-->
जीटीए मार्फत बिकासको बहाना बनाएर आफ्नो गोजी भरे हामी सम्पूर्णरुपले बिरोध गर्नेछौँ – युजीआरएफ

जीटीए मार्फत बिकासको बहाना बनाएर आफ्नो गोजी भरे हामी सम्पूर्णरुपले बिरोध गर्नेछौँ – युजीआरएफ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 सितम्बर। धेरै दिनसम्म मौन बसेको युनाईटेड गोर्खा रेभ्युल्युसनरी फ्रण्ट(युजीआरएफ)ले बङगाल सरकारले एकाधिकारवादी प्रवृत्ति अप्नाएर गोर्खाल्याण्ड आन्दोलन दबाउँने प्रयास गरिरहेको आरोप लगाएको छ। युजीआरएफ अध्यक्ष अजय दाहाल अनि केन्द्रिय समिति सदस्य रुद्र आचार्यले आज एक पत्रकार सम्मेलन डाकेर दार्जीलिङको बर्तमान राजनैतिक स्थिति बिषयमा टिप्पणी गरेका छन। 
लगभग महिना दिन चलेको गोर्खाल्याण्ड आन्दोलन अनि आन्दोलन पछि जीटीएलाई सञ्चालन गर्ने दिशातर्फ मोर्चा अघि बडीरहेको समयमा युजीआरएफले पत्रकार सम्मेलन डाकेर “जीटीए षडयन्त्रको पुञ्ज हो” भनेका छन। ‘जीटीए गोर्खाल्याण्ड नाउँ थपिएको बङगाल सरकारको संस्था हो। यसमा केन्द्रिय भूमिका बङ्गालकै रहनेछ। यता मोर्चाको भातृ संगठन युवा अनि विद्यार्थी मोर्चाले हामीलाई जीटीए होईन गोर्खाल्याण्ड चाहिन्छ भन्दै आन्दोलनको बाटोमा हिडेको हो। यस्तो अवस्थामा गोजमुमो जीटीएमा फर्के त्यसको भविष्य कस्तो हुनेछ भन्ने थाह लगाउँन सकिनेछ” रुद्र आचार्यले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने। आफुहरुले जीटीए बिषयमा यो केवल सिताले देखेको सुनको मृग मात्र हो भन्ने बताए। 
तिनले जीटीएमा यदि गोजमुमो पुन: गए जनताले कि त सम्बन्ध बिच्छेद गर्नु पर्ने कि त त्यहीँ भित्र भएका क्रान्तिकारी जमातले जनतालाई सही राजनैतिक नेतृत्वको तयारी पार्न पर्ने तिनले जनाए। यस सम्बन्धमा सही राजनतिक बाटो के हो भन्ने प्रश्न गर्दा तिनले सही राजनैतिक लाईन भने त्यो एउटा राजनैतिक संरचना हो जसले नोकरशाही संरचनालाई भत्काएर जनमुखी संरचनाको निर्माण गर्छ भने। यस सन्दर्भमा तिनले बिगत अस्सीको दशकमा चलेको आन्दोलनमा पनि पछिबाट नोकरशाही प्रवृत्तिको बिकाश भएको अनि त्यसले जनताको आवाजलाई दबाएको दाबी गर्दै जनताको आवाजलाई दब्न नदिन नै आफुहरुको लक्ष्य रहेको तिनले बताए। अहिलेघरी मोर्चाले आन्दोलनको बाटो त्यागेर पुन: जीटीएको चौकिमा आसिन बन्न सक्ने सम्भावना चुलिएको कारण गोर्खाल्याण्ड जोईन एक्सन कमिटिको अस्तित्व समेत शंकामा परेको छ। उक्त बिषयमा प्रश्न गर्दा रुद्र आचार्यले जोईन एक्सन कमिटिलाई कसले परिचालन गर्दैछ ? 
गोर्खाल्याण्ड जोईन एक्सन कमिटिमा को धेरै हावी बनिरहेका छन भन्ने बिषयमा आफुहरुले धेरै ध्यान दिएको बताउँदै यस बिषयबाट अन्य साथीहरु कसरी बाहिर निसकन्छन भन्ने बिषयमा उनीहरुले नै धेरै सोच्नुपर्ने बताए। आफुहरुलाई सरकारले कडा नजर राखेको बताउँदै आन्दोलनलाई कसरी दबाउँन सक्छ भन्ने बिषयमा सरकार धेरै क्रियाशिल रहेको रुद्र आचार्यले अझ बताए। तिनले राजनीति भनेको जनतालाई सचेत बनाउँनु महत्वपूर्ण रहेको बताउँदै यदि यस्तो प्रकारले राजनीतिलाई प्रयोगमा नलागे एउटा सिंगो राजनीति दल नै शोषण गर्ने दलको रुपमा बिकशित हुने अनि जनताले निकास पाउँनको साटो उल्टा जनतानै शोषणको दल दलमा भास्सिने तिनले दाबी गरे। 
यता केही दिन अघि गोजमुमो पार्टी प्रमुख बिमल गुरुङले आगमी गोर्खाल्याण्ड आन्दोलन हिंसात्मक गर्न सक्ने सम्भावना व्यक्त गरेको कारण यदि हिंसात्मक आन्दोलन गरे युजीआरएफको भूमिका के हुनेछ भनेर प्रश्न गर्दा तिनले आन्दोलन कस्तो हुने भन्ने त्यो समयले नै तय गर्ने बताए। “आन्दोलन भनेको हाटबजारमा सौदा किन्न जाँदा बनाएको लिस्ट होईन। कतिबेला के हुनेछ अनि जनताले के निर्णय गर्नेछ त्यसैले जन्माएको रुप नै आन्दोलनको यथार्थ हो” आचार्यले स्पष्ट पारे। 
अर्कोतिर यता युजीआरएफ अध्यक्ष अजय दाहालले जीटीएलाई बङगाल सरकारले निर्माण गरेको औजार हो भन्ने उदाहरण दिदै कुनै पनि औजार कस्तो भन्ने होईन तर औजारलाई प्रयोग गर्ने कस्तो हो भन्ने महत्वपूर्ण रहेको बताए। “एउटा औजार डाक्टरको हातमा परे त्यसले बिरामीहरुलाई उपचारको निम्ति प्रयोग गर्छन अनि त्यही औजार डाकुको हातमा परे हत्याको निम्ति प्रयोग गर्छ। यहाँ औजार महत्वपूर्ण होईन तर औजार प्रयोग गर्ने महत्वपूर्ण हो। ठिक त्यस्तै जीटीए ठिक हो होईन होईन तर जीटीएलाई सञ्चालन गर्नेको नियत के छ भन्ने महत्वपूर्ण हो। यदि भोलिको दिनमा जनतालाई बिकाश चाहिंछ भन्दै जनताको बिकाश गर्ने निहुँमा जीटीए सञ्चालन गरेर आफ्नो व्यक्तिगत स्वार्थ पुरा गरी गोजि भर्ने कार्य गरे हामी सम्पूर्ण रुपले यसको बिरोध गर्न पछि पर्नेछैनौ” अजय दहालले स्पष्ट भने।

0 Response to "जीटीए मार्फत बिकासको बहाना बनाएर आफ्नो गोजी भरे हामी सम्पूर्णरुपले बिरोध गर्नेछौँ – युजीआरएफ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.