गोर्खाल्याण्डको मागमा शहरमा जुलुस निकालिने क्रम जारी....
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 6 सितम्बर। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै शहरमा जुलुस निकालिने क्रम जारी रहेकोछ। आज पनि गोर्झाल्याण्ड प्रेमी मानिसहरुले शहरमा गोर्खाल्याण्ड गठनको मागमा जोडदार जुलुस निकालेर बङगाल सरकार बिरुद्ध नाराबाजी लगाए।
महिना दिनदेखी गोर्खाल्याण्डको नाउँमा जारी रहेको पहाड बन्दमा मानिसहरु दैनिक जुलुस लगाउँन भिडको साथमा सडकमा निस्कने कार्यलाई अझै जारी रखेका छ्न।
गोर्खाल्याण्डको नाउँमा महिना दिनदेखी दार्जीलिङ पहाड बन्द रहे पनि यता सरकारले भने अझसम्म कुनै सकारात्मक पहल भने गरेको छैन। सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति संवैधानिक मागलाई केन्द्र अनि राज्य सरकारले कुनै सकारात्मक द्रिष्टिकोण नराखे पनि आन्दोलनकारीहरुको मनोबल भने अझसम्म खिन्न भएको छैन।
यतिमात्र होईन आन्दोलनलाई नेतृत्व गर्नेहरुलाई पुलिसले पक्रिने कार्य जारी राखे पनि आन्दोलित जनता भने सडकमा सरकार बिरुद्ध नाराबाजी गर्न पछि परेका छैनन। यसरी दैनिक जुलुस निकालिने क्रममा आज पनि मानिसहरुले यहाँको डम्बर चौकमा भेला भएर छुट्टै राज्यको माग गर्दै जुलुस निकालेर शहर परिक्रमा गरेका थिए।
यतिमात्र होईन आन्दोलनलाई नेतृत्व गर्नेहरुलाई पुलिसले पक्रिने कार्य जारी राखे पनि आन्दोलित जनता भने सडकमा सरकार बिरुद्ध नाराबाजी गर्न पछि परेका छैनन। यसरी दैनिक जुलुस निकालिने क्रममा आज पनि मानिसहरुले यहाँको डम्बर चौकमा भेला भएर छुट्टै राज्यको माग गर्दै जुलुस निकालेर शहर परिक्रमा गरेका थिए।
उक्त जुलुसले शहर परिक्रमा गरेपछि पुन: यहाँको डम्बर चौकमा आएर पथसभामा परिणत भयो। यस अवसरमा क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्यालले जनसमुहलाई सम्बोधन गर्दै भारत सरकारले गोर्खाल्याण्डको संविधानिक मागलाई यथाशिघ्र ध्यान दिएर समस्या समाधानको निम्ति पहल गर्नुपर्ने माग गरे।
“गोर्खाल्याण्डको संविधानिक मागलाई आज भारत सरकारले दबाउँनको निम्ति बारम्बार बिभिन्न षडयन्त्रहरु गरिरहेको छ। गणतान्त्रिक आन्दोलनलाई घरी नेपाल अनि घरी चिनले सहयोग पुर्याईरहेको आरोप लगाउँने गरेको छ। सरकारले यस्तो अफवाह फैलाउँनु भन्दा गोर्खाल्याण्ड गठन गरेर गोर्खाहरुको दिर्घकालीन समस्या समाधान गर्न आवाश्यक छ” मोहन पौड्यालले भने।
यसै सिलसिलामा तिनले सरकार प्रति रुष्ट बन्दै ममता ब्यानर्जीले गोर्खाहरु प्रति राख्ने मनोभाव समेत ठिक नरहेको आरोप लगाए। तिनले गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन अहिले लेप्चा अनि गोर्खाहरुमा फाटो ल्याउँने प्रयास गरिरहेको पनि आरोप लगाए।
अर्कोतिर उक्त पथसभालाई गोजमुमो कालेबुङ महकुमा समिति अध्याक्ष सरिता राईले सम्बोधन गर्दै जनताको ताकत देखेर अहिले सरकार डराएको दाबी गर्दै आगामी दिनहरुमा पनि गोर्खाल्याण्ड आन्दोलनमा यसरी नै जनता सडकमा निस्कने आह्वान गरिन।
यसैबीच आज कालेबुङमा स्पेसल कालेबुङ गरीब जनताको आवाजको नाउमा अर्को एउटा पोष्टर देखा पर्यो जसमा आगामी 15 देखि 31 सम्म गोजमुमोको बन्दको विरोधमा बन्द डाकिने कुरो उल्लेख गरिएकोछ।
0 Response to "गोर्खाल्याण्डको मागमा शहरमा जुलुस निकालिने क्रम जारी...."
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.