-->
गोजमुमो सहसचिव बिनय तामाङ लगायत छ जना पक्राऊ जाति र माटोको निम्ति जेलभित्र नै आमरण अन्शन बस्नेछु – बिनय तामाङ

गोजमुमो सहसचिव बिनय तामाङ लगायत छ जना पक्राऊ जाति र माटोको निम्ति जेलभित्र नै आमरण अन्शन बस्नेछु – बिनय तामाङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 22 अगष्ट 2013। दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँने गोजमुमो नेताहरुलाई अहिलेघरी दैनिक पुलिसले पक्राऊ गर्ने कार्य जारी राखेको छ। 
यसैक्रममा आज गोजमुमो पार्टीका सहसचिव एंव सभासद बिनय तामाङ, सभासद सतिश पोख्रेल अनि सुधिर मंग्राती, रिवज सुब्बा, ललित छेत्री अनि पेमा तामाङलाई पक्राऊ गरेको छ। गोजमुमो पार्टीका सहसचिव बिनय तामाङलाई नगरकट्टा थान अधिनस्थ रहेको 7 फरवरी 2011 को  मुद्दा संख्या 17/11, कालेबुङ थाना अधिनस्थ 29 जुलाई 2013 को मुद्दा संख्या 202/13, कालेबुङ थाना अधिनस्थ 9 फरवरी 2013 को मुद्दा संख्या 17/13 अनुसार पक्राऊ गरिएको छ।
तिनीबिरुद्ध बिभिन्न मुद्दाहरुमा भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 186, 323, 341, 353, 427, 435, 283, 506 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसका साथै तिनी बिरुद्ध राष्ट्रिय राजमार्ग अवरोध गरेको बिरुद्ध पनि राष्ट्रिय राजमार्ग ऐन अनुसार मुद्दा दर्ता गरिएको छ। 
यसरी नै सभासद सतिस पोख्रेललाई कालेबुङ थाना अधिनस्थ 12 फरवरी 2013 को मुद्दा संख्या 21/13 अन्तर्गत पक्राऊ गरिएको छ। तिनीबिरुद्ध भारतीय दण्ड संहिताको धारा 143, 341, 353, 427, 506 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। सोही क्रममा अन्य चार जनालाई कालेबुङ थाना अन्तर्गत 12 फरवरी 2013 को मुद्दा संख्या 21/13 अन्तर्गत पक्राऊ गरेको छ। उनीहरु बिरुद्ध पुलिसले भारतीय दण्ड सन्हिताको धारा 143, 341, 353, 427, 506 अन्तर्गत मुद्दा दर्ता गरेको छ। 
पुलिसले पक्राऊ गरेकाहरुलाई आज यहाँको एडिसनल चिफ जुडीसियल म्याजिस्ट्रेट अघि पेश गरेको थियो। तिनीहरुलाई न्यायलयमा पेश गर्न ल्याउँदा प्रशासनले सुरक्षा व्यवस्था कठोर बनाएको थियो। यस अवधी न्यायलय परिसरमा सीआरपीका जवानहरु भिडको साथमा तैनाथ रहेका थिए। 
यस अवधी गोजमुमो सह सचिव बिनय तामाङलाई पक्राऊ बारे प्रश्न गर्दा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आफु जेल निर्धक्क साथ जान तयार रहेको बताए। “हामी अघि देखिनै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति लडीरहेका छौँ। यसैको निम्ति जेल जानपर्दा हामीलाई अझ गर्व लागेको छ। हामी जेल गएता पनि जनताले आन्दोलन जारी नै राख्ने छन। हामी पनि जाति र माटोको निम्ति जेल भित्र आन्दोलन जारी राख्नेछौँ। यसको निम्ति हामी जेलमा नै आमरण अन्शन बस्नेछौँ” बिनय तामाङले भने। 
यस अवधी छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन सराकारले पुलिस र सीआरपी लगाएको आरोप लगाउँदै गोर्खाल्याण्डको आवाजलाई सरकारले पुलिस र सीआरपीको आडमा दबाउँन नसक्ने दाबी गरे। “हामीले कसैको हत्या गरेर जेल गएका होईनौँ। माटोको निम्ति जेल जाँदा आफैलाई गर्व गर्छौँ। नेताहरुलाई पुलिसले पक्राऊ गर्दा यो आन्दोलन रोकिने छैन। यसले आन्दोलनकारीहरुलाई थप उर्जा मिल्नेछ” बिनय तामाङले अझ भने।
पुलिसले आज तिनलाई पक्राऊ गरेर कालेबुङ ल्याए पछि तिनलाई गान्तोक सिक्किमको रुम्तेक नजिकबाट पक्राऊ गरेको दाबी गरेका छन। “हामीलाई पुलिसले गान्तोक रुम्तेक नजिकबाट राती 10 बजे पक्राऊ गरेको हो। यस अवधी सिक्किम सदर पुलिस पनि पक्राऊको निम्ति आएका थिए। 
हामीलाई राती पक्राऊ गरेपछि सिक्किम पुलिसले नै एस के 01 – 2910 नम्बर भएको वाहनमा हालेर रानीपुल थानामा ल्याएको थियो। रानीपूलमा आधा घण्टा राखेपछि एउटा पुलिसको पाईलट भ्यानमा रम्फूसम्म ल्याएर बङगाल पुलिसलाई सुम्पेको हो” गोजमुमो सहसचिव बिनय तामाङले स्पष्ट भने।
तिनले आफुहरुको पक्राऊमा पुलिसले षडयंत्र गरेर बङगालमा पक्रा परेको देखाउँनको निम्ति नै यसरी राती नै सिक्किमबाट यता छिराएको पनि दाबी गरेका छन।
यता पक्रा परेका सभासद सतिस पोखेलसंग प्रश्न गर्दा तिनले नेताहरुलाई पुलिसले पक्राऊ गरे पनि आन्दोलन भने नरोकिने दाबी गरे। “गोर्खाल्याण्ड्को निम्ति पुलिसले नेताहरु पक्रेर लाँदै गर्छ। नेताहरु जन्मदै गर्नुपर्छ। कति लानुसक्छ जेल लैजाओस तर यो आन्दोलनलाई नेतृत्व गर्ने नेताहरु अघि आउँनुपर्छ” पोख्रेलले भने।

Related Posts

0 Response to "गोजमुमो सहसचिव बिनय तामाङ लगायत छ जना पक्राऊ जाति र माटोको निम्ति जेलभित्र नै आमरण अन्शन बस्नेछु – बिनय तामाङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.