-->
कालेबुङमा हिल तृणमूलले कस्यो मोर्चा बिरुद्ध हूँकार...बिमल गुरुङले गोर्खाल्याण्ड मागेको कि गुण्डाल्याण्ड – प्रविण रहपाल

कालेबुङमा हिल तृणमूलले कस्यो मोर्चा बिरुद्ध हूँकार...बिमल गुरुङले गोर्खाल्याण्ड मागेको कि गुण्डाल्याण्ड – प्रविण रहपाल

डी के वाइबा, कालिमन्युज, कालेबुङ 19 अक्टोबर। गोजमुमो अध्यक्ष बिमल गुरुङले 27 जुलाई शहिद दिवसलाई छेक पारेर घोषणा गरेको तेस्रो चरणको निर्णायक भनिएको गोर्खाल्याण्ड आन्दोलनले सफलता नल्याए पछि अहिले पहाडमा हिल तृणमूल सक्रिय बनेको छ। 
एकातिर मोर्चाको घटदो जनाधार अनि अर्कोतर्फ तृणमूल कङ्ग्रेसको बडदो जनाधारमा यहाँको त्रिकोण पार्कमा जनसभा नै गरेर गोजमुमो पार्टी बिरुद्ध धावा बोलेको छ। 
शुरुका दिनहरुमा गोजमुमो अध्यक्ष बिमल गुरुङसंगै देखिने अनि वर्तमान तृणमूलका नेताहरुले बिमल गुरुङको एकाधिक पोल खोल्ने हूँकारनै कसेको छ। यसैक्रममा गोजमुमो पार्टीको गठनकाल देखिनै सक्रिय बनेर मोर्चा प्रमुख बिमल गुरुङको निकट देखिने वर्तमान हिल तृणमूल नेता प्रविण रहपालले गुरुङ बिरुद्ध गम्भिर आरोपहरु लगाएका छन। 
“‘पार्टीको स्थापनादेखि आजसम्म बिमल गुरूङले धेरैवटा ठूलठूला घोषणाहरु मात्र गरेका छन। तिनको घोषणा आजसम्म पुरा भएको छैन। मैले पनि उनीसँग नजिकमा बसेर पार्टीमा कार्य गरेँ। म तिनलाई राम्ररी चिन्छु। जनसभातिर बिमल गुरूङ भयङ्कर गर्छन तर वास्तवमा तिनी दाँत नभएको बाघ हुन’ हिल तृणमूल नेता प्रविण रहपालले भने। 
तिनले पहाडमा गोजमुमो पार्टीले गुण्डाराज चलाईरहेको आरोप समेत लगाएका छ्न। मोर्चा प्रमुख बिमल गुरुङको आँटमा युवामोर्चाका कार्यकर्ताहरुले व्यापारी अनि अल्पसंख्यकहरुबाट् व्यापकरुपले चन्दा संग्रह गर्ने कार्य गरेको पनि रहपालले आरोप लगाएका छन। तिनले आफ्नो सम्बोधनमा बिमल गुरुङलाई नै बिशेष तारो बनाउँदै जीटीए चुनावको समयमा तिनले आफ्नो परिवारलाई नै पार्टी बनाएको दाबी गर्दै आफ्नो बाचा तोडेर तिनी चुनाव समेतमा खडा भएको रहपालले आरोप लगाए।
“जीटीए चुनाउमा श्रीमती, ज्वाईँ र परिवारका सदस्यहरूलाई जिताएर राम्रा राम्रा विभागहरू दिलाए। जीटीएको परिचालन शुरु भएपछि त झन व्यापक भ्रष्टाचार भयो। पार्टीलाई डोनेशनको माग गरेर कालेबुङमा युवा मोर्चाले व्यापारी र अल्पसंख्यकवर्गलाई हत्तु पारेको छ। युवा मोर्चाका कार्यकर्ताहरूले व्यवसायीहरूलाई धम्क्याएर बेस्सरी सम्पत्ति बनाएका छन” प्रविण रहपालले सोझै भने। तिनले मेनरोडको एकजना व्यापारीबाट पार्टीलाई चन्दा भनेर युवामोर्चाले प्रतिमहिना दस हजार लाने गरेको कुरा प्रमाणित गर्न सक्ने दाबी गर्दै भने, ‘बिमल गुरूङले गोर्खाल्याण्ड मागेका हुन कि गुण्डाल्याण्ड मागेका हुन?’ तिनले प्रश्न गरे। 
यसैक्रममा तिनले डेड महिना पहाड बन्दले कुनै उपलब्धि हुन नसकेको बताउँदै उक्त बन्दले जनतालाई समस्या बाहेक अन्य केही नभएको जनाए। यस बिषयमा मोर्चा प्रमुख बिमल गुरुङले जनतालाई जवाब दिनपर्ने माग समेत गरे। 
“तिमी साँच्चै गोर्खाल्याण्डका निम्ति निस्केका हौ भने आफ्नो परिवारबाट पनि शहीद बनाएर देखाऊ। सधैँ जनता मात्र भेडाबाख्रा सरह सडकमा निस्केर मर्नु पर्ने?’ प्रविण रहपालले ठाडो प्रश्न तेर्साए। 
आफ्नो सम्बोधनमा प्रविण रहपालले बिमल गुरुङ मुद्दाप्रति कहिल्यै ईमान्दार नरहेको ठोकुवा गर्दै गोरुबथानमा नारी मोर्चा कार्यकर्ताहरु आमरण अंशनमा बसेको समय तिनले खसी कटेर भोज खाने कर्य गरेको खुलासा समेत गरे। 
यसको साथै सिब्सुमा गोर्खाल्याण्डको निम्ति तीनजना शहिद भएको दुई दिनपछि बिमल गुरुङले जंगली भैसी मारेर भोज खाएको रहपालले दाबी गरे। आन्दोलनको नाउँमा बिमल गुरुङले जीएलपी लगाएर बन बिभागको लठ्ठाहरु घरमा थुपारेको आरोप लगाउँदै बन बिभागले छानबिन गर्नपर्ने तिनले माग समेत गरेका छन। 
प्रवीण रहपाल लगायत आजको जनसभालाई हिल महिला तृणमूल नेत्री ननिता गौतम, केएन सुब्बा, छेवांग भोटिया, छिरिङ शेर्पा, कृष्ण अधिकारी, कालु गुरूङ, आशिष खवास, उर्गेन लामा, ओमप्रकाश कार्की आदिले पनि सम्बोधन गरेका थिए।

Related Posts

0 Response to "कालेबुङमा हिल तृणमूलले कस्यो मोर्चा बिरुद्ध हूँकार...बिमल गुरुङले गोर्खाल्याण्ड मागेको कि गुण्डाल्याण्ड – प्रविण रहपाल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.