गोजमुमो नेता निमा तामाङले जमानत पाएर पनि छुटन पाएनन : गोर्खाल्याण्ड आन्दोलनकारीहरुलाई जेलमा पनि षडयन्त्र हुँदैछ - बिनय तामाङ

पुलिसले तिनलाई 22 अगस्तमा सिक्किमबाट पक्राऊ गरेर यहाँको न्यायलयमा पेश गरेपछि जलपाइगडी न्यायिक हिरासतमा राखेको छ। सोही अनुरुप आज न्यायालयले दिएको निर्देश अनुसार आज पुन: अदालतमा पेश गर्न पुलिसले ल्याएको थियो।
यस अवधी तिनको बचाव पक्षमा अधिवक्ता राजिव पराजुलीले जमानत याचिका दर्ता गरेका थिए भने राष्ट्रिय राजमार्ग अवरोध गरेको एउटा मुद्दामा तिनको जमानत स्वीकार गरिएता पनि अर्को मुद्दामा भने जमानत स्वीकार गरिएन।
यसैक्रममा बिनय तामाङसंगै पक्रा परेका सभासद सतिस पोख्रेललाई पनि अदालतमा पेश गरियो। दुवैजनालाई आज यहाँको एडिसनल चिफ जुडीसियल म्याजिस्ट्रेट कमल सरकार अघि पेश गरिएको थियो। सभासद सतिस पोख्रेलको पनि आज जमानत अदालतले स्वीकार नगरेको कारण दुवैलाई पुन: न्यायिक हिरासतमा पठाईको छ।

अर्कोतिर यता कालेबुङका सभासद एंव युवा नेता निमा तामाङलाई पनि पुलिसले सिलगडीबाट यहाँको न्यायलयमा पेश गर्न ल्याईएको थियो। तिनलाई पुलिसले 14 गष्टको दिन पक्राऊ गरेको थियो भने आज अदालतको निर्देश अनुसार पुलिसले यहाँ हाजिर गराउँन ल्याएको थियो। तिनलाई यहाँको एडिसनल चिफ जुडीसियल म्याजिस्ट्रेट अघि पेश गरेपछि वचाव पक्षका अधिवक्ताले जमानतको याचिका दर्ता गरेका थिए।
तिनको बचाव पक्षमा अधिवक्ताले जमानत याचिका दर्ता गरेपछि न्यायालयले जमानत याचिका स्वीकार गरेर कालेबुङ न्यायालयमा चलिरहेको मोठ दुईवटा मुद्दाहरुमा जमानत प्रदान गर्यो।
तिनले कालेबुङको न्यायालयमा चलिरहेको मुद्दामा जमानत पाए पनि सिलगडी लगायत अन्य न्यायालयहरुमा चलिरहेको मुद्दाहरुमा भने जमानत नपाएको कारण तिनलाई पुलिसले पुन सिलगडी लगेर गएको छ।
यता सभासद निमा तामाङसंगै पक्रा परेका अन्य युवाहरु क्रमैले सिबु छेत्री, दिलीप पाशवान, मनोज सिंह, बिक्कि थापा अनि मकर तामाङले भने जमानत पाएका छन। तिनीहरुले कालेबुङ न्यायालयबाट जमानत पाए पनि सिलगडी संशोधनगृहबाट आवश्यक कागज पत्र बनेपछि मात्र छुटने भएको बताइएकोछ।

यता न्यायालयमा पेश गर्न ल्याईएको समयमा गोजमुमो सह सचिव बिनय तामाङसंग कुराकानी गर्दा तिनले छुट्टै राज्यको आन्दोलनलाई दबाउँनकै निम्ति सरकारले यसरी पक्राऊ गरेर षडयन्त्र रचिरहेको आरोप तिनले लगाएका छन। तिनले आन्दोलनलाई दबाउँनको निम्ति सरकारले जेल बाहिर मात्र होईन जेल भित्र पनि षडयन्त्र रचिरहेको अझ आरोप लगाए।
"गोर्खाल्याण्ड आन्दोलनलाई दबाउँन सरकारले आन्दोलनकारीहरुलाई पक्राऊ गरिरहेको छ। यतिमात्र होईन आन्दोलनलाई दबाउँन जेलभित्र पनि षडयंत्र भईरहेको छ" मोर्चा सहसचिव बिनय तामाङले भने।
"गोर्खाल्याण्ड आन्दोलनलाई दबाउँन सरकारले आन्दोलनकारीहरुलाई पक्राऊ गरिरहेको छ। यतिमात्र होईन आन्दोलनलाई दबाउँन जेलभित्र पनि षडयंत्र भईरहेको छ" मोर्चा सहसचिव बिनय तामाङले भने।
तिनलाई कालेबुङ पुलिसले सिक्किम राज्यकै एक स्थानबाट 22 अगष्टको दिन पक्राऊ गरेको थियो। तिनलाई सिक्किमबाट पक्राऊ गरेपनि आधिकारिक पुष्टि भने सिक्किम बङगाल सिमाबाट बङ्गालको दार्जीलिङ पुलिसले पक्राऊ गरेको पुलिसले बताएको छ।
0 Response to "गोजमुमो नेता निमा तामाङले जमानत पाएर पनि छुटन पाएनन : गोर्खाल्याण्ड आन्दोलनकारीहरुलाई जेलमा पनि षडयन्त्र हुँदैछ - बिनय तामाङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.