
Kalimpong on 24th August 2013....अल्पसंख्यक समुदायका कोषाध्यक्ष सुवास गुप्ता पक्राऊ
![]() |
Photo: Samten Kabo |
डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 अगष्ट 2013। पुलिसले अहिलेघरी बिभिन्न स्थानहरुमा छापा मारेर पक्राऊ गर्ने कार्य जारी राखेको छ।
यसैक्रममा हिज राती अल्पसंख्यक समुदायका कोषाध्यक्ष सुवास गुप्तालाई पक्राऊ गरेको छ। तिनलाई पुलिसले हिज तिनकै घरबाट पक्राऊ गरेको हो। तिनलाई पक्राऊ गरेपछि आज यहाँको न्यायलयमा पेश गरेको थियो।
तिनी बिरुद्ध पुलिसले भारतिय दण्ड संहिताको धारा 143, 186, 336 अन्तर्गत मुद्दा दर्ता गरेको छ।
तिनलाई पुलिसले आज यहाँको न्यायलयमा पेश गर्दा तिनको बचाव पक्षमा अधिवक्ताले जमानत याचिका दर्ता गरेका थिए। न्यायलयमा चडाएको जमानत याचिकालाई अदालतले स्वीकार गरेपछि गुप्तालाई जमानत प्राप्त भएको छ।
तिनलाई न्यायलयले आगामी 30 अक्टोबरको दिन पुन: हाजिर हुने निर्देश दिएको छ।
गोर्खाल्याण्डको मागमा जारी छ शहरमा जुलुस
कालेबुङ 24 अगष्ट।
डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 अगष्ट 2013। “बङगाल हाम्रो चिहान हो, बङ्गालमा गोर्खा बस्दैनौँ”, ज्यान दिन्छौँ प्राण दिंछौँ गोर्खाल्याण्ड लिन्छौ लिन्छौ” जस्ता नाराहरु लगाउँदै शहरमा हजारौँको संख्यामा मानिसहरुले जुलुस निकाल्ने कार्य जारी राखेको छ।
छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा चलिरहेको पहाड बन्दको आज 18 औँ दिन पनि मानिसहरु हजारौँको संख्यामा सडकमा भेला भएका थिए। आजको जुलुसलाई अल्पसंख्यक समुदायले अगुवाई गरेको थियो। यस अवधी गोर्खाल्याण्ड जोईन्ट एक्सन कमिटिका अध्यक्ष रेभ एनोसदास प्रधान, उपाध्यक्ष जे बी राई, आर मोक्तान, गोजमुमो कालेबुङ महकुमा समितिका अध्यक्षा श्रीमती सरिता राई लगायत अन्य मोर्चा नेताहरु बिशेष रुपले उपस्थित रहेका थिए।
सदा झै आज पनि उक्त जुलुस यहाँक़ो डम्बर चौकबाट शुरु भएर पुन: डम्बर चौकमा पथसभामा परिणत भएर समापन भयो। उखरमाउलो गरमा गोर्खाल्याण्ड प्रेमी जनताहरुले बङगाल सरकार मूर्दावादको नाराबाजी लगाउँदै राज्य सरकारको बिरोध गरे।
अल्पसंख्यक समुदायको कोषाध्यक्ष सुवास गुप्तलाई पुलिसले पक्राउ गरे पनि जुलुसमा भने मानिसहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
शहरमा जुलुस पछि सम्पन्न भएको पथभालाई सम्बोधन गर्दै क्रामाकपा कालेबुङ आञ्चलिक कमिटिका प्रवक्ता मोहन पौड्यालले पुलिसले आन्दोलनकारीहरुलाई अहिलेघरी गरिरहेको पक्राऊ प्रति कटाक्ष बिरोध गरे।
तिनले सीआरपी अनि पुलिसले आन्दोलनकारीहरुलाई बिनाकारण पक्राऊ गर्न नपाउँने बताउँदै एउटा ठाउँमा पक्रेर अर्को ठाउँबाट पक्राऊ देखाउँनु आन्दोलनलाई दबाउँने षडयन्त्र हो भने।
तिनले आफ्नो सम्बोधनमा केवल छुट्टै राज्यको निम्ति नै सन् 1996 सालमा क्रामाकपा गठन भएको दाबी गर्दै सरकारी सहुलियतलाई आफ्नो मुद्दासंग साट्न नहुने आह्वान गरेका छन।
‘छुट्टै राज्यको निम्ति विमल गुरुङको नेतृत्वमा मोर्चाले शुरु गरेको आन्दोलनमा अघिपनि क्रामाकपाले साथ दिएको थियो अनि आज पुन: निर्णायक आन्दोलनमा पनि क्रामाकपा मोर्चाको साथमा छ’ भनि स्पष्ट पारे।
यसैक्रममा पथसभालाई गोजमुमो कालेबुङ आञ्चलिक समितिका अध्यक्षा सरिता राईले पनि सम्बोधन गर्दै गोर्खाल्याण्डको निम्ति आन्दोलन पछि नहट्ने दाबी गरिन।
टिस्टा बजारमा क्रामाकपा अनि मोर्चाको सयुक्त जुलुस
यस अवसरमा पथ सभा पनि सम्पना भएको थियो। गोर्खाल्याण्ड राज्य गठनको माग गर्दै निकालिएको उक्त जुलुसमा आज स्थानिय व्यापारीवर्ग, अल्पसंख्यक समुदाय लगायत क्षेत्रवासीको व्यापक सहभागिता रहेको थियो। यस अवसरमा सबैले गोर्खाल्याण्ड जिन्दावाद र बङगाल सरकार मूर्दावादको नाराबाजी लगाए।
उक्त पथसभालाई क्रामाकपा टिस्टा शाखाका सचिव श्याम गुरुङले सम्बोधन गर्दै सरकारले गोर्खाहरुलाई संवैधानिक अधिकार गोर्खाल्याण्ड राज्य गठन गरेर यथाशिघ्र न्याय दिनपर्ने माग गरे। तिनले भारतको संविधान अनुसार छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई बिरोध गर्नेहरु वास्तवमा संविधान बिरोधीहरु रहेको बताउँदै सरकारले संविधान बिरोधीहरुलाई कार्वाही गर्नुपर्ने माग गरे।

Stranded passengers availing NBSTC Bus run by the local administration
0 Response to "Kalimpong on 24th August 2013....अल्पसंख्यक समुदायका कोषाध्यक्ष सुवास गुप्ता पक्राऊ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.