-->
पहाड् बन्दमा 2 दिनको छुट्

पहाड् बन्दमा 2 दिनको छुट्

कालिमन्युज, दैन्दिनी समाचार, कालेबुङ 6 सितम्बर 2013। गोर्खाल्याण्डको मागमा शुरु भएको बन्द पहाडमा रोकिने छाँट देखा परेको छैन। यता केन्द्र अनि राज्य सरकारले आन्दोलनकारी दलहरुलाई अझसम्म कुनै वास्ता नै गरेको छैन भने यता आन्दोलनकारीहरु पनि सरकार अघि झुक्न तयार रहेको छैन। 
केन्द्र सरकारले पहाडमा बन्द स्थगित गरे मात्रै त्रिपक्षीय बैठकमा बस्ने शर्त राखेको छ भने राज्यले यो बैठकबारे राज्यसंग परामर्श नगरि कसरी यस्तो निर्णय लियो र किन गोर्खाल्याण्ड माग्ने दलहरुसंग भेट गर्यो भनेर निहु खोजीरहेकोछ। 
यसैक्रममा आज त्रीणमूल कांग्रेसका सांसदहरुले संसदमा हंगामा मच्च्याए। 
यता दार्जीलिङ पहाडमा जारी रहेको बन्द खोलिने हो होईन भन्ने बिषयमा आज गोर्खाल्याण्ड जोईन्ट् एयाक्सन कमिटिको सभामा सबैको ध्यान केन्द्रित बनेको थियो। 
दार्जीलिङमा सम्पन्न भएको उक्त बैठकमा पनि बन्द संधैको निम्ति खोलिने निर्णय हुन सकेन। जोईन्ट् एक्सन कमिटिको बैठकमा आज बन्दलाई स्थायी खोल्ने निर्णय नगरे पनि आन्दोलनकारीहरुलाई आगामी 9 अनि 10(सोमबार अनि मंगलबार) सितम्बरको दिन बन्दबाट् छुट दिईएको छ। दुईदिन पहाड बन्दलाई छुट दिए पनि आगामी 11 सितम्बरदेखी भने पहाड बन्दको कार्यक्रम पुन जारी रहनेछ। 
हिजो गोजमुमोको विध्यार्थी र शिक्षकहरुको भातृ संगठनसंग बसेको बैठकमा 13 सितम्बरको दिनदेखी भने पहाडका सम्पूर्ण शैक्षिक संस्थानहरु खोलिने अगावै निर्णय भैसकेको छ। 
पहाडमा 13 सितम्बरदेखि विद्यालयहरु खोलिने निर्णय भए पनि वाहनहरुको चलाचल अनि दोकानपाट् भने पूर्णॅरुपले बन्द रहनेछ भन्ने निर्णयले यो कस्तो अमिल्दो निर्णय हो भन्ने मन्तव्य विभिन्न पक्षहरुबाट प्राप्त भएको छ तथापी गोजमुमो र जेसटीओले असुविधा र समस्याहरु भएमा त्यसलाई एकेक गर्दै हल गर्न सम्पर्क गर्ने मोबाइल नम्बरहरु पनि दिइएकोछ। ।

0 Response to "पहाड् बन्दमा 2 दिनको छुट्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.