ। यसको जिम्मेवार सोझै गोजमुमो हो भनि तिनले आरोप समेत लगाए। 
तिनले गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीलाई मिरजाफरको संज्ञा दिदै तिनी जस्ता बिद्धिजीविको कारण पहाडवासी बिचल्नीमा परेको तिनले आरोप लगाए। यसक्रममा अघिबाटै गठन भएको गोर्खाल्याण्ड टास्क फोर्समा गोर्खालिग पुन: सामेल बन्न नसक्ने संकेत पनि दिएका छन। यसक्रममा भागोपद्वारा आगमी दिल्लीमा आयोजना हुने कार्यक्रमबारे टिप्पणी गर्दै राष्ट्रव्यापी आन्दोलनलाई अपत्यारिलो बताएका छन। यद्यपी तिनले छुट्टै राज्य गोर्खाल्याण्डको चाहना राख्ने जनतालाई हतास नहुने अपिल समेत गरेका छन। 
तिनले अहिलेघरी एउटा सकारात्मक राजनैतिक समिकरण भईरहेको बताएका छन। तथापी उक्त नयाँ राजनैतिक समिकरणबारे तिनले स्पष्ट पार्न चाहेनन। 

कालेबुङ, 28 अक्टोबर। तृणमूल कङ्ग्रेसले अहिले बिभिन्न स्तरमा कमिटि गठन गरहेको छ भने कार्यलय खोल्ने कार्य पनि शुरु गरिसकेको छ। यसैक्रममा आज लप्चु पेशोक समष्टि अन्तर्गत 11 माईलमा हिल तृणमूल लप्चु पेशोक समष्टिको कार्यलय खोलिएको छ। उक्त जानकारी हिल तृणमूल टिस्टाका सयोजक संजोक गुप्ताले दिएका छन। पहाडमा तृणमूल कङ्ग्रेसको बिस्तारले गणतन्त्र स्थापित भएको पनि तिनले दाबी गरेका छन। समष्टि कमिटिका अध्यक्ष श्यासुङ तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त पार्टी कार्यलय स्थापित भएको तिनले अझ बताएका छन। यस अवसरमा हिल तृणमूलका मणि गोले, भानु लामा, सुरज राईले, रुपेश राई लगायत स्थानिय तृणमूल समर्थकहरु भेला भएको तिनले बताएका छन।

Related Posts

0 Response to "गोर्खाल्याण्डको आन्दोलनले कुनै उपलब्धि हासिल गर्नको साटो शुन्यदेखि अझ तल झरेको टिप्पणी "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.