-->
गोर्खाल्याण्डको आवाज दिल्लीमा उठाउँन भागोपको दिल्ली जाऔँ कार्यक्रम

गोर्खाल्याण्डको आवाज दिल्लीमा उठाउँन भागोपको दिल्ली जाऔँ कार्यक्रम

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 अक्टोबर। भारतीय गोर्खा परिसंघ (भागोप) ले छुट्टै राज्य गोर्खाल्याण्डको आआवजलाई दिल्लीको रामलिला मैदानमा जोडतोडले उठान गर्न अभियान शुरु गरेको छ। आगमी 18 अनि 18 दिसम्बरको दिन दिल्लीको रामलिला मैदानमा सम्पन्न हुने गोर्खा भेल क्रायक्रमलाई नै केन्द्र गरी भागोप कालेबुङ शाखाको सभा सम्पन्न भयो। 
स्थानीय भागोप कार्यलयमा सम्पन्न भएको सभाले उक्त ‘गोर्ख भेला’ कार्यक्रमलाई सफल पार्न कालेबुङबाट 300 जना मानिसहरु कार्यक्रममा सहभागी बन्ने निर्णय लिएको छ। यसको साथै कार्यक्रममा देश भरीका गोर्खाहरुलाई सहभागी बनेर सरकारलाई गोर्खाल्याण्ड बिषयमा बोल्न लगाउँने आह्वान पनि गरेको छ।
छुट्टै राज्य गोर्खाल्याण्डको आवज लाई दिल्लीमा उठान गरेर सरकारले निश्चय नै पहल गर्ने कुरालाई ध्यानमा राखेर भागोपले उक्त पहल गरेको हो। अहिलेसम्म गोर्खाल्याण्ड माग्नेहरु केवल दार्जीलिङ क्षेत्रमा मात्र सिमित बनेको कारण सरकारले यसलाई महत्व नदिएको कारण पनि भागोपले दिल्लि जाऔँ अभियान चलाएको हो। उक्त गोर्खा भेला एंव धर्ना कार्यक्रममा देशभरीक बिभिन्न राष्ट्रिय राजनैतिक पार्टीका नेताहरुलाई भागोपले सहभागी गराएर बोल्न लगाउँने पनि निधो गरेको छ। 
राष्ट्रिय राजनैतिक पार्टीका नेताहरुले गोर्खाल्याण्ड बिषयमा के सोच्ने गरेका छन भन्ने उनीहरुको अडान स्पष्ट पार्न लगाई आन्दोलनको रुपरेखा तयार पार्न भागोप अहिले लागी परेको छ। यसको निम्ति दार्जीलिङ लोकसभा समष्टिका सांसद जसवन्त सिहलाई उत्तरदायित्व समेत दिएको भागोप कालेबुङ शाखा मूल सचिव पी के प्रधानले जनाएका छन। यता दार्जीलिङ पहाडको वर्तमान राजनैतिक परिस्थिति बिषयमा पनि उक्त सभामा चर्चा गरिएको थियो।
सभाले दर्जीलिङ पहाडको राजनैतिक परिस्थितिले गोर्खाहरुको भविष्य संकटग्रस्त बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ। संसदमा शितकलिन सत्र चलिरहेको समयमा गोर्खाल्याण्डको आवज दिल्लीमा उठाउँन सके निश्चित रुपले यसको प्रभाव पर्ने भागोपको बिचार रहेको छ।

0 Response to "गोर्खाल्याण्डको आवाज दिल्लीमा उठाउँन भागोपको दिल्ली जाऔँ कार्यक्रम"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.