-->
गोर्खाल्याण्ड्को मागमा प्रदर्शन र केन्द्रिय पंत्रीहरुसंग भेट्

गोर्खाल्याण्ड्को मागमा प्रदर्शन र केन्द्रिय पंत्रीहरुसंग भेट्

राजेश शर्मा, नया दिल्ली, 6 अगस्त 2013 । गोर्खाहरुको चिन्हारीको मुद्धा संगै गोर्खाल्याण्ड्को मागमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुंगले ज़ी टी एको प्रमुख कार्यकारी अधिकारीको पदबाट राजिनामा दिएपछि गोजमुमो अनुसार अंतिम चरणको आन्दोलनले पहाडलाई पूर्णरुपले प्रभावित पारेकोछ। 
पहाड्मा आगजनी जस्ता आन्दोलनका घटनाहरु घट्न थाले पछि राज्य सरकारको प्रशासनले ज़ीटीए सदस्यहरुलाई धरि नछोडिकन पकडाउ गर्न आरम्भ गरेको छ। 
एकातिर आन्दोलनको कार्यक्रमको रुपमा जुलुस, धर्ना, प्रदर्शन, बन्द पहाडी क्षेत्रमा पालन भइरहेकोछ भने अर्कोतिर पार्टीका महासचिव रोसन गिरीको नेत्रित्वमा दिली गएको टोलीले पक्ष अनि विपक्षका नेताहरुसंग भेट्घाट गरिरहेकोछ। 
आज टोलीले केन्द्रिय बृत्त मंत्री पि.चिदम्बंरमसंग दिल्लीको नर्थ ब्लकमा भेट गरे। भेट्को समय तिनलाई एक ज्ञापन पनि टोलीले चडायो। ज्ञापनमा गोर्खाल्याण्ड रज्यको माग तेलेंगानाको माग भन्दा पुरानो माग रहेको कारण सरकारले यसप्रति उचित सुनवाइ गर्नु पर्ने अनुरोध गरेकोछ। 
बैठक पछि पार्टीका महासचिव रोसन गिरी एंव विधायक डाक्टर् हर्क बहादुर क्षेत्रीले पत्रकारहरुलाई बताए कि भारतिय गोर्खाहरुलाई आफैलाई राष्ट्रको मूल धारामाआफुहरु नरहेको अनुभव गरिरहेको जनाए। टोलीले यो पनि बताए कि दार्जीलिंगलाई ज़ीटीए दिइएको थियो परन्तु राज्य सरकारको उपेक्षाको कारणले उक्त जीटीए अब केही कामगर्न नसक्ने भएको छ जसको कारण अब एउटै विकल्प छुट्टै राज्य भएको छ। 
वित्त मंत्री चिदम्बरमले उत्तरमा यो बताए कि गोर्खाल्याण्ड्को माग पुरानो त हो तर जसरी पहाडमा अशान्ती भैरहेकोछ त्यसमा शान्ती कायम राखेर् आन्दोलन हुनुपर्छ। तेलेंगना राज्यको माग २००९ मानै पारीत भएको थियो परन्तु विभिन्न कारणवश यति लामो समय लाग्यो र झट्टै केही निर्णय दिन सकिन्दैन्। 
आश्वासनको रुपमा उनले भने कि गोर्खाल्याण्डको विषयमा प्रधान मंत्रीसंग बात मार्न सकिन्छ सो म गर्नेछु। 
आज अपरान्ह् दार्जीलिंगका सांसद जसवन्त सिंहले दिल्लीको कन्सिटीट्यूसन क्लबमा गोजमुमोका 6 नेताहरुसंग एक पत्रकार सम्मेलन गरे ।
पत्रकारहरुसंग बोल्दै उनले भने कि अलग राज्यको माग राष्टीय स्तरमा उठाउन आवस्यक छ । दार्जीलिंगलाई अलग राज्य बनाउन पर्ने खासै कारणहरु मध्ये मुख्य विशेषता के हो भने दार्जीलिंग चार अंतराष्टीय देशहरुको सिमामा अवस्थित छ जो अरु कुनै राज्यस्ंग पनि मिल्दैन। भूटान, नेपाल, बंग्ला देश र् चिनको सिमानासंग संलग्न भएको यो चिकननेक हो। यसलाई अलग राज्य बनाएर् भारतको सुरक्षामा मदत पुग्न सक्नेछ भन्ने संकेत उनले दिए। उनले एक प्रश्नको उत्तर दिदै भने कि दार्जीलिंग पहाडमा अशान्ती फैलाउने प्रयास पश्चिम बंगाल सरकारले गरिरहेकोछ। पहाडमा सिआरपिएफ तैनाथ गरेर् उतेजनाश्रीष्टी भैरहेको छ यसैले सिआरपिएफ अनि अन्य पूलिस बल पश्चिम बंगाल सरकारले हटाउनु पर्छ। आवश्यक भए म मुख्य मंत्रीसंग सम्पर्क गर्नेछु या दार्जीलिंग जानेछु। 
अलग राज्य गोर्खालयाण्डको माग बारेमा सरकारले ठिक समयमा सोचेन भने धेरै नोक्सान हुन सकनेछ। उसरीनै गोजमुमो टोलीले आज कृषी भवनमा ग्रामीण बिकास मंत्री जय राम रमेससंग पनि भेट गरे अनि एक ज्ञापन ट्क्राए। रमेसले आस्वासन दिदै भने कि यस मुद्धाबारे म प्रधान मंत्री एंव सरकार समक्ष पुर्‍याउने कोशिष गर्ने छु । 
गोजमुमो महासचिव रोसन गिरी , दार्जीलिंगका बिधायक त्रिलोक देवान , कालेबुंगका बिधायक डाक्टर हर्क बहादुर क्षेत्री , खर्साङ्का बिधायक डाक्टर् रोहीत शर्मा , दार्जीलिंगका नगरपालीकाका अध्यक्ष् अमर सिंह राई एंव पूर्व बिधायक डी के प्रधान दिल्ली शाखाका गोजमुमो महासचिव रंजन शर्मा आजको टोलिमा सामेल थिए। दिल्लीमा आज पनि गोजमुमो दिल्ली शाखाले गोर्खाल्याण्ड मागको समर्थनमा प्रदर्शन जारि राख्यो। आज क्रांतिकारी मार्क्सवादी क्म्युनिस्ट पार्टी  दिल शाखाले पनि छुट्टै राज्यको माग गर्दै एक प्रदर्शन दिलीको जंतरमंतरमा आयोजन गर्यो। 

0 Response to "गोर्खाल्याण्ड्को मागमा प्रदर्शन र केन्द्रिय पंत्रीहरुसंग भेट्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.