-->
गोर्खाल्याण्डको माग गर्दै क्रामाकपा सडकमा

गोर्खाल्याण्डको माग गर्दै क्रामाकपा सडकमा

 डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 अगष्ट 2013। केन्द्रमा तेलेंगना राज्य गठनको प्रक्रिया अघि बडेपछि यता दार्जीलिङ पहाडमा गोर्खाल्याण्ड राज्य गठनको आवाज दिन दिनै तिब्र बन्दै गईरहेको छ। 
छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै अहिले पहाडमा गोजमुमो पार्टीले अनिश्चितकालिन पहाड बन्द डाक्नुको साथै दैनिक धर्ना प्रदर्शन गरिरहेको छ भने क्रामाकपा पार्टी पनि गोर्खाल्याण्डको माग गर्दै सडकमा उत्रिएको छ। 
यस क्रममा क्रामाकपा पार्टीले पनि दैनिक रुपमा बिभिन्न स्थानहरुमा गोर्खाल्याण्ड गठनको माग गर्दै धर्ना प्रदर्शन, पोष्टरिङ र जुलुस निकाल्ने कार्य जारी राखेको छ। यसको साथै क्रामाकपा पार्टीले सरकार माथी दबाव बनाउँन दिल्लीमा समेत गोर्खाल्याण्डको माग गर्दै धर्ना प्रदर्शन गरिसकेको छ।
पहाडॅदेखि दिल्लीसम्म गोर्खाल्याण्डको आवाजलाई तिब्र पार्दै सडकमा उत्रिएको क्रामाकपाले 31 ए राष्ट्रिय राजमार्ग टिस्टामा पनि छुट्टै राज्यको मागमा राँके जुलुस निकालेको छ। 
क्रामाकपा टिस्टा शाखाको आयोजनामा सम्पन्न उक्त राँके जुलुसमा क्षेत्रका मानिसहरुको धेरै सहभागिता रहेको थियो। यस अवसरमा क्रामाकपा पार्टी कार्यकर्ताहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मागमा जोडदार नाराबाजी लगाए। 
केन्द्र सरकारले छुट्टै तेलेंगना राज्य गठन गर्ने प्रतिबद्धता देखाउँदा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई किनारीकरण गरिएकोमा क्रामाकपाले जोडदार बिरोध प्रदर्शन पनि गरेको थियो। यसको साथै अहिलेघरी दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने मानिसहरुलाई मा, माटी औ मानुसको नारा लगाउँने ममता ब्यानर्जीको सरकारले पुलिस र सीआरपीको बलमा आन्दोलनलाई दबाउँन पाउँदैन भन्दै जोडदार नाराबाजी समेत् लगाएको थियो। 
“सीआरपी र पुलिस प्रशासन हाय हाय!, बङगाल सरकार मूर्दावाद ! गोर्खाल्याण्ड जिन्दावाद” आदि नाराहरु लगाउँदै क्रामाकपा कार्यकर्ताहरुले राँको बालेर प्रदर्शन गरेको थियो। यस अवधी सम्पूर्ण गोर्खाल्याण्ड माग्ने दलहरु एक हौ भन्ने आह्वान पनि क्रामाकपा पार्टीले गरेको थियो। 
बिभिन्न नाराबाजी गर्दै टिस्टा बजारको परिभ्रमण पछि उक्त जुलुस टिस्टा पुरानो पुलमा आएर समापन भएको थियो। यस अवसरमा क्रामाकपा हाईवे शाखाका अध्यक्ष सन्तोष प्रधानले गोजमुमो पार्टीले जीटीए त्यागेर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँनुपर्ने माग गर्दै सरकारले गोर्खाल्याण्डको आन्दोलनलाई पुलिसको बलमा दबाउँने षडयंत्र गरिरहेको आरोप लगाए।

0 Response to "गोर्खाल्याण्डको माग गर्दै क्रामाकपा सडकमा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.