-->
विद्यालय खोलिने निर्णय संगै विद्यार्थीवर्ग पहाड फर्किए

विद्यालय खोलिने निर्णय संगै विद्यार्थीवर्ग पहाड फर्किए


डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 सितम्बर 2013। छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा शुरु भएको अनिश्चितकालिन बन्दले पहाड छोडेर गएका विद्यार्थीहरु आखिरमा महिना दिनपछि पुन: अध्ययनको निम्ति पहाड आईपुगेका छन। आफ्नो अध्ययनलाई तिलाञ्जली दिएर महिना दिनसम्म घरमा बस्न परेपछि पुन: स्कूल फर्किएका विद्यार्थीहरु निकै नियास्रो देखिए। 
विशेष गरेर माध्यमिक अनि उच्च माध्यमिक परिक्षा दिने विद्यार्थीहरु आफ्नो सिलेबस कहिले सकिने हो भन्ने चिन्ताले ग्रस्त थिए। “पहाड बन्दको समस्याले हामी विद्यार्थीहरु धेरै समस्यामा परेका छौँ। परिक्षा दिन दिनै नजिक आउँदैछ। सिलेबस सक्नु धेरै बाँकी छ। गोर्खाल्याण्ड आन्दोलन हुनु ठिकै हो। सरकारले पनि यसबारे कुराकानी गरेर समस्या समाधान गर्न पर्छ। यता आन्दोलनकारीहरुले पनि आन्दोलन गर्दा गर्दै स्कूलहरु भने खुल्ला राख्ने व्यवस्था गर्नुपर्छ” – स्मृति छेत्रीले भनिन। 
यहाँको एउटा विद्यालयको बाह्रौ कक्षामा अध्ययनरत तिनले आफू सिक्किम निवासी रहेको बताईन। तिनको बिचारमा अहिलेको समयमा अध्ययन नै एउटा महत्वपूर्ण बिषय रहेको अनि आफ्नो भविष्य ठिक हुनुमा अध्ययन सही हुनपर्ने तिनले बिचार राखीन। आन्दोलन प्रति तिनले कुनै नकारात्मक टिप्पणी नगरे पनि अधिकारको निम्ति प्रजातन्त्रमा आन्दोलन गर्नु उचित हो तर आन्दोलनको नाउँमा राष्ट्रकै मेरुद्ण्ड भनौदा विद्यार्थीहरुको भविष्य भने बिगार्नु ठिक नरहेको पनि तिनले बिचार पोखिन। 
“एक महिना भन्दा धेर घरमा बसेर पढाईदेखी टाडा भएका छौँ। दैनिक अध्ययनको रुटीन बिग्रियो। सुन्नलाई यो त समान्य कुरा हो तर यहीँ समान्य कुराको नतिजा परिक्षा फल आउँदा देख्न पाईन्छ। पहाडमा केही बर्ष यता परिक्षाफल राम्रो भएन भन्ने गुनासो सुन्दै आईरहेका छौँ। वास्तवमा यो नै आन्दोलनको विद्यार्थीहरुमा परेको नकारात्मक प्रभाव हो” – छोडेन डुक्पाले भनिन। आफु भोटाङ निवासी रहेको बताउँदै हाल यहाँको एक महाविद्यालयको दोस्रो बर्षको छात्रा रहेको तिनले जनाईन। तिनले पनि पहाडमा चल्ने आन्दोलनबाट विद्यार्थीहरुलाई बिशेष छुटको व्यवस्था मिलाउँनुपर्ने बताईन। गोर्खाल्याण्ड आन्दोलन बिषयमा प्रश्न गर्दा तिनले संविधानले दिएको अधिकार माग्दा सरकारले ध्यान दिन आवश्यक छ भनिन। 
यसरी नै बन्दले विद्यार्थीहरुलाई अतिनै समस्या भएको प्रदिप थापाले बताए। यहाँको एक महाविद्यालयमा प्रथम वर्षमा अध्ययनरत छात्र प्रदिपले एक महीना बन्द गरेर कुनै उपलब्धी हासिल गर्न नसके पनि विद्यार्थीहरुको भविष्य भने पक्कै बिगारेको दाबी गरे। “आन्दोलनको के को निम्ति? कसको निम्ति? गोर्खाल्याण्ड कसको निम्ति? भविष्यमा गोर्खाल्याण्ड चलाउँने विद्यार्थीहरुलाई नै पडाईबाट बञ्चित राखेपछि भविष्य राम्रो होला के भन्ने प्रश्न उठदैन र? आन्दोलन हुनुपर्छ यसको अर्थ विद्यार्थीलाई पढाईबाट बञ्चित गर्नुपर्छ भन्ने होईन” प्रदिप थापाले भने। आफुलाई डुवर्सको बासिन्दा बताउँने थापाले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा आफूहरुको पूर्ण सहभागीता रहेको बताउँदै आन्दोलनको नाउँमा डाकिएको बन्दले केही उपलब्धि हासिल नगरेको बताए। “बन्द समस्याको समाधान होईन। आखिर महिना दिनको बन्दले के हासिल गर्‍यो?” तिनले प्रश्न गरे। 
अर्कोतिर पंकज गुप्ताले पनि बन्दले समस्या समाधान होईन उल्टो समस्या बृद्धि भएको बताए। “तेलेंगना गठन हुने अवस्थामा तातिएको आन्दोलनलाई सरकारले पत्तो नदिनु स्वभाविक हो। उनीहरुले कुनै व्यवस्था थापेनन अनि आन्दोलन नै गरिरहे। यता व्यवस्था थापेर आन्दोलन गर्दा हामी फ्लप भएका हौँ” तिनले भने। यहाँको महाविद्यालयमा तेस्रो वर्षका छात्र गुप्ताले पनि आन्दोलनले विद्यार्थीहरुलाई प्रभावित पार्न नहुने बिचार व्यक्त गरे।

0 Response to "विद्यालय खोलिने निर्णय संगै विद्यार्थीवर्ग पहाड फर्किए"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.